• १६ चैत २०८२, सोमबार

नवलपुरमा मतगणना ११ बजेबाट

blog

ज्ञानु पंगेनी
मध्यविन्दु, फागुन २२ गते ।
नवलपुरमा शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । मतगणनाअघि सर्वदलीय बैठक सम्पन्न भइसकेको छ भने अहिले राजनीतिक दलका प्रतिनिधि तय गर्ने काम चलिरहेको छ ।

जिल्लाको सदरमुकाम कावासोती–२ स्थित कुमारवर्ती बहुमुखी क्याम्पसलाई मतगणना स्थल तोकिएको छ । सोही स्थानमा नवलपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना एकै ठाउँमा गरिने व्यवस्था मिलाइएको छ ।