छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो ।
निर्माण थालेको १२ वर्षपछि सभा हल पुनर्निर्माण सुरु
एक दशकभन्दा अघि निर्माण सुरु भएको सभा हल अब सम्पन्न हुने आशा पलाएको छ। वि.सं. २०७० सालमा उपयोग तथा आयआर्जनसमेत हुने उद्देश्यले दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–३ मा निर्माण सुरु गरिएको सभा हल यसपालि बजेट विनियोजन भई ठेक्कामा गएपछि पुनः काम सुरु हुन लागेको हो। यससँगै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ।
दलित समुदायसँगको क्षमायाचनालाई संस्थागत सुधारसँग जोड्नुपर्छः इन्सेक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सरकारले दलित समुदायसँग गरेको क्षमायाचनालाई प्रतीकात्मक कार्यमा सीमित नराखी त्यसलाई नीतिगत, कानुनी तथा संस्थागत सुधारसँग जोड्नुपर्नेमा जोड दिएको छ ।
प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै
तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ रु यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ ।
चौबिस किलोमिटर सडक कालोपत्रे
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षको चैत अन्तिमसम्म प्रदेशभर २४.८७ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । सो अवधिमा १९.० दुई किलोमिटर सडक ढलान तथा १८.२१ किलोमिटर सडकमा ग्राभेल कार्य सम्पन्न गरिएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । साथै १२ वटा नयाँ सडक पुल निर्माण सम्पन्न भएका छन् ।
घोप्टेभिरको भित्ता काटिएसँगै यातायात सुचारु
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–कुरिनटार केबुलकार क्षेत्रमा पर्ने चितवनको घोप्टेभिरको भित्ता काट्ने काम सकिएसँगै यातायात सञ्चालन सुचारु भएको छ । नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका लागि छ दिन सडक बन्द गराएर भित्ता काट्ने काम गरिएको थियो । नागढुङ्गा–मलेखु सडक आयोजना अन्तर्गत पश्चिम खण्ड मुग्लिङ–मलेखु सडकका प्रमुख सजना अधिकारीले रातको समयमा आवागमन बन्द गराएर गरिएको भित्ता काट्ने काम सकिएको जानकारी दिनुभयो ।
दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि पाँचदिने तालिम
राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।
‘तीन तहको सरकारबिच सहकार्य आवश्यक’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समन्वय, सहकार्य र सहअस्तित्व नै गणतन्त्रको मूल मर्म भएको बताउनुभएको छ । बागमती प्रदेश सभाको १७ औँ अधिवशेन सुरु भएको पहिलो बैठकमा बोल्दै उहाँले समृद्धिका लागि तीन तहको सरकारबिच समन्वय सहकार्य आवश्यक भएको बताउनुभयो । मुख्यमन्त्री बानियाँलेले सङ्घीय सरकारसँग सहकार्य गरेर सङ्घीयतालाई बलियो बनाउन र जनताका आकाङ्क्ष पूरा गर्न तयार हुनुपर्ने भन्दै यसका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
आज जनआन्दोलन दिवस मनाइँदै
नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सोही नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ८४ पैसा र बिक्रीदर १४८ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
घट्यो कच्चा तेलको मूल्य
एक महिनादेखि निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्यमा गिरावट आएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविराम गर्ने सहमति जनाएपछि बुुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च गिरावट आएको हो । कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण निरन्तर तेलको मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो ।
‘आर्थिक गतिविधि पुनः चलायमान’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जटिल अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउनु आफूहरूको पहिलो प्राथमिकता रहेको र त्यसमा आफू नेतृत्वको महासङ्घको कार्यसमिति सफल रहेको बताउनुभएको छ ।
पश्चिमी न्यूनचाप सक्रिय, वर्षा–हिमपात सम्भावना
हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ ।
राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नुहुने
राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ ।
शासकीय स्वरूप र निर्वाचन प्रणाली संशोधन प्रस्ताव
सरकारले संविधान संशोधनका सन्दर्भमा राजनीतिक दलसँगको विमर्श आरम्भ गरेको छ । सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले संविधान कार्यान्वयनको समीक्षा र संशोधनका अन्तरवस्तुका बारेमा छलफल प्रारम्भ गरेको हो ।
सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा विश्वास
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा विश्वास राख्ने औँल्याउँदै अन्तर्राष्ट्रिय सहयोग र सद्भावको आशा सरकारले राखेको विश्वका कूटनीतिज्ञमाझ प्रस्ट पार्नुभएको छ । सो क्रममा उहाँले विश्वशान्तिको पक्षधर नेपाल रहेकाले सबैको साझा प्रयास शान्ति स्थापनामा हुनुपर्ने बताउनुभयो ।
उपसभामुख निर्वाचन भोलि
प्रतिनिधि सभाको उपसभामुख चयन चैत २७ गते शुक्रबार हुने भएको छ । उपसभामुख चयन प्रक्रियाको कार्यतालिका सङ्घीय संसद् सचिवालयले बुधबार नै प्रकाशन गरेको छ । प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रकाशित गर्नुभएको कार्यतालिका अनुसार उपसभामुख पदको मनोनयन चैत २६ गते हुने छ । एक मात्र मनोनयन दर्ता भएमा उपसभामुख चयन प्रक्रिया निर्विरोध हुने छ । एकभन्दा बढी उम्मेदवारी परेमा निर्वाचन प्रक्रियाबाट उपसभामुख चयनको प्रक्रिया पूरा हुने छ ।
सार्वजनिक यातायातको भाडा वृद्धि
सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । इरान–अमेरिकालगायत पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा भाडा समायोजनमा यातायात व्यवसायीको निरन्तर दबाबपछि सरकारले बुधबारबाटै लागु हुने गरी वृद्धि गरेको हो ।
ठेक्का तोडिएका आयोजना पुनः प्रक्रियामा
ठेक्का तोडिएका आयोजनाको पुनः ठेक्का व्यवस्थापन गर्न आवश्यक प्रक्रिया सुरु गरिएको छ । पुनः ठेक्का व्यवस्थापन गर्न ठेक्का तोडिएका आयोजनामा अहिलेसम्म भएको काम, भएको खर्चको मूल्याङ्कन तथा नयाँ ठेक्का लगाउन स्रोत सुनिश्चितताको आवश्यक प्रक्रिया सुरु गरिएको हो ।
'सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न सकिन्न'
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ ।
‘एसईई : मूल्याङ्कनको मानक बनाइनुपर्छ’
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनामा प्रकाशन गर्ने तयारी गरेको छ । गएको वर्षमा तीन महिनामा एसईई नतिजा प्रकाशन हुँदैआएको थियो ।
गोरखापत्रको डिजिटाइजेसन कार्य तीव्र
गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले राष्ट्रको धरोहर गोरखापत्र संस्थानले डिजिटल अर्काइभिङको कार्यलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको छ।