प्रधानमन्त्री प्रचण्ड बिहीबार रुकुमपश्चिम आउनुहुँदै
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुमपश्चिम आउनुहुने भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आउनुहुने भएको हो ।
सम्भावित दुर्घटनाबाट बचाउन नदीमा उद्धार टोली तैनाथ
सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको कम्दीस्थित राप्ती नदीमा उद्धार टोली तैनाथ पारिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन राप्ती नदीको सिधनीया घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
जमुनाहा नाका आज राति ८ बजेसम्मका लागि बन्द
नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।
दसैँमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति
दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भई नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घटेको छ ।
मुस्लिम सदस्यहरुले पनि लगाए दसैंको टीका जमरा
सदभावको सहरको रुपमा परिचित नेपालगन्जमा बडा दसैंको दिन शुभसाइतमा मंगलवार मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् ।
दसैंमा महिलाले गरे ५० लाखको खसीबोका बिक्री
दसैंमा मात्र यहाँका महिलाले करिव ५० लाखको खसीबोका बिक्री गरेका छन् । जिल्लाको रम्भा गाउँपालिकास्थित फोक्सिङ्कोटका महिलाले दसैंको मुखैमा ४८ लाख २७ हजार रुपियाँको खसीबोका बिक्री गरेका बताएका छन् ।
सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते
भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीस्थित कुलेखानी–मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदैगरेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।
भोलि मदिरा बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनका दिन जिल्लाभरि मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको छ ।
आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ : परराष्ट्र मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताउनुुभएको छ ।
नेपाल पाँच विकेटले विजयी
राजधानीमा जारी त्रिकोणात्मक टि२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ ।
राँगो मार हान्न तीन लाख ३० हजारको बोलकबोल
म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवती कोत मन्दिरमा बिजया दशमीको महानवमीका दिनमा बली चढाइने सरकारी राँगो मार हन्न (काट्न) तीन लाख ३० हजार रुपियाँको बोलकबोल भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज (सोमबार) नवकन्याको पूजाअर्चना गर्नुभएको छ ।
सहारा बनेको छोरो बाकसमा फर्किदा...
टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उहाँको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।
जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नु सांसदको कर्तव्य हो : नेत्री खातुन
नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।
पाल्पा दुर्घटना: एकै परिवारका छ जनाको मृत्यु
पाल्पाको रानीमहल नजिकै आइतबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुने ६ जना एकै परिवारका रहेको खुलेको छ । दसैँमा रानी महल घुमेर फर्कने क्रममा तानसेन–रानी महल सडक खण्डको वैकुण्ठ भीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते हुनुभएको थियो ।
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन
बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ ।
पूर्व कमाण्डरको दैनिकी : परिवार पाल्न डोली बोक्नु बाध्यता
कालीकोटको रास्कोट नगरपालिका ३ का जगत फडेरा अहिले भारतको केदारनाथ क्षेत्रमा हुनुहुन्छ । तत्कालीन माओवादी आन्दोलनका लडाकु फडेरा परिवार पाल्न रोजगारी गर्न केदारनाथ पुग्नुभएको हो ।
हङकङलाई हराएर युएइ फाइनल नजिक
त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय शृङ्खलामा संयुक्त अरब इमिरेट्स (युएइ)ले आइतबार हङकङलाई छ विकेटले हराएर फाइनलमा खेल्ने सम्भावना बलियो बनाएको छ ।
फेरिएको दसैं : पहिले स्वदेश आउँथे तर अहिले विदेश
म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया जानुभयो ।
बडादसैँको शुभकामना
सारा नेपालीमा असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीको उमङ्ग छ । सुख, समृद्धिको शुभकामना साटासाट छ । हिन्दु धर्मावलम्बीको मात्र नभई सनातनी यस पर्वले पारिवारिक र सामाजिक पुनर्मिलन गराएको छ । पहेँलपुर फाँट होस् वा पहाडी कान्लाका गोरेटोदेखि पक्की सडकमा नयाँ पहिरनका मानिसको ओहोरदोहोर चलेको छ । बाटोघाटो, घर सरसफाइ गरी पिङमा मच्चिनेहरूको रमिता छ । मङ्गलधुन बजेका छन् । मिठा परिकार पाकेका छन् । नेपालमा सबैभन्दा बढी मानिसको ओहोरदोहोर, चहलपहल, आर्थिक कारोबार हुने यो पर्व एकताको प्रतीक पनि हो । विभिन्न जाति समुदायमा विजयादशमीका दिन आआफ्ना परम्परा अनुसार मान्यजनका हातबाट चामलको राता र सेता अक्षता लगाई शुभ आशीर्वाद लिने यो पर्व समस्त आसुरी प्रवृत्तिमाथि विजयको शुभकामना गर्ने राष्ट्रिय पर्व हो । बडादसैँ वा विजयादशमीमा नवरात्रका नौ दिन नवदुर्गाको पूजा आराधना गरी मुख्य दिन विजयादशमीमा टीका ग्रहण गरिने यो पर्वमा दुर्गा माता र रामलाई शक्ति र न्यायका प्रतीकका रूपमा लिइन्छ । पौराणिक कथा अनुसार संसारको विनाश गर्न खोज्ने महिषासुर नामक राक्षसलाई दुर्गा माताले मारेको अनि अहङ्कारी, अन्यायी, अत्याचारी रावणमाथि रामले विजय गरेको स्मरणमा बडादसैँ मनाइने गरिएको छ । सिङ्गो राष्ट्र नै यस पर्वमार्फत व्रmोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकरूपी आसुरी प्रवृत्तिविरुद्ध सत्य, न्याय, सुख–समृद्धिको पक्षमा शताब्दीऔँदेखि प्रस्तुत भए पनि हामी र हाम्रो मुलुक आसुरी प्रवृत्तिको कब्जाबाट मुक्त हुन चाहिँ सकेको छैन । यो विडम्बना छ । दुर्गाका नौ स्वरूप योग साधना, वैराग्य, संयम र सदाचार, हाँसो, चैतन्य, धर्म, अर्थ, काम र मोक्ष, सिद्धि, कलुषिताको अन्त्य आदि सम्बन्धित मानिन्छ । संसार मास्न खोज्ने महिषासुर राक्षसलाई मारेर मानव सृष्टि संरक्षण गर्न सक्ने शक्तिपुञ्जस्वरूप नारीशक्ति हुन् दुर्गा । नारीशक्तिको रौद्र र ममतामयीस्वरूप दुर्गाको पूजक नेपाली समाजमा नारी नै पीडित छन् । नेपालको वर्तमान संविधानले समान अवसर अनि विशेषाधिकारको समेत प्रबन्ध गरे पनि युगौँदेखि हेपिएका, पीडित नारी अझै पनि अवहेलित अवस्थामै छन् । सृष्टिकर्ता नारी कतिपय परिवारभित्रै अछुत ठानिनुपर्ने अवस्था विद्यमान छ । शक्तिपूजक नेपाली समाजमा अब नारी दुर्गास्वरूप प्रकट हुन सकून् – शुभकामना । युवा शून्यप्रायः गाउँघर बडादसैँकै कारण यतिखेर रमाइला बनेका छन् । कार्य परिबन्धले अन्यत्र गएका युवा गाउँमा फर्केका छन् तर यति महान् पर्वमा पनि लाखौँ युवायुवती विदेशमा पसिना चुहाइरहेका छन् । गाउँमा गरिखान नजानेर वा रोजगारी नपाएका कारण बिदेसिएका ती सन्तान सम्झेर कैयौँ बाआमाले आँसुको नुनिलोसँग गाँस निल्नु परेको छ । यही मुलुकमा शान्ति सुरक्षा, सुशासन हुन्थ्यो भने ती सन्तान बाध्यताले विरानो देशमा जानुपर्ने थिएन । हजुरबाआमाहरूले सुख, शान्ति, समृद्धिका शुभकामनासाथ सन्तानले डाँडाकाँडा ढाकून्, ढुङ्गा छोए सुन र माटो छोए अन्न बनोस् भन्ने आशीर्वाद दिनुहुन्थ्यो । आज ती सन्तानले आफ्ना डाँडाकाँडा ढाक्न सकेनन्, विदेशमा गएर विदेशीकै लागि अन्न फलाइदिएका छन्, सुन निकालिदिएका छन् । अब चाहिँ ती नेपाली सन्तानलाई नेपालमै फर्काउन, नेपाललाई नै समृद्ध बनाउन सकियोस् – शुभकामना । विकसित, समृद्ध नेपालका लागि शासकदेखि शासितसम्मको प्रतिबद्धता र समर्पण भए असम्भव छैन । जातीय, धार्मिक, सांस्कृतिक सद्भावसहितको एकताबद्ध समाज छ हाम्रो । प्राकृतिक स्रोत, सम्पदा छन् अनि युवा जनशक्तिको सङ्ख्या धेरै छ । संवैधानिक हिसाबमा समानुपातिक, समावेशी र सहभागितामूलक राज्य प्रणाली छ । स्रोत र जनशक्तिको पूर्ण लाभ उठाउने दूरदृष्टिसहितको प्रभावकारी राजनीतिक नेतृत्वले यस्ता अवसरको सदुपयोग गर्न सकोस् – शुभकामना । वास्तवमा नेपालीका शुभकामनाहरू जीवनमा यथार्थ साबित हुन नसक्नुको जड नै भ्रष्टाचार हो । दसैँ बजारमा खाद्य, लत्ताकपडा, यातायातका साधनको टिकट, होटलको खाना मूल्यदेखि राज्यको सार्वजनिक जग्गासमेत निजी बनाउने तहको भ्रष्टाचार हुने गरेको यथार्थ छ । नीति बनाएरै राज्यकोषको अपचलन हुने गरेको छ । नागरिकप्रति जवाफदेही, उत्तरदायी बन्नुपर्ने राज्यसंयन्त्रमा बस्नेहरूबाट हुने ढिलासुस्ती, अनुचित लेनदेन, भ्रष्टाचारले आजित सेवाग्राहीले देशप्रति नै निराशाभाव व्यक्त गर्नु परेको छ । सुशासनको अभावका कारण नागरिक यस्तो निराशाले गाँजिएका हुन् । अब राज्यले सुशासनमार्फत आसुरी प्रवृत्तिकै रूप भ्रष्टाचारको अन्त्य गरी नागरिकलाई आशावादी बनाउन सकोस् – शुभकामना ।
दुर्गा पक्षको आठौँ दिनः महाअष्टमी पर्व मनाईँदै
बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।
आज फूलपाती भित्र्याइँदै
बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।