निर्वाचनप्रति मतदाता उत्साही
निर्वाचनप्रति मतदातामा उत्साह देखिएको छ। निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन हुनेमा सरोकारवाला निकायहरू विश्वस्त रहेको एक अध्ययनले देखाएको छ।
साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।
निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने
चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय
सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पश्चिमी न्यूनचापीय रेखाको प्रभावः आज हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
मतदान सकिएको २४ घण्टाभित्र परिणाम सार्वजनिकः आयुक्त भण्डारी
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।
कप्तान साम्बाको उपचारमा कांग्रेसको पाँच लाख सहयोग
नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी 'साम्बा'लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।
दुर्घटनामा पाँच जनाको ज्यान गएपछि शोकमा तनहुँ
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सडकबाट तल खस्दा तनहुँका पाँच जनासहित १९ जनाको मृत्यु भएको घटनाले जिल्लाभर शोक छाएको छ । सोमबार बिहान करिब १ः३० बजे ग २ ख १४२१ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बैतडीमा फेरि एक निर्वाचन प्रहरीको मृत्यु
बैतडीमा फेरि एक जना निर्वाचनका लागि भर्ना भएका प्रहरीको मृत्यु भएको छ । यससँगै जिल्लामा निर्वाचन प्रयोजनका लागि खटिएका प्रहरीको मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
महोत्तरीमा डिजे र मदिरा प्रतिबन्ध
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी महोत्तरीमा डिजे र मदिरा माथि प्रतिबन्ध लगाइएको छ ।
मदन भण्डारी लोकमार्गमा बस दुर्घटना, १५ घाइते
मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
गौरमा हट्यो कर्फ्यु
रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समिति रौतहटको सोमबार बसेको बैठकले गौरमा जारी कर्फ्यु सोमबार बिहान १० बजेदेखि हटाइएको रौतहटका प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुषालले जानकारी दिनुभयो ।
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दहालले जारी गरेको आदेशअनुसार सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको हो।
दुर्घटनाग्रस्त बस साँझ ७ बजे पोखराबाट छुटेको थियो
सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ ।
पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।
११ पुरुष र छ महिलाको घटनास्थमै मृत्यु, उद्धार सकियो
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा दुई विदेशीसहित १७ जनाको मृत्यु भएको छ ।