‘लोडसेडिङ हुँदैन’ : विद्युत प्राधिकरण
काठमाडौँ, जेठ ३ गते ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार र शुक्रबार आएको विद्युत् प्रणालीको समस्या प्राविधिक रहेको र यसमा लोडसेडिङको कुरै नरहेको बताउनुभएको छ । उहाँले प्राधिकरणमा नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको पनि स्पष्ट पार्नुभएको छ ।काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पार्नुभएको हो ।विगतका वर्षमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उहाँले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताउनुभयो । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गर्नुभयो ।समस्या आइसकेपछि कराउने नभई समयमै सुधार्नुपर्ने उहाँको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागि परेको उहाँको भनाइ थियो ।प्राविधिक समस्याले विद्युत् आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आपूmले जानेका सबै कुरा गर्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, “पश्चिमको लाइन ट्रिप भएका कारणले २ घण्टा विद्युत् प्रसारण अवरोध भएको हो । करिब ८ बजे मात्र ढल्केबर–मजफरपुर प्रसारण लाइन नियमित भएसँगै विद्युत् आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महìवपूर्ण छ भन्ने कुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ ।” उहाँले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्ने गरी काम भइरहेको बताउनुभयो ।
पुँजीगत खर्च एक तिहाइ मात्र
काठमाडौँ, जेठ ३ गते । सरकारको विकास खर्चको गति अत्यन्त सुस्त रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा पुँजीगत खर्च लभभग एक तिहाइ मात्र खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालु आवका लागि पुँजीगत शीर्षकमा रु. तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट छुट्याएकामा वार्षिक विनियोजनको ३४.१६ प्रतिशत मात्र खर्च भएको छ । त्यो भनेको रु. एक खर्ब २० अर्ब ३७ करोड बराबर मात्रै खर्च हो । चालु शीर्षकमा भने वार्षिक लक्ष्यको ६७.७९ प्रतिशत खर्च भएको छ । चालुतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा रु. सात खर्ब ७३ अर्ब २२ करोड बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा हालसम्मको खर्च ७१.९६ प्रतिशत बराबर छ । यो शीर्षकमा रु. तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन भएकामा वैशाख मसान्तसम्ममा रु. दुई खर्ब ६४ अर्ब २८ करोड खर्च भएको छ ।यसरी चालु आवको उक्त अवधिसम्मको कुल बजेट खर्च ६२.२४ प्रतिशत बराबर छ । यस वर्ष रु. १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याइएकामा सुरुवाती १० महिनामा रु. ११ खर्ब ५७ अर्ब ८९ करोड बराबर खर्च भएको छ ।खर्चको तुलनामा राजस्व सङ्कलन निकै कम हुँदा यो अवधिमा घाटा बजेट रु. दुई खर्ब नाघेको छ । वैशाख मसान्तसम्ममा सरकारले रु. नौ खर्ब ४९ अर्ब ७६ करोड बराबर मात्रै राजस्व उठाएको छ, अर्थात् यो अवधिमा सरकारको आम्दानीभन्दा खर्च रु. दुई खर्ब आठ अर्ब १३ करोडले बढी छ । चालु आवका लागि सरकारले कुल रु. १४ खर्ब ७१ अर्ब ६२ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । हालसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४.५४ प्रतिशत बराबर हो । यस्तै चालु आवका लागि रु. ५२ अर्ब ३२ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ३०.८ प्रतिशत मात्रै लिइएको छ । वैशाख मसान्तसम्ममा रु. १६ अर्ब ११ करोड ८९ लाख बराबर वैदेशिक अनुदान भित्रिएको हो ।कर राजस्वतर्फ रु. १२ खर्ब ८४ अर्ब २० करोडको वार्षिक लक्ष्य रहेकामा हालसम्म ६४.५५ प्रतिशत अर्थात् रु. आठ खर्ब २८ अर्ब ९४ करोड उठेको छ । यस्तै गैरकर राजस्वतर्फ रु. एक खर्ब ३५ अर्ब नौ करोड उठाउने वार्षिक लक्ष्य रहेकामा हालसम्म ६९.२ प्रतिशत अर्थात् रु. ९३ अर्ब ४९ करोड बराबर गैरकर राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गाजाका लाखौं नागरिक विस्थापित
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) ले जानकारी गराएअनुसार गाजामा थप सात प्रतिशत क्षेत्रमा इजरायली सेनाद्वारा विस्थापनको आदेश जारी गरिएपछि हाल गाजाको करिब एकहत्तर प्रतिशत भूभागमा प्यालेस्टिनी नागरिकहरूलाई आवतजावत गर्न रोक लगाइएको छ ।
हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’
हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।
राप्रपाका उपाध्यक्ष मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको हो।
कारको ठक्करबाट दुई महिलाको मृत्यु
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
गाडी पोलमा ठोक्किँदा १५ जना घाइते
वसन्त पराजुलीनारायणगढ, जेठ २ गते । पूर्व पश्चिम राजमार्गको रत्ननगरमा शुक्रवार बिहान भएको दुर्घटनामा १५ जना यात्रु घाईते भएका छन् । रत्ननगरनगर पालिका वडा नम्वर १० स्थित त्रिनेत्र पेट्रोल पम्प अगाडि भएको सो दुर्घटनामा परि घाईतेहुनेहरु मध्ये चार जनाको स्कूल अफ मेडिकल साईन्सेन्स मेडिकल कलेजमा उपचार भै रहेको छ भने अन्यको बकुलर अस्पतालमा उपचार भै रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक गोविन्द पुरीका अनुसार काठमाण्डुबाट लाहान तर्फ जान लागेको प्र १-०२-००१ ख ९१६२ नम्वरको वस सडक छेउको पोलमा ठक्कर खादा सो दुर्घटना भएको हो ।दुर्घटनामा घाइते हुनेहरुमध्ये सिराहा सक्करकोटिया गाउ पालिका वडा नम्वर ५ बस्ने वर्ष ३९ को बैतिक राम, वर्ष २१ को सञ्जयकुमार मण्डल , सिराहा कल्याणपुर नपा ६ बस्ने वर्ष १९ को सल्मन ठाकुर र वर्ष ३५ को धर्मेन्द्र कुमार चौधरीको मेडिकल कलेजमा उपचार भैरहेको छ । यस्तै बकुलर अस्पतालमा उपचार भइरहेकामा सिराहा नवलराजपुर गाउँपालिका वडा नम्वर ४ बस्ने वर्ष १८ को नगेन्द्र शाह,सिराहा भगवानपुर गाउ पालिका ३ बस्ने वर्ष २१ को धरमनाथ यादव, सप्तरी तिलाहा कोलादा गाउँपालिका ६ बस्ने वर्ष ३० को जयप्रसाद शाह, सिराहा करजना नपा ४ बस्ने वर्ष ४० को दीपेन्द्रकुमार शाह, सप्तरी कोलदारी गापा ५ बस्ने वर्ष २८ को गजेन्द्र कुमार शाह, राजविराज नपा १ बस्ने वर्ष २८ को दिनेश कुमार शाह, भारत मधुबन्दी बस्ने वर्ष ४० को रामकृष्ण राउत, सिराहा नवराजपुर गापा ३ बस्ने वर्ष १९ को चन्दनकुमार यादव, नगरकोटिया गापा पाँच बस्ने वर्ष २४ को जीवनकुमार पासवान, बसका सहचालक काठमाण्डौँ महानगरपालिका १० बस्ने वर्ष २७ को हरि गौतम र सप्तरी राजविराज नपा १ बस्ने वर्ष २८ को दिनेश शाह छन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिनुहुने
काठमाडौँ, जेठ २ गते । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने भएको छ ।प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिनुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो ।सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो ।
झण्डै छ लाख रुपियाँ घुस लिएको आरोपमा इन्जिनियर नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना इन्जिनियरलाई सेवाग्राहीबाट झण्डै छ लाख रुपियाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ ।
नेपालगन्जको तापक्रम वर्षकै उच्च
देशकै अत्यधिक गर्मी हुनेमध्येको नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४१ दशमलव ४ डिग्री मापन भएको हो ।
मन्त्रिपरिषद् बैठकका ३० निर्णय : दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति (सूचीसहित)
सरकारले नेपाली सेनातर्फ नौ जना सहायक रथी र तीन जना महासेनानीको सरुवा गरेको छ । त्यस्तै, ६ जना प्रमुख सेनानीको महासेनानी पदमा र एक जना महासेनानीको सहायक रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
सत्य निरुपण र वेपत्ता आयोगको अध्यक्षमा महेश थापा र लीलादेवी गडतौला नियुक्त
नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा लीलादेवी गडतौलालाई नियुक्त गर्ने गर्ने निर्णय गरेको छ ।
पोखराको लामेआहाल दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हो ।
प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा
डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पोखरामा बस दुर्घटना, २२ जना घाइते
कास्कीको पोखरा महागनरपालिका २२ मा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गर्दा घुम्तीमा ग १ ख ३८८६ नम्बरको माइक्रोबस सडकमै पल्टिएको हो ।
नागरिक उन्मुक्तिका चौधरी पर्यटनमन्त्री बन्ने
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने लगभग पक्कापक्की भएको छ ।
काठमाडौँकाे मखनटोलमा आगलागी, एक जनाको मृत्यु
काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता दुई बालिकाको खोजी कार्य शुरु
त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालबालिकाको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।
अमेरिकी निर्वासनले ‘गम्भीर चिन्ता’ निम्त्याउँछ : संयुक्त राष्ट्रसङ्घीय अधिकार प्रमुख
संयुक्त राष्ट्रसङ्घीय अधिकार प्रमुखले मङ्गलबार संयुक्त राज्य अमेरिकाबाट निर्वासित गरिएका गैर–नागरिकहरूको ठूलो सङ्ख्यामा, विशेष गरी एल साल्भाडोरको मेगा–जेलमा पठाइएका सयौँ व्यक्तिका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ ।
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
दुई समूहबिच खुडा हानाहान, तीन जना घाइते
पूर्वी चितवनको खैरहानीमा दुई समूहबिच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन् । खैरहानी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा मङ्गलबार दिउँसो सो घटना भएको हो ।
हुलाक बचत बैँकको पाँच करोड ३५ लाख अनियमितता, छ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अवरुद्ध विपी राजमार्ग सुचारु
काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको विपी राजमार्ग पूर्णरूपमा सुचारु भएको छ ।