एमाले ११ औँ महाधिवेशन : निर्वाचितले लिनुभयो शपथ
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
हेटौँडाको प्रगतिचोकमा सवारी दुर्घटनामा सात जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ९ स्थित प्रगतिचोक सडक खण्डमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।
एमाले अनुशासन आयोग अध्यक्षमा डा. पहाडी
नेकपा (एमाले) को ११ औं महाधिवेशन केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गर्दै पुुस ३ गते सम्पन्न भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा.सुवेदी नियुक्त
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त हुनुभएको छ ।
रास्वपाद्वारा समन्वय कार्यदल गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ ।
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भक्तपुरमा ‘घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु
भक्तपुरमा आजदेखि तीन दिने ‘घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२’ सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा स्थानीय नःपुखुः परिसरमा आयोजित मेलामा ४७ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेला आगामी शनिबारसम्म सञ्चालन हुने छ ।
प्रदीप ज्ञवालीलाई सदस्यमा सर्वाधिक मत
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा उपाध्यक्ष पदलाई तिलाञ्जली दिएर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिनुभएका नेता प्रदीपकुमार ज्ञवाली खुला सदस्यतर्फ सर्वाधिक बढी मत ल्याएर निर्वाचित हुनुभएको छ ।
गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता
सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ ।
शङ्कर पोखरेलको यात्रा : महासचिवमा दोस्रो जित
राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेतामध्ये एक हुनु हुन्छ शङ्कर पोखरेल । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित पोखरेल एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको कुशल व्याख्याता समेत हुनुहुन्छ ।
एमाले महाधिवेशनः उपमहासचिवमा सर्वाधिक मत भट्टलाई
नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम अनुसार उपमहासचिवमा सर्वाधिक मत लेखराज भट्टले प्राप्त गर्नु भएको छ । उहाँले १४५२ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ६५.१९ प्रतिशत मत हो ।
एमाले महाधिवेशन : सर्वाधिक मत ल्याउने तीन पदाधिकारी
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनु भएको छ । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १७३७ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो ।
उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वी सुब्बा गुरुङ निर्वाचित
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित हुनु भएको छ । निर्वाचितमा पृथ्वी सुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो ।
स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ ।
मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नु पर्छ : उपराष्ट्रपति यादव
काठमाडौँ, पुस ३ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । गोरखापत्र संस्थानको आयोजनामा भएको ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नु हुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनु भएको हो । ‘‘मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ’’, कार्यक्रम उद्घाटन समारोहमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति यादवले भन्नुभयो ।उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको हो । उहाँले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनु पर्नेमा समेत जोड दिनु भएको छ । उपराष्ट्रपति यादवले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको बताउनु भयो । नेपालको गौरवमय इतिहास बोकेको गोरखापत्रको शताब्दी रजत र दी राइजिङ नेपाल ६१ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिनु हुँदै यस्तो बताउनु भएको हो । गोरखापत्र ऐकेडेमी सञ्चालनमा ल्याएको बहसले मुलुकको समग्र अर्थतन्त्रलाई सरकारको प्रयास र निजी क्षेत्रको अपेक्षामा समन्वय गर्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नु भएको छ । जेनजी आन्दोलनपछि अर्थतन्त्रमा महत्त्वपूर्ण निचोडका लागि सहकार्यको आवश्यकता देखिएको समयमा यो कार्यक्रम महत्त्वपूर्ण बन्ने विश्वास उहाँको छ । यो कार्यक्रम जेनजी माग अनुसार भएको उहाँले बताउनु भयो । ‘पारदर्शीता, सुशासन भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्र रोजगारीको मागसहित उठेको जेनजी आन्दोलनपछि गोरखापत्रले अगाडि बढाएको यो कदम महत्त्वपूर्ण छ’,उहाँले भन्नु भयो । उहाँले गोरखापत्र इतिहासको जीवन्त दस्तावेज भएको उहाँले बताउनु भयो । उहाँले गोरखापत्रको योगदान राष्ट्रिय एकतामा समेत विशेष भएको उल्लेख गर्नु भयो । ‘इतिहास र परिवर्तनको जीवन्त दस्तावेज हो । राणाकालदेखि गणतन्त्रसम्म गोरखापत्रले आम नागरिकको आवाज निरन्तर उठाएको छ । यसले राष्ट्रिय एकतामा उल्लेखनीय योगदान गरेको छ ।’ उहाँले पत्रकारिताले नीति निर्माण तहसम्म जनताको आवाज पुर्याउनु पर्नेमा समेत जोड दिनुभयो । ‘निजी क्षेत्र आर्थिक क्षेत्रको इन्जिन हो । यसलाई पत्रकारिताले सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पुर्याउने काम गर्नु पर्छ ।’
अध्यक्षमा तेस्रो पटक ओली निर्वाचित, ७५ प्रतिशत मत
नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउने क्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेसिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १६६३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ५६४ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
एमाले महाधिवेशनः मतगणना सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।
निःशुल्क मुटु परीक्षण शिविरः दुई हजार चार सय बालबालिकाको परीक्षण
सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजित निःशुल्क मुटु स्वास्थ्य शिविर तथा बालबालिकाहरुको मुटु परीक्षणमा दुई हजार ४५६ जनाको मुटु परीक्षण गरिएको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
एमाले महाधिवेशनः २२२७ मत खस्यो
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ ।
पूर्वाधारका आयोजना कुर्दै आन्तरिक लगानी
लगानीको स्पष्ट खाका तयार नहुँदा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको एक खर्ब २८ अर्ब रुपियाँभन्दा बढी रकमले अपेक्षित प्रतिफल दिन सकेको छैन । खास गरी पूर्वाधार निर्माणका दीर्घकालीन परियोजनामा लगानीको रकमका लागि बाह्य पुँजीको खोजी गरिने अवस्थामा आन्तरिक स्रोतको अभाव पूर्ति हुने यस्तो रकम त्यसै थन्किएको छ ।
चिसोबाट जोगाउन उपल्लो मुस्ताङको नामासुङ गाउँमा स्वास्थ्य शिविर
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,मा अवस्थित नामासुङ गाउँकी ८३ वर्षीया घरचुङ गुरूङले हातखुट्टा सुनिने र कम्मर दुख्ने समस्याको गाउँमै उपचार गर्नुभयो ।
निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४४ रुपियाँ ९२ पैसा कायम भएको छ ।