• १६ चैत २०८२, सोमबार

काठमाडौँ-१० मा रास्वपाका विष्ट अग्रता

blog

काठमाडौँ, फागुन २२ गते । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदिप विष्टले अग्रता पाउनुभएको छ । काठमाडौँ १० का निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार रास्वपाका विष्टले सात हजार २६७ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ७४४, नेकपा (एमाले) का विनोद श्रेष्ठले एक हजार ६७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बलराम थापाले ११ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि रुपा महर्जनले ६७४ र उज्यालो नपाल पार्टीका राकेश न्यौपानेले ५४७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका अनुसार काठमाडौँ– १० मा करिब ६० हजार मत खसेकोमा हालसम्म १३ हजार ३३६ मतगणना भएको छ ।