अविरल वर्षाले जाजरकोट डोल्पा सडकखण्ड अवरुद्ध
पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । भेरी नगरपालिका–१, कालेगाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
‘ड्र्यागन र हात्ती सँगै नाच्दा मात्र लाभ’ : राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डल स्तरको वार्तामा आफ्नो प्रारम्भिक टिप्पणीमा चीन र भारत मित्र हुनु र ‘ड्र्यागन र हात्ती’ एकजुट हुनु महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
रसुवागढी क्षेत्रमा सुख्खा पहिरो, एक युवक घाइते
गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ ।
रोगको निदान गर्न योगमा महिला आकर्षण
उमेरले ६० वर्ष टेक्नुभएकी फिदिम नगरपालिका –१ पाँचथरकी भीमकुमारी दाहालले नियमित योग साधना गर्न थालेको १८ वर्ष पूराभयो । ‘४० वर्ष पूरा भएपछि हात खुट्टा पोलने, झम्झमाउने, अनिन्द्रासँगै शरीरमा विभिन्न समस्या उहाँमा देखिन थालेका थिए । योगमा जोडिएपछि विस्तारै समस्या निराकरण भएको उहाँको अनुभव छ ।
साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ ।
सम्झना मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि कारागार चलान, तीन जना रिहा
कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
मनाङमा प्रदेशसभा–२ को उपनिर्वाचन कात्तिक १७ गते हुने
गण्डकी प्रदेशसभाको मनाङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं. २ मा उपनिर्वाचन मिति तोकिएको छ। निर्वाचन आयोगले शुक्रबार बसेको बैठकले सो क्षेत्रमा मिति २०८२ कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड
इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
तीन दिनसम्म मौसम बदली कायमै रहने
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर साधारणतया मौसम बदली रही केही स्थानमा वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ तीन दिने मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ ।
नापी अधिकृतविरुद्ध पौने छ करोडको भ्रष्टाचार मुद्दा
नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय
नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ।
बीस देशका राष्ट्र र सरकार प्रमुखको जमघटमा प्रधानमन्त्री
चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चिनियाँ शहर तियान्जिन आउँदैछ ।
आसाममाथि नेपाल ‘ए’ ९६ रनले विजयी
भारतको गुवाहिटीमा जारी टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसनको टिमलाई ९६ रनले हराएको छ।
पछिल्लो २४ घण्टामा केही ठाउँमा अतिभारी वर्षा, सुर्खेतमा २९२ दशमलव तीन मिलिमिटर वर्षा
पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसलधारे वर्षा भएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छभने त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ ।
छाउपडी बसेकी महिलाको ढुङ्गा लागेर मृत्यु
अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक युवती र एक बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।
बागलुङको नाम्दुकमा जिप दुर्घटना, सातजना घाइते
सदरमुकाम बागलुङ बजारदेखि दक्षिण भेगको बरेङ गाउँपालिका जाँदै गरेको जिप बिहिबार साँझ ७ बजे जैमिनी नगरपालिका वडा नं. १० राङखानीको नाम्दुकमा दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।
तौलिहवाको पचेहरामा बम विस्फोट
कपिलबस्तु नगरपालिका – १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडकखण्डको पचेहरा हाटबजारको बिचबाटोमा बम विष्फोट भएको हो ।
बेपत्ता भएका चार किशोर मृत फेला
अविनाश चौधरीधनगढी, भदौ १२ गते । कैलाली खुटिया नदीमा डुबेर आज बेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुलनजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए । सुरक्षाकर्मीको उद्धार टोलीले उनीहरूको शव निकालेको छ । डुबेर मृत्यु हुनेमा धनगढीका १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय जेब भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आज दिउँसो २ बजेतिर नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए । नदीमा पौडी खेल्न सात जना गएका मध्येबाट चार जना डुबेका थिए । तीन जना सकुशल छन् ।
ठेक्का अनियमितता : विशेष अदालतमा आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
सल्यानमा जिप दुर्घटना : १९ जना घाइते
सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
विद्यार्थी र पत्रकारको अमेरिका बसाइ सीमित गर्ने ट्रम्पको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
नवदुर्गाको चौडमा जिप दुर्घटनाः मृतक चारै जनाको सनाखत
डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनुभएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परि एकै वडाका चार जनाको मृत्यु हुनुकासाथै अन्य ६ जना घाइते भएका छन् ।
अब पोखराबाट अष्ट्रेलिया उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।