नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
गएरातीको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो । केहि दिन अगाडी मात्रै पिच गरिएको सडक उप्किको छ भने सडकको करिव ८ मिटर भाग भासिएको छ । पानी रोकिएकाले अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
घुससहित मालपोत कार्यालयका तीनजना नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस माग गरेको अभियोगमा मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
बर्खासँगै डेंगु सङ्क्रमणको जोखिम बढ्ने
यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगु सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगु सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
भूमि ऐन अगाडि बढाउने काँग्रेसको निर्णय
नेपाली काँग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानुन बमोजिम जग्गा खरिद गर्नसक्ने तर बिक्री गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङमा जिप दुर्घटना : नौ जना घाइते
ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुदेखि सदरमुकाम फुङ्लिङतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्षबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ ।
बैतडीको खलङ्गामा ५.१ रेक्टर स्केलको भूकम्प
बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
कुलिङ पिरियड हटाउन आग्रह : समितिको अडान यथावत
निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिरियड राख्न नहुने माग आएको छ भने राज्य व्यवस्था तथा सुशासन समितिले भने आफ्नो अडान यथावत रहेको जनाएको छ ।
मधेश प्रदेश मन्त्रिपरिषद पुनर्गठन, दुई मन्त्रीको शपथ
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा बिहिबार मधेश प्रदेशको मन्त्रिपरिषदको पुनर्गठन गर्नु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
परराष्ट्रमन्त्री डा. राणा र जापानी विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबिच बिहीबार टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा. राणा र जापानी विदेशमन्त्री ताकेसीबिच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।
लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबिच लुम्बिनीसम्बन्धी महत्त्वपूर्ण छलफल भएको छ ।
रामेछापमा एम्बुलेन्स दुर्घटना : तीन जना घाइते, दुई गम्भीर
रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
मेची राजमार्ग १२ घण्टापछि सुचारु
बुधबार राति १० बजेदेखि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्ड करिब १२ घण्टापछि सुचारु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको ह्युमपाइप बाढीले बगाएका कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको हो ।
‘मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी’
नेपालमा विगत १० वर्षमा मनसुनजन्य आठ हजार चार सय ४१ घटना भएकका छन् । बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराउनुभएको हो ।
अस्पतालको गेटैमा अवैध औषधी पसल, ६ वटा पसलमा ताला लगाइयो
राज्यको नियम तथा कानुनको उल्लङ्घन गर्दै अवैध तवरले सञ्चालनमा रहेका पश्चिम म्याग्दीको दरवाङ स्थित औषधी पसलहरूमा गाउँपालिकाले ताला लगाएको छ ।
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै अख्तियार
काठमाडौँ, जेठ ८ गते । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै हुने भएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । यो निर्णयसँगै अव ठुलो भ्रष्टचारको छानविन हुने भएको हो ।समितिको आजको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।यसअघि समितिले उक्त विमानस्थल निर्माणमा अनियमिता भएको उजुरीका आधारमा सदस्य राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले प्रतिवेदनमा औँल्याएका विषयका आधारमा समितिले छानबिन अघि बढाउन आयोगलाई आज निर्देशन दिएको हो । उपसमितिले गत वैशाख १५ गते बुझाएको प्रतिवेदनका आधारमा थप अध्ययन, अनुसन्धान गरी दोषी देखिएमा मुद्दालगायतका कानुनी कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई दिन आयोगलाई पत्राचार गरिएको जनाइएको छ ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । बुधबार दिउँसो १ः१५ बजेबाट सुरु भएको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ ।
नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण
नेपाल राष्ट्र बैँकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । बालुवाटारस्थित बैँकको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले बैँक तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो ।
उद्योगमा पर्याप्त विद्युत वितरण, आजबाट डेढ सय मेगावाट विद्युत निर्यातः मन्त्री खड्का
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योग धन्दाहरुमा पर्याप्त विद्युत दिएको दाबी गर्नुभएको छ । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै मन्त्री खड्काले यस्तो दाबी गर्नुभएको हो ।
धनियाँमा अत्यधिक विषादी
काठमाडौँ, जेठ ७ गते । देशको ठुलो तरकारी बजार काठमाडौँको कालीमाटीमा भित्रिएको हरियो धनियाँमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काभ्रेबाट मङ्गलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेकोमा हरियो धनियाँमा विषादी भेटिएको छ । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोगयोग्य नरहेकोे कालीमाटी प्रहरीको सहयोगमा समितिले नष्ट गरेको जनाएको छ । विषादी छर्केपछि पर्खनुपर्ने अनिवार्य निश्चित समय नपर्खेर बारीबाट सोझै बजारमा हरियो धनियाँमा उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिनुुभयो ।
मलेसियामा रोजगारदाता परिवर्तन हुने, नेपालीलाई लाभ
काठमाडौँ, जेठ ७ गते । मलेसिया सरकारले आप्रवासी श्रमिकलाई रोजगारीको विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ । यसबाट नेपाली श्रमिकले पनि लाभ लिन सक्ने बताइएको छ ।मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुतियन इस्माइलले आप्रवासी श्रमिकको व्यवस्थापन सम्बन्धी १३ औँ संयुक्त समितिको बैठकबाट सो निर्णय भएको हो । मलेसिया सरकारको पछिल्लो निर्णयमा औपचारिक क्षेत्र (उत्पादन, निर्माण, कृषि, बगान) र सेवा क्षेत्रका (होटेल, पर्यटन) लगायतका क्षेत्रमा काम गर्ने आप्रवासी श्रमिकले रोजगारदाता परिवर्तन गर्न अनुमति लिन सक्ने छन् ।यसअघि मलेसिया सरकारले आप्रवासी श्रमिकलाई एकै प्रकृतिको कार्यक्षेत्रमा मात्रै रोजगारदाता कम्पनी परिवर्तन गर्ने अनुमति दिएको छ । जुन कम्पनी पुनर्संरचना, बन्द, विस्तार वा श्रम विभागको निगरानीमा रहेको समितिद्वारा अनुमोदन जस्ता सर्तमा आधारित छन् । दूतावासले मलेसियामा रोजगारदाता कम्पनी परिवर्तन गर्न इच्छुक श्रमिकलाई राम्रो अवसर हुने जनाएको छ । मलेसिया सरकारको पछिल्लो निर्णय अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेका विभिन्न सिफारिससँग मेल खाने छन् ।
स्रोत नखुलेको २५ लाख रुपियाँसहित दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले स्रोत नखुलेको रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।