ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताउनुभयो ।
छातीमा समस्या भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना
छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।
पाटन अस्पतालले स्तन क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास आइपुग्नुभएको छ ।
टिकटकविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ
टिकटक बन्दबिरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै छ । ४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाइ हुन लागेको हो ।
ढुङ्गा, बालुवा निकासी गर्ने प्रस्ताव अनुपयुक्त : विज्ञ
संरक्षित क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवाजन्य खनिज पदार्थ कानुन बनाएर नै निकासी गर्ने प्रस्तावित व्यवस्थाप्रति संरक्षणविद्ले चिन्ता व्यक्त गरेका छन् । निर्माण सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० मा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष क्षेत्र, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र र चुरे क्षेत्रबाट तोकिएको दुरीभित्रबाट विशेष सर्त र परिस्थितिमा ढुङ्गा, गिट्टी, बालुवाजन्य खनिज पदार्थ निकासी गर्न सक्ने व्यवस्था गरिएको संरक्षणविद्को दाबी छ ।
इयूको कालो सुचीबाट नेपालको हवाई उडान क्षेत्र नहट्नुमा नेपाल एयरलाइन्सको दोष छैन : प्रवक्ता पौडेल
नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियय युनियन (इयू) ले कालो सूचिबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।
प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ ।
हात्तीको आक्रमणले माझीको ज्यान गयो
मोरङको बेलबारी–११ लक्ष्मीमार्गनजिकै जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
हुम्लामा बाक्लो हिमपात
सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो ।
कर्णाली नदीमा विश्वकै लामो र्याफ्टिङ हुने
अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ ।
चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको (दर्ता प्रमाणपत्र) लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन्।
नेपालीलाई फुटाउने प्रयास भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जात, भूगोल, भेगका नाममा नेपालीलाई फुटाउने प्रयास भइरहेको बताउनुभएको छ ।
कोशीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गर्नुभएको छ । मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई विभागीय जिम्मेवारी तोक्नुभएको हो ।
उपमहानगरले भत्कायो अवैध संरचना
नक्सा पास नगरी बनाइएको भौतिक संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको छ । धनगढीको पार्कमोड क्षेत्रमा प्रदीपकुमार अग्रवाल र दुष्यन्त बस्नेतको नाममा रहेको जग्गामा बनेको संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको हो ।
प्रधानमन्त्री प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कमनवेल्थका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेट गर्नुभएको छ ।
सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्नू : अर्थ मन्त्रालय
अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक अद्यावधिक प्रतिवेदनमा, संस्थानले भूकम्प राति १०ः३७ बजे गएको हो ।
खाद्य संस्थानको कोठाभित्र शव फेला
हेटौँडा–२, चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र शनिवार एक जना पुरुषको शव फेला परेको छ ।
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त अरब इमिरेट्स दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुनुभई उहाँ आज स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वनभोजमा हिँडेको बस दुर्घटना, ६ घाइते
वनभोज हिँडेको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा दुर्घटना भएको छ । इलामबाट विद्यार्थी लिएर वनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदैगरेको मे १ ख ३३८० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा ३२ जनाको मृत्यु
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घट्यो
नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घटेको छ । ३६ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले आज सार्वजनिक गर्नुभएको तथ्याङ्कले यस्तो देखिएको हो ।