सञ्चारमन्त्री खरेलको पहल : यसरी सम्भव भयो पत्रकार सुरेश रजकलाई सहिद घोषणा
विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका लागि बिहानैदेखि घरमा चहलपहल थियो । भोजमा सबै परिवार र आफन्तलाई निमन्त्रणा गरिएको थियो ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
। निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।
आस्थाका आधारमा नियुक्ति हुन हुँदैन : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल चलचित्र विकास बोर्ड स्वायत्त निकायका रूपमा विकसित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सरकार परिवर्तनसँगै बोर्डका पदाधिकारीले राजीनामा दिनुपर्ने र राजनीतिक आस्थाका आधारमा नयाँ पदाधिकारी नियुक्त हुने परम्पराले सम्पूर्ण चलचित्र क्षेत्रको विकास र प्रवर्धनमा असर पर्दै आएको जिकिर गर्नुभयो ।
नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने
दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ ।
नेपाल र भियतनामबिच आर्थिक सहकार्यबारे छलफल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबिच थप आर्थिक सहकार्य विस्तार गर्न आग्रह गर्नुभएको छ ।
गोठमै पुग्छन् पशु प्राविधिक
म्याग्दीको धवलागिरि गाउँपालिका–७ का ५७ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी घोडा चढेर गोठ गोठमा पुगी किसानलाई सेवा दिनुहुन्छ । करिब तीन दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले घरमै औषधीसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा किनेको उल्लेख गर्नुभयो । उहाँ किसानको घरमा समयमै पुग्न र ज्यानकै जोखिममा परेका पशुको उपचारमा सहज होस् भनेर घोडा किनेको बताउनुहुन्छ । उहाँसँगै सो वडामा रहनुभएका पशु प्राविधिकले पशुधनको सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ ।
दोस्रो चरणको पाइप लाइन विस्तार सुरु
दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण अगाडि बढेको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण प्रक्रिया अगाडि बढेको हो ।
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
युएईको श्रमिक भिसा सहज
नेपालीको प्रमुख श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) ले श्रमिक भिसा प्रक्रिया खुकुलो बनाएको छ । नेपालमा पछिल्लो समयमा देशमा शान्तिसुरक्षा ठिक भइसकेको र देश निर्वाचनमय भएको सन्देश प्रवाह भएपछि युएई सरकारले नेपालीका लागि श्रमिक भिसामा खुकुलो गर्न थालेको हो ।
सरकार–जेनजी सम्झौता अनुमोदन
प्रधानमन्त्री र जेनजी आन्दोलनका प्रतिनिधिबिच बुधबार भएको सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको जेनजी सम्झौताको निर्णय राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
जाँचबुझ आयोगको काम अन्तिम चरणमा
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जनधनको अकल्पनीय क्षति भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा पुगेको छ ।
आज दललाई निर्वाचन चिह्न
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली आज (शुक्रबार) प्रकाशन गर्दै छ । आयोगले शुक्रबार नै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ ।
अध्यागमनका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध मुद्दा
त्रिभुवन विमानास्थल अध्यागमन कार्यालयका प्रमुख तथा अन्य कर्मचारीको मिलेमतोमा भिजिट तथा पर्यटन भिसामा विदेश जानेबाट घुसबापत मोटो रकम लिने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।
संशोधनका विवादित व्यवस्था दुई वर्षपछि खारेज
उच्च अदालतका न्यायाधीशको मर्यादाक्रमसमेत हेरफेर हुने गरी न्याय परिषद्ले गरेको नियमावली संशोधनका विवादित विषय दुई वर्ष तीन महिनापछि परिषद्ले नै खारेज गरेको छ । संशोधनविरुद्ध अदालतमा मुद्दासमेत विचाराधन छ ।
करार कर्मचारीलाई पनि महँगी भत्ता
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले करार सेवामा कार्यरत सबै कर्मचारीलाई महँगी भत्ता दिन आग्रह गरेको छ । सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै करार सेवामा काम गर्ने कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन आग्रह गरिएको हो ।
एमाले महाधिवेशन तयारी पूरा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमालेको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले मङ्सिरको २७ देखि २९ गतेसम्म हुने ११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने भएको छ ।
हिमाली जीवनमा बढ्दै कहर
सर्वोच्च शिखरसहित हिम पर्वतमाला नेपालमा हुनु गौरवको विषय हो । पछिल्लो समय जलवायु परिवर्तनको असरसँगै बढ्दो तापक्रमले हिमाली जनजीवन कहरमय बन्न थालेको छ । बढ्दो तापव्रmमसँगै हिमाली गाउँ खाली हुने अवस्थामा पुगेको दुःखेसो स्थानीयवासीको छ ।
सविन प्रियासनको कविता संग्रह सार्वजनिक
साहित्यकार तथा पत्रकार सविन प्रियासनको ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ नामक कविता संग्रह सार्वजनिक भएको छ । पूर्ब प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभयो ।
दोलखा चेस होम्सलाई राष्ट्रिय टिम उपाधि
आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ । ललितपुरमा बिहबिार भएको फाइनलमा दोलखा चेस होम्सले दोलखाकै जिल्ला सङ्घलाई हरायो ।
अध्यागमनका पूर्व प्रमुखसहित ७ जनामाथि घुसकाण्ड र ‘मनी लाउन्डरिङ’ मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसहित ७ जनामाथि घुस लिई–दिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
‘देश बनाउने जिम्मेवारी दुई दलकै काँधमा छ’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा काम गर्ने दुई ठुला पार्टी एमाले र काँग्रेस भएकाले पुनः सोही दलको काँधमा जिम्मेवारी आउने बताउनुभएको छ ।
तीनकुनेमा एमाले महाधिवेशनको तयारी (फोटो फिचर)
नेकपा (एमाले) को ११ औँ महाधिवेशन उद्घाटनस्थल निर्माणको कार्य धमाधम भइरहेको छ।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण
लागु औषध प्रयोग कर्ता महिला, एचआइभी सङ्क्रमित, एकल आमा र विविध हिंसाबाट प्रभावित समुदायलाई हिंसा, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको पहुँचसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
त्रिभुवन राजपथलाई पर्यटकीय मार्ग बनाउन प्रस्ताव
हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ ।