२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
नेपाल प्रहरी विभिन्न २२ वटा मुद्दा दर्ता भई थुनाबाट फरार भएका एक युवकलाई नगद १० लाख २३ हजार ५०० सहित पक्राउ गरेको छ ।
गोरखापत्रकर्मी पराजुलीको उपन्यास बखानमाथि बहस
साहित्यकार एवम् गोरखापत्रकर्मी वसन्त पराजुलीको कृति उपन्यास बखानमाथि हेटौँडामा शुक्रबार परिचर्चा भएको छ ।
उदघाटनसत्रमा उपस्थितिका लागि सार्वजनिक अपिल
नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपिल गरेको हो ।
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ
विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्।
सिपको प्रयोग गरी आर्थिकरुपमा सशक्त बन्न सुझाव
गोकर्णेश्वर नगरपालिका र गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सहकार्यमा आयोजित १८ दिने विविध प्रकारका झोला बनाउने तालिम सम्पन्न भएको छ ।
सल्लाघारीमा तीन लाख बढी मास उतार्ने तयारी
नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अोलीले गर्नु हुने छ ।
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
पालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गर्नुभएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत
अनौपचारिक क्षेत्रका श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा सरकारसमक्ष सात बुँदे मागपत्र प्रस्तुत गरिएको छ । पाँच प्रदेशका १३ जिल्लामा रहेका अनौपचारिक क्षेत्रका कामकाजी महिलाले पत्रकार सम्मेलनमार्फत आफ्ना माग सार्वजनिक गरेका हुन् ।
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताउनुभएको छ ।
आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेनजी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने
सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ ।
'जेनजी सुशासन योद्धा' का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने
गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न जनसमुदायलाई आह्वान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न सरोकारवाला जनसमुदायलाई आह्वान गरेको छ ।
‘त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू....’
हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गर्नुभएको अवस्थामा भेटिनुभयो, कल्पना भुजेल । कठ्याङ्ग्रिँदो जाडोेमा पनि खलखल पसिना बगिरहेको छ, तर उहाँलाई यसको कुनै प्रवाह छैन ।
एमालेको ११ औं महाधिवेशन भोलि उद्घाटन हुने
शनिबार उद्घाटन हुने नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र सल्लाघारीमा हुनेभएको हो ।
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौँ : नेता राई
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेनजी आन्दोलनपछि पार्टी र जनताबिच फर्किसकेको बताउनुभएको छ।
स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणः नीति र कार्यान्वयनको प्रभाव
जलवायु उत्थानशील योजना निर्माणमा स्थानीय सरकारहरुले चासो दिन थालेपछि विपद् व्यवस्थापन सहज र प्रभावकारी भएको छ ।
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ ।
अण्डाको लागत मूल्य बढ्यो
अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो ।
अनुदानमा निर्मित जिरी माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन
दोलखाको जिरी नगरपालिकामा चिनियाँ सरकारको अनुदान सहायतामा निर्माण गरिएको जिरी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।
बाह्रबिसेका विपद् प्रभावितका ६० घर पुनर्निर्माण
बाढी पहिरो लगायतका विपद्जन्य घटनाबाट घरबास गुमाएका बाह्रबिसेका विपद्पीडितका नयाँ घर पुनर्निमार्ण भएको छ ।
नागढुङ्गा–मलेखु सडक विस्तार तीव्र
नागढुङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ । कालोपत्रेसहितको स्तरोन्नति गर्न नागढुङ्गा–मुग्लिङ सडक आयोजनाले बुधबारदेखि पुस १ सम्म दैनिक पाँच घण्टा यातायात बन्द गरेर कामलाई गति दिएको हो ।