बुबा र छिमेकी वृद्धको हत्या गर्ने हेमराज पक्राउ
आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनवल नगरपालिका २ अवरैया बस्ने २७ वर्षीय हेमराज थारुलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सरकारले दियो शनिबार सार्वजनिक बिदा
सरकारले भोली (शनिबार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सप्तकोशीमा बेपत्ता गोताखोरको खोजी जारी, राजवंशीको शव भेटियो
सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य सुरु भएको छ । यसक्रममा एक जनाको शव फेला परेको छ ।
नेपालको टीपीएस खारेज, दुई महिनाभित्र अमेरिका छोड्नुपर्ने
अमेरिकी गृह सुरक्षा विभागले नेपालको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । बिहीबारबाट लागू हुने गरी ६० दिनभित्र अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ ।
सप्तकोशीमा विपद् उद्धार अभ्यास गर्दैगर्दा सशस्त्रका दुई प्रहरी बेपत्ता
बाढी पहिरोबाट उद्धार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोशी नदीमा डुबेर दुई सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्।
आईपीएल विजयोत्सवमा भागदौड : ११ जनाको मृत्यु
बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भीड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बस दुर्घटनामा एकको मृत्यु, तीन घाइते
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ मा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पनौतीबाट–मेदाम्सु जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको यात्रुवाहक बस बेथानचोक गाउँपालिका–६ भुग्देउबाट तावरे जाने बाटोमा दुर्घटना भएको हो ।
गण्डकीले सवारी लाइसेन्स आफैँ छाप्ने
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट प्रदेशमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार प्रदेशसभामा पेश गर्नुभएको नीति तथ कार्यक्रममा यस्तो उल्लेख छ।
गोरखापत्र संस्थान विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत
मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ। मन्त्रिपरिषदको २०८२ जेठ १५ गते बसेको मन्त्रिपरिषद्को बैठक सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
डोटीमा जीप दुर्घटना : नौ जना घाइते
डोटीमा यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा जीप दुर्घटना भएको हो ।
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ।
बगरमा गाडेको अवस्थामा ११ सय किलो गाँजा बरामद
भारतीय सिमावर्ती क्षेत्रअन्तर्गत पर्ने सुनसरीको हरिनगर गाउँपालिका–६, कटान बगर क्षेत्रबाट सशस्त्र प्रहरी बलको सक्रियतामा ठुलो परिमाणमा गाँजा बरामद गरिएको छ ।
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छुः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनुभएको छ । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गर्नुभयो ।
चल्न थाले सार्वजनिक सवारी साधन
यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
मिडियाकर्मीसमेत पाँचजनालाई भ्रष्टाचार आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिृकत, सह–लेखापालसहित ५ जना विरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ ।
राइड सेयरिङ एक महिना रोक्ने गण्डकी सरकारको निर्णय
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिना रोक्ने निर्णय गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र प्राप्त भएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरूको छलफलपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यस्तो जनाएको हो ।
विपद् जोखिम न्यूनीकरणलाई १७ हजार ७ सय सुरक्षाकर्मी परिचालन
सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको नेपाली सेना बाहेक १७ हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ ।
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने
सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मङ्गलबार दिउँसो दुई बजे बस्ने भनिएको बैठक बुधबार दिउँसो १ बजेका लागि सरेको हो।
प्रधानमन्त्री ओली नारच्याङमा
सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
पहिरोले भेडेटार–रवि–राँके सडक पुनः अवरुद्ध
सोमबार दिउँसोबाट सञ्चालनमा आएको भेडेटार–रवि–राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ को लुम्फाजुङमा झरेको ठुलो पहिरोले भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत भेडेटार–डाँडाबजार सडक अवरुद्ध भएको हो ।
उपत्यकामा आज पनि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले मङ्गलबार पनि दुई वटा बस सञ्चालन गरेको छ ।
कान्ती लोकपथ चार दिन पूर्णरूपमा बन्द हुने
कान्ती लोकपथ (काठमाडौँ–हेटौंडा सडक) चार दिन पूर्णरूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लोकपथअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले चार दिन सडक बन्न गर्न लागिएको जनाएको हो ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।
जुम्लामा दुई वडाध्यक्ष माथि चक्कु र ढुङ्गा प्रहार
जुम्लाको तिला गाउँपालिकामा दुई जना वडाध्यक्षमाथि आक्रमण भएको छ। तिला गाउँपालिका ५ का वडाध्यक्ष ललितबहादुर शाही माथि आइतबार चक्कु प्रहार भएको छ भने सोही गाउँपालिका ३ का वडाध्यक्ष धनबहादुर शाहीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।