• १८ जेठ २०८२, आइतबार

राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

राष्ट्रियसभा बैठक

काठमाडौँ, जेठ ७ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । बुधबार दिउँसो १ः१५ बजेबाट सुरु भएको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुने छ ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’सभासमक्ष पेस गर्नुहुने छ । 

त्यस्तै, राष्ट्रियभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुहुने छ ।