'सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस्'
नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् ।
मतदानका दिन मौसम सफा रहने पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ ।
बढ्दो क्षेत्रीय तनावका बिच अमेरिकाद्वारा खाडी मुलुकका दूतावास बन्द
बढ्दो तनावका बिचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुक स्थित दुतावास तथा कूटनीतिक मिसन बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ ।
युएईमा अलपत्र नेपालीको उद्धारको पहल : पोर्टलमा दर्ता हुन आह्वान
मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्स (युएई) मा रहनुभएका नेपालीको अवस्थासम्बन्धी सूचना सङ्कलन गर्न र आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयले पोर्टल निर्माण गरेको छ ।
इरानी आक्रमणपछि युरोपमा ग्यासको मूल्य बढ्यो
कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रमा सुविधामा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यासको मूल्य बढेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।
कुवेतस्थित अमेरिकी दूतावासमा हवाई आक्रमणको साइरन
कुवेतभर हवाई आक्रमणको साइरन बजेको छ। कुवेतस्थित अमेरिकी दूतावास नजिकैको क्षेत्रमा धुवाँ उडिरहेको देखिएको बताइएको छ।
दुबई विमानस्थलमा सीमित उडान पुनः सुरु
दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरु सुरु भएको आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ ।
पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ ।
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ ।
गौशाला बजार तनावग्रस्त, प्रहरीद्वारा १७ राउण्ड अश्रुग्यास प्रहार
गौशाला नगरपालिका –५ स्थित गौशाला बजारमा सोमबार साँझ बालबालिका खेल्ने क्रममा एक महिलाले बच्चा चोरी गर्न लागेको हल्ला फैलिएपछि अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षकर्मीले १७ राउण्ड हवाइ फायर गरेको छ ।
सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने
सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ ।
रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो
निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी रामेछापमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जानकारी दिनुभयो।
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु
रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सोमबार अपरान्ह भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।
मतदानका दिन यी सवारी साधनलाई पास आवश्यक नपर्ने
निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका दिन दमकल, एम्बुलेन्स, शववाहन लगायतका सवारी साधनलाई पास आवश्यक नपर्ने बताएको छ ।
बाँदरबाट जोगिन रुख काट्दै पैयुँपाटाबासी
घर छेउमा हुर्केका अग्ला र अनुत्पादक रुखमा बाँदरले बास बस्न थालेपछि हैरानीमा परेका यहाँका स्थानीयले रुख काट्न थालेका छन् ।
‘मौन अवधि’ के हो ? उल्लङ्घन भए के कारबाही हुन्छ ?
आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ।
इरानको आक्रमण : यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
यूएईको पराराष्ट्र मन्त्रालयले दिवसको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको बेला हुम्ला हवाई भाडा १४ हजार
नेपालगन्जबाट हुम्लाको सदरमुकाम सिमकोट जाने हवाई भाडा निर्वाचनको बेला १४ हजार पुगेको छ। यात्रु चाप बढ्नु र सिमकोटबाट नेपालगन्ज फर्कने यात्रु कम हुनुका कारण निजी एयरलाइनहरूले भाडा वृद्धि गरेका हुन्।
होलीले समृद्धिको प्रेरणा दिन्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भोलि खण्डग्रास चन्द्रग्रहण
फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण विशेष किसिमको रहने छ किनभने चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्य बताउनुहुन्छ ।
खाडी क्षेत्रका देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति रोकियो
वैदेशिक रोजगार विभाग, वैदेशिक श्रम स्वीकृति शाखा ताहाचलले आइतबार एक सूचना जारी गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसहितका देशमा श्रम स्वीकृति रोकेको जनाएको छ ।
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्णरूपमा बन्द गरेका छन्, जसका कारण विश्वव्यापी हवाई यातायातमा सबैभन्दा ठूलो अवरोध देखा परेको छ । हजारौँ उडान ढिलाइ वा रद्द भएका छन्, हजारौँ यात्रुहरू अस्थायी रूपमा विमानस्थलमा रोकिएका छन् ।