राष्ट्रपतिद्वारा भूकम्पपीडितलाई एक महिनाको तलब
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिनुहुने भएको छ ।
लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख दिने
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरूलाई लुम्बिनी विकास कोषले २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
उखु किसानले तिहार र छठमा पनि अनुदान रकम नपाउने
सरकारले पूरा रकम निकासा नगर्दा सर्लाहीका उखु किसानले अझै गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम पाउन सकेका छैनन् । प्रमुख दोस्रो ठुलो चाड तिहारमा समेत किसानले उखुको अनुदान रकम नपाउने पक्का भएको छ ।
चिकित्सक कुटपिटको विरोधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
जाजरकोट र रुकुम पश्चिममा गृह मन्त्रालयको नेतृत्वमा राहत वितरण
जाजरकोटका भूकम्पपीडितलाई गृह मन्त्रालयको नेतृत्वमा विभिन्न संघसंस्थामार्फत् राहत वितरण गरिएको छ । हालसम्म राहत कार्यमा गृह मन्त्रालयको नेतृत्वमा विभिन्न सङ्घसंस्थाबाट जाजरकोटका भूकम्पपीडितलाई वितरण गरिएको हो ।
नगरपालिकामा राहत सामग्री, पीडितको घरबाहिर बास
जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालय परिसरभित्र र बाहिर भुकम्प प्रभावितको सहयोगका लागि प्राप्त भएको राहत सामग्रीको थुप्रो छ । तर कार्यालयनजिकै भुकम्पबाट अति प्रभावित थाप्लेका भुकम्प प्रभावितले अहिलेसम्म पनि राहत सामग्री नपाएको गुनासो गरेका छन् ।
पश्चिम नेपालमा एक वर्षयता बारम्बार ठूला स्केलका भूकम्प
गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्प नेपालको २०७२ सालपछिको ठूलो भूकम्प हो ।
सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काइयो
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्र नपुगी फर्केका छन् ।
भूकम्पबाट मृतक सबै परिवारलाई किरिया खर्च र राहत प्रदान
गत शुक्रबार आएको भूकम्पका कारण मृत्यु भएका रुकुमपश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामग्री उपलब्ध गराएका छन् ।
त्रिपालको सहारामा भूकम्पपीडित
जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ ।
भूकम्प पीडितका लागि नेकपा एसबाट २५ लाख सहयोग
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागी नेकपा समाजवादी केन्द्रले २५ लाख रुपियाँ सहयोग गरेको छ ।
राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ ।
भारतीय थप राहत सामग्री नेपालगन्जमा
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारद्वारा प्रदान गरिएको राहत सामग्रीको दोस्रो खेप बोकेर सोमवार बेलुकी भारतीय वायुसेनाको विमान नेपालगन्ज पुगेको छ ।
आजको भूकम्पबाट १३ जना घाइते, तीन घर भत्किए
सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएकोे भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन् ।
क्रिकेट टिमलाई ५० लाख पुरस्कार
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि २० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर विश्वकप टि २० मा चयन हुन सफल नेपाल क्रिकेट टिमलाई ५० लाख रुपियाँले पुरस्कृत गर्ने भएको छ ।
चीनबाट १० करोडका सामग्री नेपाल ल्याइँदै
जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न जनवादी गणतन्त्र चीन सरकारले १० करोड रुपियाँ मूल्य बराबरका सामान नेपाल पठाएको छ ।
राज्य व्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने
भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र रुकुमपश्चिम जानेभएको छ ।
जाजरकोटमा पुनः ५.८ रेक्टरको भूकम्पको धक्का
जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो ।
नेकपा एसले भूकम्प प्रभावितलाई २५ लाख दिने
नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
मालपोतका तत्कालीन अधिकृतविरुद्ध दुई करोड नौ लाख बढीको भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार ६४७ रुपियाँ भ्रष्टाचार मुदा दायर भएको छ ।
भूकम्पमा बाँचेका भन्छन् : ‘भाग्यले बचायो, अस्पताल आइपुगेका छौँ अब केही नहोला कि’
‘‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाइ च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँसु बनाउँदै आफ्ना पीडा सुनाउनुभयो भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले ।
राहत कार्य एकद्वार बनाइने, प्रमुखको ६ महिनाको तलब भूकम्पपीडितलाई
विभिन्न सङ्घसंस्था एवम् स्थानीय सरकारले आफू अनुकलन राहत पठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रमा पठाइने राहत तथा सहयोग कार्यलाई एकद्वार बनाउने निर्णय गरेको छ ।
आगलागीले ३५ लाख बरावरको क्षति
गुल्मीको एक पसलमा आगलागी हुँदा ३५ लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपाला फेदीमा टोपबहादुर बस्नेतको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।
भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग
नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपियाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो ।