हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला सुरु
सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ यहाँ सुरुआत भएको छ ।
एमाले महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)
नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गरेको छ । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् एक सय आठ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो ।
नेपाल–अङ्ग्रेज युद्ध : स्मारकमा गोरखालीको वीरगाथा
वीर बलभद्र कुँवर नेपाल र नेपालीका लागि गौरवका पात्र हुन् । नेपालको इतिहासमा उनको नाम स्वर्णाक्षरले लेखिएको छ । नेपालको इतिहासमा मात्र होइन, वैश्विक युद्धको इतिहासमा बलभद्र कुँवर अविस्मरणीय व्यक्तित्व बनेका छन् ।
नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु भएको छ ।
‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ ।
चेपाङ विद्यार्थीले बनाएको भूउपग्रहको सफल परीक्षण
पूर्वी चितवनको खैरहनी नगरपालिकाका दुई विद्यालयमा अध्ययनरत सीमान्तकृत चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण सफल भएको छ । खैरहनी नगरपालिका–१ मा रहेको नवोद
‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ सम्पन्न
यसवर्षको ‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ शुक्रबार चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ ।
केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने
नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
एमालेको ११ औं महाधिवेशन : अध्यक्ष ओलीले दिउँसो १२ बजे उद्घाटन गर्नुहुने
नेकपा एमालेको ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज देशभरको मौसम मुख्यतया सफा रहने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ ।
भियतनामी लगानीकर्ता जलविद्युतमा इच्छुक
नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्धन र अन्तर्राष्ट्रिय सहकार्य विभागबिच आज द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ ।
अध्यक्षमा अक्षय
व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा अक्षय गोल्यान चयन हुनुभएको छ । शुक्रबार सम्पन्न गुरपको वार्षिकोत्सवमा अध्यक्षमा गोल्यान चयन हुनुभएको जनाइएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष वासुदेव गोल्यानले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको जानकारी दिनुभयो ।
ज्यालामा विभेद भोग्नु परेको गुनासो
अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकले ज्यालामा विभेद भोग्नु परेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्रका महिला श्रमिकको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी श्रमिक महिलाले यस्तो गुनासो गरेका हुन् ।
आजदेखि एमाले महाधिवेशन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ । जेनजी (नवयुवा) को आन्दोलनपछि हुन लागेको एमालेको ११ औँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार पत्रकार सम्मेलन गरी एमालेले महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।
नयाँ च्याम्पियन पाउँदै एनपिएल
एक वर्षअघि नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर पहिलो च्याम्पियन बन्नबाट वञ्चित भएको पीडा सुदूरपश्चिम रोयल्सले अहिलेसम्म भुल्न सकेको छैन । सुदूरपश्चिम रोयल्ससमक्ष शनिबार लुम्बिनी लायन्सलाई हराएर दोस्रो संस्करणको विजेता बनी सो पीडा भुलाउने अवसर छ ।
कोरिया भिसा आवेदन केन्द्र स्थापना
काठमाडौँमा कोरिया भिसा आवेदन केन्द्र स्थापना भएको छ । भिसा केन्द्र स्थापनाले विभिन्न प्रयोजनका लागि गणतन्त्र कोरिया प्रस्थान गर्ने नेपालीका लागि भिसा आवेदन प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।
अङ्कभार घटाएपछि बढ्यो उत्तीर्ण सङ्ख्या
जिल्ला न्यायाधीशका लागि लिखित परीक्षामा २७ जना उत्तीर्ण भएका छन् । २१ कोटाका लागि भएको परीक्षामा सहभागी १७२ मध्ये २७ जना लिखित परीक्षामा उत्तीर्ण भएका हुन् । पछिल्ला तीन वर्ष निकै निराशाजनक नतिजा रहेकामा यो पटक खुला र आन्तरिक खुलामा मागभन्दा बढीले लिखित परीक्षा उत्तीर्ण गरेका हुन् । लिखितमा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता पुस ११ गतेदेखि गर्ने कार्यतालिका न्याय सेवा आयोगले सार्वजनिक गरेको छ ।
सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विकसित विविध घटनाक्रम र त्यसले मुलुकको समग्र सुरक्षामा पर्न सक्ने सम्भावित असर न्यूनीकरणका लागि नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाकाको सुरक्षा थप कडा बनाइएको छ ।
जो बोकिरहेछन् भ्रष्टाचारका खेप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय भ्रष्टाचार तथा आर्थिक अनियमिततासँग जोडिएका उच्च ओहोदाका व्यक्तिविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिइरहेको छ तर आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएकामध्ये केही व्यक्ति यस्ता छन्, जो निरन्तर मुद्दामाथि मुद्दा बोकिरहेका छन्, त्यो पनि अर्बौं रुपियाँको बिगोसहित ।