सात वटा विद्युत ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा सञ्चालन
नेपाल विद्युत प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दललाई निवेदन दिन आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान रेको छ ।
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।
सप्तरीमा बस–ट्रक ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते
सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।
कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन
कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।
एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय बैठक आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ।
भासिएको मुग्लिन–पोखरा सडक मर्मत सुरु, मादी पुलको काम पनि तीव्र
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भासिएको सडक खण्डको चार महिनापछि पुनः मर्मत सुरु गरिएको छ ।
कान्ति लोकपथ शनिबारदेखि दैनिक छ घण्टा बन्द हुने
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा मङ्सिर २० गते शनिबारदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत बन्द हुने भएको छ ।
बाटो बिना पक्की पुल, तीन वर्षसम्म भएन प्रयोग
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ र २६ जोड्ने विजयपुर खोलामा अहिले दुई पुल प्रयोगविहीन छन् ।
एनपिएलः आज दुई खेल हुने
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबर दुई खेल हुँदैछन् ।
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नलिन्चोक हेलिपोर्टमा १३ करोडभन्दा बढी रकम हिनामिना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सातविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
प्रधानमन्त्री कार्कीसँग मुस्लिम अगुवाको छलफल
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मुस्लिम समुदायका अगुवा प्रतिनिधिसँग सिंहदरबारमा भेटघाट गर्नुभएको छ।
गाडी दुर्घटना हुँदा सात जना घाइते
रौतहटमा बुधबार भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । माधवनरायण नगरपालिका –३ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदैगरेको प्र २–०३–००१ ह १०७४ नम्बरको इ–रिक्सा र विपरित दिशाबाट आउदैगरेको बीआर ०६ जीजी ५४०४ नम्बरको पिकअप गाडी बुधवार दिउँसो एकआपसमा ठक्कर खाँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो ।
एनपिएल : विराटनगरद्वारा लुम्बिनीलाई १४५ रनको मध्यम लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४५ रनको मध्यम लक्ष्य दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट राजीनामा दिनुभएको छ ।
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
सुस्तमनस्थिति हुनुभएका रविलालको न घर, न जमिन
बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँदै गर्दा धेरै अपाङ्गता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको विषय अहिले पनि नाजुक अवस्थामा रहेको पाइन्छ ।
एनपिएलः आज लुम्बिनी र विराटनगरबिच प्रतिस्पर्धा हुँदै
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।
अपाङ्गता भएका व्यक्तिको संवधौनिक अधिकार पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने हुनुभएको छ। आज यहाँ पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताउनुभयो।
डकुमेन्ट्री खरिदमा अनियमितता : नौजनाविरुद्ध मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री बनाउने नाममा सरकारी रकम हिनामिना गरिएको आरोपमा नौजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।