डा. केसीले तोड्नुभयो अनशन
कैलालीको गेटा अस्पतालमा अनशन बस्नु भएका डा. गोविन्द केसीले शरीरमा ग्लुकोजको मात्रा न्यून भएपछि अनशन तोड्नु भएको छ।
मोटरसाइकल दुर्घटनामा हराएका दुई युवकको निधन
रसुवा जिल्लाको गोसाई कुण्ड गाउँपालिका–६, सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुई जनाको शव फेला परेको छ ।
चार दिनपछि खुल्यो कर्णाली राजमार्ग
कालीकोटको शुभकालिका–१ गगनेखोलामा शनिबार गएको पहिरोले अवरुद्ध भएको राजमार्ग मंगलबार दिउँसो एकतर्फी खुलेको हो।
रुसमा दुई हजार उत्तर कोरियाली सैनिक मारिएको दाबी
युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मङ्गलबार जानकारी दिएको छ ।
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय
सोमबार प्रतितोला सुन दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ ।
जिल्ला अदालत बागलुङमा पहिलो पटक महिला न्यायाधीश
जिल्ला अदालत बागलुङमा सरुवा भई आउनुभएकी न्यायाधीश सीता शर्मा अधिकारीलाई स्वागत गरिएको छ । अधिकारी जिल्ला अदालत बागलुङमा आउने पहिलो महिला न्यायाधिस हुनुहुन्छ ।
धादिङ–मलेखु सडकः दारेगौँडाभिरमा अझै भासिने र पहिरो जाने क्रम रोकिएन
धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो ।
बिपी राजमार्ग : अवरुद्ध हुन नदिन पुनः मर्मत गरिँदै
बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । हालको मनसुनमासमेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ ।
गोरखा बस दुर्घटना : २६ घाइते, दुई गम्भीर
गोरखामा बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्यो २६ पुगेको छ भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह
लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री ओली आज बेइजिङ जानुहुँदै
चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जाँदै हुनुुहुन्छ ।
सोलुखुम्बुमा बाढीले पाँच घर बगायो
अविरल वर्षाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा गएराती आएको बाढीले पाँच घर पूर्णरूपमा बगाएको छ भने छवटा घरमा आंशिक क्षति भएको छ ।
नेपाल ‘ए’ लाई टी–२० सिरिज उपाधि
भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो ।
पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध
म्याग्दीको पश्चिम क्षेत्रलाई सदरमुकामसँग जोड्ने प्रमुख सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सेवा अवरुद्ध बनेको छ ।
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक
भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो ।
अटो दुर्घटनामा एकको मृत्यु, दुई जना बेपत्ता
अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ ।
पहिरो खस्दा घरसहित चौपाया पुरिए
डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि एकजना ज्येष्ठ नागरिक गम्भीर घाइते हुनुभएको छ ।
दशैँका लागि मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा बाहिरिने
शैँलाई लक्षित गरी यसवर्ष मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने भएको छ ।
गुणस्तरहीन औषधी बिक्रीबारे अनुसन्धान गर्दै औषधी व्यवस्था विभाग
औषधी व्यवस्था विभागले गुणस्तरहीन औषधी आयात गरी विक्रीवितरण गर्ने सफल स्वास्थ्य सेवा कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ । विभागले फार्मेसी अधिकृत सुपुष्प लामालाई छानविन गरी अनुसन्धान अघि बढाउन जिम्मेवारी दिएको छ ।
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए
इजरायलको हवाई आक्रमणमा यमनमा हुथी विद्रोहीका प्रधानमन्त्री अहमद गालिब अल–रहवी मारिएका छन् । यमन अहिले हुथी विद्रोहीको कब्जामा छ । सो घटनामा आफ्ना प्रधानमन्त्री मारिएको हुथी विद्रोहीले पुष्टि गरेको बिबिसीले जनाएको छ । हुथी विद्रोहीले गाजा युद्ध सुरु भएयताको यो सबैभन्दा ठुलो क्षति भएको र कुनै वरिष्ठ अधिकारीको पहिलो मृत्यु भएको जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
विद्यालय भवन भ्रष्टाचार प्रकरण : ११ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको श्री लक्ष्मी माध्यमिक विद्यालय भवन निर्माणमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।