• २२ फागुन २०८२, शुक्रबार

दाङ - १ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता

blog

सन्तोष दहित

दाङ,  फागुन २२ गते । दाङ निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता बनाउनु भएको छ।

हालसम्म ६ हजार ५११ मत गणना हुँदा २३१ मत बदर भएको छ। गणना अनुसार रास्वपाका पाठकले ३ हजार ९५९ मत प्राप्त  गर्नुभएको छ। उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले पछ्याइरहनुभएको छ। चौधरीले हालसम्म १ हजार १८ मत प्राप्त गर्नुभएको छ। यस्तै नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्माले ४५८ मत पाउनुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ४७५ मत प्राप्त गर्नुभएको छ।