धनुषा–४ मा रास्वपाका महतो विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी हुनुभएको छ । निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभयो ।
झापा-१ बाट रास्वपाकी निशा डाँगी भारी मतान्तरले विजयी
बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी ठुलो मतान्तरसहित विजयी हुनुभएको छ । शनिबार राति सम्पन्न मतगणना अनुसार डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्नुभएको छ ।
मोरङ-१ मा रास्वपाका यज्ञमणि न्यौपाने विजयी
मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ ।
बालेनलाई ओलीको बधाई– तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिनुभएको छ ।
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक विजयी हुनुभएको छ ।
विजय नजिक रास्वपाका सिंह, कांग्रेस सभापति थापा आठ हजार मतले पछाडि
सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंह विजयोन्मुख हुनुभएको छ ।
कपिलवस्तु–३ मा कांग्रेसका अभिषेक विजयी
कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी हुनुभएको छ । शाह २३ हजार ५३५ मत ल्याएर विजयी हुनुभएको हो ।
सर्लाही–१ मा रास्वपाकी नीतिमा विजयी
सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ ।
पृथ्वी सुब्बालाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज विजयी
लमजुङमा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी हुनुभएको छ ।
अछाम–१ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी
अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी हुनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावललाई ५२८ मतान्तरले पराजित गर्दै जित निकाल्नुभएको हो ।
सिन्धुली–२ मा रास्वपाका गजुरेल विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुलीको निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आशिष गजुरेल विजयी बन्नुभएको छ ।
काभ्रेपलान्चोक–२ मा रास्वपाका भण्डारी फराकिलो मतान्तरले विजयी
काभ्रेपलान्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी फराकिलो मतले विजयी हुनुभएको छ ।
ताप्लेजुङमा एमालेका थेबे अगाडि
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) का क्षितिज थेबे अग्रस्थानमा रहनुभएको छ ।
इलाम–२ मा एमालेको काजीमानको अग्रता
इलाम–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार काजीमान कागतेले अग्रता लिनुभएको छ । कागतेले अहिलेसम्ममा दुुई हजार ३९७ मत प्राप्त गर्नु भएको छ ।
पर्सा २ मा रास्वपाका कानु विजयी
पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार सम्पन्न भएको छ ।
इलाम–२ मा एमाले सुहाङको अग्रता कायमै
इलाम–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ । नेम्वाङले अहिलेसम्ममा दश हजार ९१९ मत प्राप्त गर्नु भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ ।
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भारी मतान्तरसहित अगाडि बढिरहनुभएको छ ।
कैलाली–१ मा रास्वपाका ज्ञवाली विजयी
प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
हस्ताक्षर नभएका मतपत्र भेटिएपछि गोरखामा मतगणना रोकियो
गोरखा क्षेत्र नम्बर २ मा मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै मतगणना प्रक्रिया स्थगित गरिएको हो।
बाँके १ बाट रास्वपाका सुरेश चौधरी विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा : १४५ निर्वाचन क्षेत्रमा मतगणना जारी
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहनुभएको छ ।
मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले उक्त मत प्राप्त गर्नु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गर्नुभएको छ । उहाँ एमालेका अध्यक्ष समेत हुनुहुन्छ ।