• १२ साउन २०८१, शनिबार

ठक्करबाट यात्रुको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

blog

राजमार्गअवरुद्ध पार्दै मृतकका आफन्त ।

अविनाश चौधरी

धनगढी, मङ्सिर १५ गते । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् । 

बस चालकमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै उनीहरुले लम्की खण्डमा राजमार्ग अवरुद्ध पारेका हुन । मृतकका आफन्तको आन्दोलनका कारण पश्चिमबाट  पूर्वतर्फ जाने र पूर्वबाट पश्चिमतर्फ आउने सवारी साधनहरु बाटोमै रोकिएको छ । 

हिजो साँझ पूर्वतर्फ जाँदैगरेको ना ५ ख ८७०० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते लम्कीचुहा नगरपालिका –२ मा ठक्कर दिंदा मोहन्याल गाउँपालिका –७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको उपचारको क्रममा ज्यान गएको थियो । मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । 

ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।