बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई निर्वाचित
बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल निर्वाचित
काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल ) प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहनुभएका अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गर्नुभएको छ ।
पाल्पा १ मा एमालेका उम्मेदवार आचार्यको अग्रता
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ पाल्पामा8 नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यले अग्रता कायम गर्नुभएको छ । क्षेत्र नं १ को निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ ५ र तानसेन ८ को मतगणना सकिदासम्ममा आचार्यले ९८४ मतान्तरसहित अग्रता कायम गर्नुभएको हो ।
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर मोहन आचार्य तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
झापामा बालेनभन्दा ओली १० हजार बढी मतले पछि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाएका छन्।
एक सय नाै स्थानमा रास्वपा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०९ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन मतगणनाः ९६ स्थानमा रास्वपा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
झापा–५ : नौ हजार मतगणना हुँदा ५ हजार बढी मतले बालेन अगाडि
नौ हजार ४१२ मत गणना हुँदा बालेनले ६ हजार पाँच सय ५१ मत पाउनुभएको छ । बालेनलाई पछ्याउनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १४ सय २८ मत पाउनुभएको छ । बालेन र ओलीबिचको मतान्तर पाँच हजार १२३ रहेको छ ।
निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता
प्रारम्भिक मत परिणाम अनुसार ज्ञानेन्द्र शाहीले २१ सय २ मत प्राप्त गर्दै पहिलो स्थानमा रहनुभएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले ९७२ मत ल्याउँदै दोस्रो स्थानमा रहनुभएको छ ।
चितवन–२ मा रास्वपाका रवि लामिछानेको फराकिलो अग्रता
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले फराकिलो अग्रता लिनुभएको छ ।
दाङको तीनवटै क्षेत्रमा रास्वपा अगाडि
प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ ।
म्याग्दीमा पुनको अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८१ मा म्याग्दीको मतगणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता लिनुभएको छ ।
काठमाडौँ-१० मा रास्वपाका विष्ट अग्रता
काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदिप विष्टले अग्रता पाउनुभएको छ । काठमाडौँ १० का निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार रास्वपाका विष्टले सात हजार २६७ मत प्राप्त गर्नुभएको छ ।
सर्लाही ४ को मतगणना सुरु
सर्लाही क्षेत्र नं. ४ को मतगणना भर्खरै सुरु भएको छ । निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार शुक्रबार बिहान १०ः२० बजेदेखि मतगणना सुरु भएको हो ।
निर्वाचन परिणामः ४० स्थानमा रास्वपा अघि
प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
दाङ - १ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता
दाङ निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता बनाउनु भएको छ। हालसम्म ६ हजार ५११ मत गणना हुँदा २३१ मत बदर भएको छ। गणना अनुसार रास्वपाका पाठकले ३ हजार ९५९ मत प्राप्त गर्नुभएको छ।
काठमाडौँ–७ र १० मा रास्वपाको अग्रता
काठमाडौँ निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार गणेश पराजुलीले चार हजार ६७७ मतसहित अग्रता लिनुभएको हो ।
धादिङ १ मा आशिका तामाङको अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत एकराज अधिकारी का अनुसार गल्छी गाउँपालिका वडा नम्बर ५ का तीन मतदान केन्द्रको मतपेटिका खोलेर प्रारम्भिक मतगणना सम्पन्न गरिएको छ ।
चितवन ३ मा रास्वपाकी सोविता अगाडि
चितवनको निर्वाचन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता लिनुभएको छ ।
चितवन–२ मत परिणामको पछिल्लो अवस्था
चितवनको निर्वाचन क्षेत्र नं. २ मा भएको मत गणनाको पछिल्लो विवरण अनुसार रास्वपाका रवि लामिछानेले अग्रता कायम गर्नुभएको छ ।
कालिका–२ का तीन मतदान केन्द्रको मतगणना सम्पन्न
रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानस्थित कालिकाहिमालय क्याम्पसमा रहेका मतदान केन्द्र क, ख र ग को मतगणना परिणाम सार्वजनिक भएको छ ।
झापा–५ मा प्रारम्भिक नतिजा सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा जिल्ला क्षेत्र नं. ५ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । देशभर चासोका साथ हेरिएको यस क्षेत्रको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको हो ।
काठमाडौँ–९ मा पनि रास्वपाको अग्रता
हालसम्म गनिएका चार हजार २३४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले दुई हजार २४४ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मेनुका घिमिरेले राससलाई बताउनुभयो ।