• २९ वैशाख २०८२, सोमबार

'नयाँ ढङ्गले मल कारखाना खोलिने छ'

blog

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ,  वैशाख २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताउनुुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताउनुभएको हो । उहाँले नयाँ विधिबाट फोहाेरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नुु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गर्नुभयो ।