काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
फर्किएनन् मतदाता, उघ्रिएनन् घरका ढोका
बाजुराका अधिकांश मतदाता यतिबेला रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका छन्। हिउँदको समयमा रोजगारीका लागि भारत गएका मतदाता गाउँमा चुनावी चहलपहल बढे पनि अझै फर्किएका छैनन्।
अन्तर्राष्ट्रिय विमान सेवाद्वारा मध्यपूर्वका उडान स्थगित
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ ।
घरदैलो मतदाता शिक्षा अभियान आजदेखि सकिँदै
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आइतबारदेखि सकिँदै छ ।
निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
नोबेल मेडिकल लापरबाही मुद्दा : आज फैसला हुन सक्ने
विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरबाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ ।
युएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतावासको अनुरोध
संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ । मध्यपूर्वको बदलिँदो परिस्थितिलाई ध्यान दिँदै सावधानी अपनाउन अनुरोध गरेको हो ।
इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ।
अफगान आक्रमणमा अमेरिकाको समर्थन
अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन जनाएको छ ।
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
अमेरिका-इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ ।
लोक सेवाको वैकल्पिक उम्मेदवारको योजनामा सब–इन्जिनियर यादवको हत्या, तीन जना पक्राउ
सर्लाही सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको घटनामा संलग्न तीन जना अभियुक्त पक्राउ परेका छन्।
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता : दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ।
चोरी गरेर ल्याइएको खयर काठसहित उद्योगी पक्राउ
सुरक्षा निकायको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका छोपेर अवैध आयात र तस्करी तथा अन्य विभिन्न गैरकानुनी काम गर्नेहरु सक्रिय हुन थालेका छन् ।
सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शुक्रबार बिहान ३:१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।
१८ गतेदेखि ड्रोन उडाउन नपाइने
जिल्ला प्रशासन कार्यालय सल्यानले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रशासनले ड्रोनको प्रयोगसम्बन्धी सूचना जारी गर्दै निर्वाचनको निष्पक्षता, सुरक्षा संवेदनशीलता र शान्ति सुव्यवस्था कायम राख्न यस्तो निर्णय गरेको जनाएको हो ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ ।
‘चुनावी तालमेलको विषयमा छलफल भएको छैन’
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेसम्म निर्वाचनमा अन्य दलसँग चुनावी तालमेलको विषयमा छलफल नभएको बताउनुभएको छ ।
सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प
नेपाल–भारत (सिक्किम) सीमा नजिक आज मध्यान्ह १२ः५४ बजे स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ।
मोरङमा दुई दिन नागरिकता वितरण नहुने
जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहरू निर्वाचनसम्बन्धी तालिममा खटिनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकतासम्बन्धी सेवा दुई दिनका लागि बन्द हुने भएको हो ।
असिनाले ७० परिवारको हिउँदे बाली नष्ट
गए राति दार्मा गाउँपालिका –५ मा परेको असिनाले स्थानीय ७० घरपरिवारको हिउँदे बाली पूर्णरूपमा नष्ट भएको छ । प्रभावित बालीमा गहुँ, गेडागुडी, तोरी, तरकारी र अन्य हिउँदे बाली छन् ।
७२ घण्टा अघि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि नै सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
निर्वाचन अवधिभर स्वास्थ्य सेवा निरन्तर : बिदा बस्न रोक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्न उच्च सतर्कता अपनाएको छ ।
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छाया
राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हाँसिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गर्नु भएको छ ।
हिमाली क्षेत्रमा नक्कली उद्धार : थप दुई जना पक्राउ
नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा रहेका विदेशी पर्यटकहरूको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गर्ने कार्यमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।