अर्जुन कार्की
काठेखोला (बागलुङ), फागुन २२ गते । बागलुङ निर्वाचन क्षेत्र नं. २ मा मतगवणना सुरु भएको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको बुर्तिबाङ नयाँ शहर आयोजना कार्यालयको सभाहलमा मतगणना हुने भएको छ ।
शुक्रबार विहान निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठक पश्चात मतगणना सुरु भएको हो ।
गलकोट नगरपालिका वडा नम्ब ४ को बरुवा माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिकाको मतगणना थालिएको निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो ।
९५ हजार ३३५ जना मतदाता रहेको क्षेत्र नं. २ मा ४७ हजार ५ सय ४७ मत खसेको छ ।
यस क्षेत्रमा नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैह्रे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा लगायत १२ जना उम्मेदवार रहनुभएको छ ।