सम्पदा क्षेत्र सार्वजनिक खरिद ऐन अनुसार निर्माण नगरौँः प्रमुख महर्जन
ललतिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताउनुभएको छ ।
राष्ट्रपति पौडेल बागलुङ आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ आउँदै हुनुहुन्छ । यही पुस ११ गतेदेखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लाग्नुभएको हो ।
बोका चोर्ने दुईजना पक्राउ
गुल्मीमा बोका चोरेकाे आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शाहको कुशको शव बनाइ अन्त्येष्टि
रुस–युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका टीकापुरका भरतबहादुर शाहको कुशको शव बनाइ कर्णाली नदीमा अन्तिम संस्कार गरिएको छ ।
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका-२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमै मृत्यु भएको हो।
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)
सरकारले विद्युत खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।
दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीनजना पक्राउ
प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ ।
चिवाभञ्ज्याङ पुगेर समापन भयो एमालेको सङ्कल्प यात्रा
नेकपा (एमाले) ले झुलाघाटबाट सुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरेको छ। मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो।
भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।
संस्कार, संस्कृतिको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
उखुको लाँक्रा बोकेर सडकमा निस्किए किसान
सर्लाहीका उखु किसानले शनिबार दिउँसो उखुको लाँक्रासहित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा प्रदर्शन गरेका छन्।
नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।
आज काठमाडौँका यी स्थानहरूमा बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।
एकै दिन चार सदस्यको अध्यक्षता
प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भइसकेको छ । विषयगत समिति सभापति चयनको पनि चार महिना भइसकेको छ । तर सङ्घीय संसद्को संयुक्त समिति सभापति चयन अझै हुन सकेको छैन । दुईमध्ये एक समिति करिब निष्क्रिय छ । संसदीय सुनुवाइको संवैधानिक दायित्व पूरा गर्नुपर्ने संसदीय सुनुवाइ समिति पनि नेतृत्वविहीन छ । त्यसको प्रत्यक्ष असर समिति सञ्चालनमै परेको छ । जसको पछिल्लो उदाहरण हो– शुक्रबार सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। घटाइएको नयाँ मूल्य शनिबार राती १ बजेदेखि लागू हुनेछ।
मर्जर र एफपीओबाट एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन
सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू गरेपछि एकै दिन ११ अर्ब ३ करोड रुपियाँ कर संलग्न भएको छ ।
गृहका २५ अधिकारीको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले मातहतका २५ अधिकारीको सरुवा एवम् पदस्थापन गरेको छ। त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान हुनुभएको छ ।
राष्ट्रिय हितमा सन्तुलित परराष्ट्र नीति लागू गर्नुपर्छ : सचिव लम्साल
नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर
दुई मोटरसाइकल एकापसमा ठोक्किदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी भएको छ ।
अध्यागमन अधिकृतसँग सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाउने दुई जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालगायत कर्मचारीमार्फत तीन सय जनालाई सेटिङ मिलाएर भिजिट भिसामा पठाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि
नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो ।
कांग्रेसद्वारा राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।