मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
झापामा तीन जना मृत फेला
जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।
सहकारीमा डुब्यो पालिकाको एक करोड ७२ लाख
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारले गरेको लगानी डुबेपछि असुल गर्न बारम्बार ताकेता हुने गरेको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
सर्वोच्च अदालतमा रिक्त मध्ये चार मध्ये तीन जना न्यायाधीश न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस भएका छन् ।
काठमाडौँ महानगरपालिका कार्यालयले पिउने पानीमा कोलिफर्म भेटियो, आपूर्ति सम्झौता रद्द
काठमाडौँ महानगरपालिकाले प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको छ । आपूर्तिकर्ताले ल्याएको पिउने पानी जाँचका क्रममा अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको महानगरले जनाएको छ ।
आइसिसी विश्वकप लिग–२ : नेपाल नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै
स्कटल्यान्डको डन्डीमा अहिले टस हारेको नेपालले पहिलो ब्याटिङ गर्ने निम्तो पाएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले टस जितर पहिले फिल्डिङ रोज्नुभएको हो ।
राजविराज नगरपालिकामा तनाव : प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिहरूले मङ्गलबार नगरपालिकामा लगाइएको ताला फुटाएर कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।
बजेट आर्थिक सुधारको अर्को चरण : अर्थमन्त्री
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सामुदायिक विद्यालयलाई १३ करोड अनुदान
कपिलवस्तुको विजयनगर गाउँपालिकाका ११ सामुदायिक विद्यालयले १३ करोड रुपैयाँ अनुदान पाउने भएको छ । गाउँपालिकाले विद्यालयमा टिनको छानामुक्त बनाउने घोषणा अनुसार सङ्घीय सरकारबाट प्रति विद्यालय न्यूनतम १ करोड अनुदान प्राप्त गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
काठमाडौँका इन्जिनियर कोइरी विरुद्ध चार करोड ५८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर
काठमाडौँ, जेठ २६ गते । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीले सेवाकलामा चार करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार चार सय तिन रुपैयाँ अठासी पैसा पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार मुद्दा दर्ता गरेको जनाएको छ । धनुषा, क्षीरेश्वरनाथ नगरपालिका ५ (साबिक नकटाझिज ६) स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका ४ चण्डोल बस्ने कोइरीले पदीय मर्यादा विपरीतका कार्य गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । आरोपित कोइरीले काठमाडौँ महानगरपालिकाको कार्यालयमा २०४६ वैशाख १९ गते देखि सार्वजनिक पद धारण गरी २०७८ फागुन ३० गतेसम्म जागिर खाएका थिए । उक्त अवधिमा सात करोड छयानब्बे लाख छयहत्तर हजार आठ सय चार रुपियाँ तेइस पैसा आर्जन गरेको र ती मध्ये तिन करोड सैँतिस लाख उनासी हजार चार सय रुपैयाँ चौँतिस पैसाको मात्र स्रोत देखिएकाले बाँकी रकम भ्रष्टाचार गरेको भन्दै आयोगले बिगो मागदाबी सहित कारबाही गर्न मुद्दा दर्ता गरेको जनाएको छ ।
७२ जिल्लामा फैलियो डेङ्गु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्क अनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिनिधिसभा बैठक आधा घण्टापछि बस्ने गरी स्थगित
निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] सहितका विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।
बजेट अभावमा रोकियो रेलमार्ग निर्माणको काम
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम ठप्प भएको छ । बजेट अभावका कारण रेलमार्ग निर्माणको काम रोकिन पुगेको हो ।
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।
कैलालीमा दुई पालिकाबिच सीमा विवाद
कैलालीका लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाबिच सीमा विवाद भएको छ । लम्कीचुहा नगरपालिकाले लम्की–टीकापुर सडकमा स्वागत गेट बनाउन थालेपछि सो विवाद आएको हो ।
बस दुर्घटनामा दुईको मृत्यु, ३२ जना घाइते
तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षिय नारायण भण्डारी र सोही ठाउँ निवासी ४२ वर्षिय शान्ता खड्का चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।
नेपालमा पहिलो पटक लिङ्ग परिवर्तन शल्यक्रिया
नेपालमा पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा. जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोचोटी सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिनुभयो ।
बेपत्ता गोताखोरको शव भेटियो
विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको शव आज भेटिएको छ ।
‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताउनुभएको छ । विश्व म्याराथनको साझा संस्था एसाेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
प्रतिनिधिसभाको बैठक आज बस्ने
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।
रुखबाट लडेर गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्धार
घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते हुनुभएका ढोरपाटन नगरपालिका वडा नं. ४ भाँगीका रामबहादुर पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारको लागि काडमाडौं पठाइएको छ ।
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गर्नुभएको छ ।
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति
। राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद) ले आपसी विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।