काठमाडौँ महानगरले ३१ औँ दिवस मनाउँदै
काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१ औँ दिवस मनाउने भएको छ । सोमबार बिहान महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो । काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सोमबार बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागेको जानकारी दिनुभयो । महानगरले स्रष्टा सम्मान भन्दै १० जना व्यक्तिलाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिसमेत गरिने उहाँले बताउनुभयो । अरू औपचारिक मन्तव्यसहित साङ्गीतिक प्रस्तुति रहने छ । महानगरले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।
पुराना नेताको चुनाव नलड्ने स्वघोषणा
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थाल्नुभएको छ ।
गुरुङको संयोजकत्वमा माइन्युट कमिटी गठन
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ।
३१ औँ महानगर दिवस : २३५ परम्परागत बाजा गुरुलाई सम्मान
काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ।
नागरिक अधिकारसम्पन्न हुँदा शासक कमजोर हुँदैन : मन्त्री खनाल
अर्थ एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले आफ्नो नागरिकलाई अधिकारसम्पन्न बनाउँदा शासक कमजोर नहुने बताउनुभएको छ ।
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
‘पुरुष नेताको भाषणले मिडियामा बढी प्राथमिकता पाउँछ’
मिडिया एडभोकेसी ग्रुप (म्याग)ले महिला राजनीतिक नेता र पत्रकारसँगको परामर्शको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ ।
एनभीए लिग भलिबलको तयारी
नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि २० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
‘समावेशी विकासमा सरकारले काम गरिरहेको छ’
प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।
एनपिएल : जहाँ शेर त्यही उपाधि
शेर दोस्रो एनपिएलले पाएको महत्वपूर्ण खेलाडी हुनुहुन्छ । लुम्बिनीको उपाधि यात्रामा उहाँको बलिङ सानदार रह्यो । उहाँले खेलभर १७ विकेट लिएर सर्वाधिक विकेट किपरको सुचीमा विराटनगरका कप्तान सन्दीप लामिछाने सरह उभिनुभयो ।
‘मदिरा नियन्त्रणमा दीर्घकालीन रणनीति आवश्यक’
नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा दीर्घकालीन रणनीति आवश्यक रहेकामा सरोकार भएका तथा विज्ञहरूले जोड दिएका छन् ।
एमाले केन्द्रीय कमिटी तीन सय एक सदस्यीय हुने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने निर्णय गरेको छ ।
जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
राजधानीमै छैन पर्यटकको बसपार्क
मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् ।
डेङ्गुको सङ्क्रमण घट्दो क्रममा
जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ ।
दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
नेपाल राष्ट्र बैँकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैँकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।
सुनको मूल्य निरन्तर उकालोतिर
गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार दुई सय रुपियाँले बढेको छ ।
उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
विपत् प्रभावितका घर पुनर्निर्माण
बाढीपहिरोलगायतका विपत्जन्य घटनाबाट घरबास गुमाएका बाह्रबिसेका विपत्पीडितका नयाँ घर पुनर्निर्माण भएको छ । विपत्जन्य घटनाले घरबास गुमाएकाम
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सङ्गीतमय उद्घाटन समारोह
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन पूर्ण रूपमा संस्कृतिमय बनेको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनीको खुला चौरमा आयोजना गरिएको उद्घाटन समारोह पूर्ण रूपमा सांस्कृतिकमय बनेको देखियो ।
विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै
निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आइतबार विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ ।
‘जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’
। उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता औँल्याउनुभएको छ ।