सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ ।
अवैध दोहन गर्ने ५६ सवारी साधन नियन्त्रण
कास्की जिल्लाअन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाएर चोरी निकासी गर्ने विभिन्न ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
डिजिटल पूर्वाधारको विकासमा नेपाल-भारत सहकार्य आवश्यक छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल पूर्वाधारको विकासमा नेपाल र भारतबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
मुद्दा मिलाइदिने भनी ९९ लाख बढी ठगी गर्ने पक्राउ
मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार
झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
कर्मचारीले रुचाएनन् दुर्गम र मधेश
सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ ।
थाइल्यान्डको रोजगारी म्यानमारमा ठगी !
प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पु¥याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् ।
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ।
महानगरका २२ हजार सामुदायिक कुकुर ‘डिस्टेम्पर’ रोगको जोखिममा
काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ ।
संकल्प यात्राले मनोबल बढाएको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास उच्च भएको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कांग्रेस सभापति देउवाद्वारा सिंहको सालिक अनावरण
नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गर्नु भएको छ ।
नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन गरिने
भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरी समक्ष समन्वय अगाडि बढाएको छ ।
संसदका महासचिव गौतमद्वारा पदबाट राजीनामा
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिनुभएको छ ।
‘काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउन ढिलो गर्नुहुँदैन’
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न सरकारले ढिलाइ गरेको भन्दै चाँडो व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
नगर प्रमुखको फर्जी हस्ताक्षरमा मल सिफारिस
सप्तरीको खडक नगरपालिकाको एक सहकारीले नगर प्रमुखको फर्जी हस्ताक्षर गरी सिफारिस बनाएर मल सप्लाइ गरेको छ । खडक नगरपालिका –११ बनौलीको सहकारी संस्था लिमिटेडले नगरपालिकाको नगर प्रमुख जयप्रकाश चौधरीको हस्ताक्षर किर्तेगरी कृषि सामग्री कम्पनी राजविराजबाट एकसय ३० बोरा डिएपी र १२ बाेरा युरिया मल लगेको पाइएको छ ।
बस चोरेर चितवन लग्दैगरेका किशोर पक्राउ
पोखरामा रोकिराखेको बस चोरेर चितवन लग्दैगर्दा एक किशोर पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको वडा–९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका किशोरलाई प्रहरीले पक्राउ गरेका जनाएको हो ।
दुई केजी सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा चेकपोष्ट रसुवाबाट काठमाडौं तर्फ आउँदै बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडीमा यसअघि फेला परेको दुई किलोग्राम सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएको खुलासा
नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ।
एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ
मकवानपुरमा रु. एक करोड फिरौती मागेकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।
भोज खाँदा एकको मृत्यु, २९ बिरामी
लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो ।
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो ।
भारतले गर्यो प्याज निर्यातलाई कानुनी रूपमै प्रतिबन्ध
भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागूभएको अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो ।
प्रधानाध्यापक नियुक्ति नगर्न अदालतको आदेश
कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक नियुक्ति गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत जुम्ला इजलासले आदेश गरेको छ । गाउँपालिकाले परीक्षा लिएर विद्यालयका प्र अ नियुक्ति गरेको विषयमा घुसपैठ भएको भन्दै शिक्षकहरूले उच्च अदालत जुम्लामा रिट दर्ता गरेपछि अदालतले अन्तरिम आदेश दिँदै निर्णय कार्यान्वयन नगर्न भनेको हो ।