• १३ साउन २०८१, आइतबार

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दैछौँ: एकीकृत समाजवादी

blog

फाइल तस्बिर

काठमाडौं, चैत १५ गते। नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतीक्षा गर्ने भएको छ। बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुङ्गो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा रहेको बताएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताउनुभयो।उहाँले तीन वटा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालयको पनि टुङ्गो नभएकाले प्रधानमन्त्रीको जवाफ कुरेर बसेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘धेरैबेर छलफल गरेका छौँ।तीन मन्त्रालयमा हाम्रो दाबी छ।मन्त्रालय प्राप्त भई नसकेको र मन्त्रालय पनि टुङ्गो लागि नसकेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा छौँ। जुनकुनै बेला पनि मन्त्रीको नाम दिनसक्ने गरी तयारीमा छौँ।हामी तीन नाम दिन तयार भएर बसेका छौँ ।’’ 

पार्टी प्रवक्तासमेत रहनुभएका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरू तयार भएर बसेको स्पष्ट पार्नुभयो।