प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि करिब १८ घण्टा छलफल हुने भएको छ ।
छ वटा विद्यालय अनुमति बिना सञ्चालनमा
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले निजी तथा संस्थागत विद्यालयहरूको अनुगमन सुरु गरेको छ । उच्च अदालत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा सञ्चालन नगर्न नगराउन आदेश दिएपछि समन्वय इकाईले अनुगमन सुरु गरेको हो ।
कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य
राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो ।
महायज्ञ स्थलको मुख्य मण्डपमा आगलागी
सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्री रामचरित्र मानसको नौ दिवसीय महायज्ञको मुख्य मण्डपमा सोमबार आगलागी भएको छ । महायज्ञका लागि बनाइएको यज्ञको अन्तिम दिन साँझ आगलागी हुँदा मुख्य मण्डप जलेर खरानी भएको छ ।
चोरमाराको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
विद्यालयमा आक्रमण : २० बालबालिकासहित २२ को मृत्यु
म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो ।
कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा फ्रान्सेली महिलाको मृत्यु
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा फ्रान्सेली महिलाको मृत्यु भएको छ ।
चार्जिङमा राखेको स्कुटर जलेर नष्ट
कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो ।
स्कार्पियो दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुप्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।
बिहेभोज खाँदा सय बढी बिरामी
धनुषाको मिथिला विहारी नगरपालिका –८, ठेरा कचुरीमा बिहेभोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । स्थानीय नरेश महराको छोरीको बिहेमा आएका जन्ती र स्थानीयले खाजा खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो ।
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।
मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माण गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार लागिपर्ने बताउनुभएको छ ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण पाठ
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको छ।
इन्जिनियरविरुद्ध तीन करोड ६३ लाख बढीको भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालविरुद्ध तीन करोड ६३ लाख २१ हजार २०७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
'नयाँ ढङ्गले मल कारखाना खोलिने छ'
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताउनुभएको छ ।
गीत बजाएको आरोपमा १४ जना पक्राउ
अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।
मोटर साइकल दुर्घटनामा दाजुभाइको मृत्यु
नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कावासोती–१ लोकाह खोला नजिकै भएको दुर्घटनाम कावसोती–११ शान्ति टोलका २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर दर्लामीको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। मृतक दाजुभाइ हुन्।
भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत
भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन्।दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् ।
भारतमा रहेका नेपालीलाई आपतकालीन सेवा प्राप्त हुने स्थान पहिचान गर्न अनुरोध
भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ।
पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षामा सरकार सचेत छ : परराष्ट्र मन्त्रालय
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सन्दर्भमा सरकार सचेत रहेको र त्यहाँ रहेका विद्यार्थी एवम् नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको बताएको छ ।
सर्लाहीको बलरामा झडप : १३ जना घाइते
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–१०, सुदामा टोलमा शुक्रबार दुुई पक्षबिच झडप हुँदा १३ जना घाइते भएका छन् ।
आइपिएल अनिश्चित कालका लागि स्थगित
भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् ।
नेपाली नागरिकको सुरक्षा व्यवस्था मिलाउन सभामुखको ध्यानाकर्षण
सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोवास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नदीमा टिपर खस्दा चालकको मृत्यु
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका –२, का २६ वर्षीय प्रभाकर यादव रहनुभएको छ ।