• २९ वैशाख २०८२, सोमबार

चार्जिङमा राखेको स्कुटर जलेर नष्ट

blog

आगो लागेर जलेको स्कुटर ।

अविनाश चौधरी

धनगढी, बैशाख २९ गते । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो । 

आगलागीबाट स्कुटर जलेर नष्ट भएको छ । पसल अगाडि चार्जिङमा राखेको सुपप्र ०१–००१ प ४९३६ नम्बरको स्कुटर आगो लागेर जलेको शुक्लाले जानकरी दिनुभयो । आगो लागेको केही मिनेटमै स्कुटर जलेर नष्ट भएको उहाँको भनाइ छ । 

तीन वर्षअघि दुई लाख २० हजारमा आफूले विद्युतीय स्कुटर खरिद गरेको शुक्लाले जानकारी दिनुभयो ।