काठमाडौँ, वैशाख ३० गते । काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको विपी राजमार्ग पूर्णरूपमा सुचारु भएको छ ।
अविरल वर्षापछि आएको बाढीका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको विपी राजमार्ग मङ्गलबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
विपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति ८ः५० बजे डाइभर्सन बगाएको थियो । उहाँका अनुसार बगाएको डाइभर्सन पुनः बनाएपछि यातायात सुचारु भएको हो ।