जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ ।
बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल
अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गर्नुभएको छ ।
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ ।
चाँदीको मूल्य एक वर्षमै दोब्बर
स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्यसमेत निरन्तर उकालो लाग्दै गएको छ । अन्तराँष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार २०८१ मङ्सिर अन्तिम साता तोलामा एक हजार ९२५ रुपियाँ रहेको चाँदीको मूल्य बढेर अहिले तीन हजार ९०५ पुगेको छ ।
निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो
प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।
प्रतिफलको पुस्ट्याइँसहित बजेट बनाउनुपर्ने
अबदेखि स्थानीय तहले गाउँपालिका र नगरपालिकाको प्राथमिकता र लक्ष्यको प्रतिफल प्राप्त हुने गरी पुस्ट्याइँ गरेर मात्र नीति, कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने भएको छ । आवश्यक नीति, कानुन, खर्च मापदण्ड तथा सामाजिक कार्यक्रमका लागि गाउँ र नगर कार्यपालिकाको प्राथमिकता लक्ष्य तथा प्रतिफल प्राप्त हुने विवरणसहितको पुस्ट्याइँ पेस भएपछि मात्र नीति, कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने छ । उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिमा उक्त कानुनी र व्यावहारिक आधारसहितको पुस्ट्याइँ गरेपछि मात्र बजेट निर्माण गर्नुपर्ने छ
कर्मचारीतन्त्र नसुध्रिई देश बन्दैन : मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशको समृद्धिका लागि भौतिक पूर्वाधारसँगै सोचमा परिवर्तन जरुरी भएकोमा जोड दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको समेत कार्यभार समाल्नुभएका मन्त्री घिसिङले युगको आवश्यकता र जनताका अपेक्षा पूरा गर्ने गरी राजनीतिक नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो ।
समानुपातिकतर्फ त्रिचालिस दलले भाग नलिने
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दल दर्ता गराएका १४ वटा दलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने भएका छन् । आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १४३ छ । प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ ४३ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा भाग नलिने भएका हुन् ।
सहकारी व्यवस्थापन समिति आफैँ ‘समस्याग्रस्त’
बैसट्ठी हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपियाँ बचत राफसाफ गर्न सरकारले स्थापना गरेको संस्था नै भद्रगोल छ । बचतकर्ताको रकम अपचलन र आर्थिक अनियमितता गरेका २७ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आफैँ ‘समस्याग्रस्त’ भएको हो ।
विश्वम्भरको जर्बुटा कला अद्वितीय
कलाकार विश्वम्भर लामिछाने हरेक रुख, बोटबिरुवाको जरा र हाँगालाई विशेष रूपमा नियाल्नुहुन्छ । त्यसलाई सुमसुम्याउनुहुन्छ । सफा गर्नुहुन्छ । त्यसमा विभिन्न भाव सन्देशसहितको विम्ब खोज्नुहुन्छ वा परिकल्पना गर्नुहुन्छ । परिकल्पनालाई साकार पार्न सामान्य काँटछाँट, ताछतुछ गरेर रङरोगन भरेर एउटा विस्तृत कथासहितको अद्वितीय कला सिर्जना गर्नुहुन्छ । कथासहितको कला तयार भएपछि आत्मसन्तुष्टिसहित मुस्कुराउनुहुन्छ । प्रेमसहित आफ्नो सङ्ग्रहालयमा एउटा अतुलनीय र अद्वितीय कला थप्नुहुन्छ ।
नेकपा स्थापनादेखि एमालेको ११ औँ महाधिवेशनसम्म
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबिच ११ औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ ।
कवि दुर्गादेवीको तेस्रो कृति सार्वजनिक
सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँका कवि दुर्गादेवी ढकालको तेस्रो कृति भजन तथा कविता सङ्ग्रह बुढ्यौलीको कलम शनिबार सार्वजनिक गरिएको छ ।
संवैधानिक निकासको मार्ग नै निर्वाचन : कार्यवाहक सभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने एकमात्र आधार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन रहेको बताउनु भएको छ ।
एमाले समृद्धिको स्वप्नद्रष्टा हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक एमालेले अर्को एमालेसँग मन मिलाउनु, हात मिलाउनुमै पार्टी र देशको हित भएको बताउनुभएको छ ।
टुँडिखेलमा नाँचियो साकेला (फोटो फिचर)
प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्।
युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नु पर्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ ।
एमाले महाधिवेशनमा झाँकी प्रदर्शन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ ।
एमाले महाधिवेशन स्थलमा कार्यकर्ताको भीड
सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।
एसिया कपः नेपालले श्रीलङ्कालाई दियो ८३ रनको लक्ष्य
नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ । दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।
सल्लाघारीमा उद्घाटन सत्र सुरु (प्रत्यक्ष प्रसारण)
नेकपा (एमाले)मा को ११ औं महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा सुरु भएको छ । २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र भक्तपुरमा हुने भए पनि बन्दसत्र आइतबारदेखि प्रदर्शनीमागस्थित भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
एमाले महाधिवेशनको उदघाटनसत्र सुरु हुँदै (फोटो फिचर)
नेकपा (एमाले) को ११ औं महाधिवेशन भक्तपुरको सल्लाघारीमा सुरु हुँदै छ । २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र भक्तपुरमा हुने भए पनि बन्दसत्र आइतबारदेखि प्रदर्शनीमागस्थित भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
कालिनाग माध्यमिक विद्यालयमा बस सेवा सुरु
दोलखाको कालिन्चोक गाउँपालिका-८ स्थित कालिनाग माध्यमिक विद्यालय (नमुना)ले विद्यार्थीका लागि विद्यालय बस सेवा सञ्चालन गरेसँगै आवतजावत सहज भएको छ।
एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड
सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।