• १२ साउन २०८१, शनिबार

बस चोरेर चितवन लग्दैगरेका किशोर पक्राउ

blog

किशोरले चोरी गरेको बस । तस्बिर : नेपाल प्रहरी

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर २४ गते । पोखरामा रोकिराखेको बस चोरेर चितवन लग्दैगर्दा एक किशोर पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको वडा–९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका किशोरलाई प्रहरीले पक्राउ गरेका जनाएको हो ।

शुक्रबार राति चितवनको भरतपुर नगरपालिका –११ आँपटारीबाट सो बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तनहुँको म्याग्दे गाउँपालिका १७ घर भएका ती किशोरलाई आँपटारीमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । 

किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ । यसैगरी अर्का एक किशोर चौथो पटक स्कुटर चोरीमा पक्राउ परेका छन् । 

मङ्सिर १९ गते पोखरा–३, नदीपुरमा पार्किङमा राखिएको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा–१, बगरबाट ग ८ प ९९३ नम्बरको स्कुटर चोरी आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले बागलुङ स्थायी घर भई पोखरा–१६, दीप बस्ने १७ वर्षीय किशोरलाई स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ । युवालाई पनि अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिन म्याद थपगरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता विकले जानकारी दिनुभयो ।