बढ्यो घर फिर्ती उद्धार
पश्चिम एसियाका विभिन्न मुलुकबाट फर्कन चाहने नेपाली नागरिक सरकारको समन्वयमा उद्धार भएर स्वदेश फर्कने क्रम बढेको छ । परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा युद्धप्रभावित पश्चिम एसियाका विभिन्न मुलुकमा अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण प्रभावित बनेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन थालिएको हो । उहाँको विशेष आग्रहमा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्ससहितका उडानमार्फत नेपाली नागरिक स्वदेश फर्कने क्रम बढेको हो ।
आर्थिक स्थायित्वसहितको अठारबुँदे सुधार योजना
सरकारले आर्थिक क्षेत्रको स्थायित्व र सुधारसहित १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मसौदा सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मङ्गलबार शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अनुसार प्रतिनिधि सभामा रहेका छ वटै दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्र अनुसार राष्ट्रिय प्रतिबद्धताको मसौदा बनाएको हो । प्रधानमन्त्री कार्यालयले प्रतिनिधि सभा सदस्यका लागि २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनबाट संसद्मा आएका दलका घोषणापत्रका आधारमा तयार गरिएको राष्ट्रिय प्रतिबद्ध
कर्मचारी पुगे : पुगेनन् सेवाग्राही
सरकारले सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि नै खोल्ने निर्णय गरेसँगै अधिकांश कार्यालयमा बिहान ९ बजे नै छिटफुटबाहेक सेवाग्राही पुग्ने गरेका छैनन् । सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत कार्यालय, नापी, यातायात, जिल्ला प्रशासन र स्थानीय तहमा थोरै सङ्ख्यामा मात्र सेवाग्राही पुगे पनि अधिकांश सेवाग्राही विगतकै समयमा आउने गरेको पाइएको छ । अधिकांश कर्मचारी बिहान ९ बजे नै कार्यालयमा प्रवेश गर्न थालेका छन् । केही कर्मचारी भने केही समय ढिलो गरी कार्यालयमा पुग्ने गरेका छन् । बिहान ९ देखि ९ः३० बजेसम्ममा कार्यालयमा कर्मचारी मात्र भेटिएको तर सेवाग्राही एकाध मात्र सेवा लिन कार्यालय पुग्ने गरेको पाइएको छ ।
प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्नुहुने
प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्नुहुने भएको छ ।
मर्न लागेको भनेर श्रीमानलाई फोन गरेपछि.....
श्रीमानले हस्याङ्फस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए ।
अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन
स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ ।
आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै
सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै देशभर जनचेतनामूलक कार्यक्रम आयोजना गरेर मनाउने भएको छ ।
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने भएको छ ।
विशेषज्ञ सेवा विस्तार गर्ने बुढानीलकण्ठ नगर अस्पतालको योजना
बुढानीलकण्ठ नगर अस्पतालले आफ्नो स्थापनाको दुई वर्षभित्र कुल ६१ हजार ८२३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उक्त तथ्याङ्क सार्वजनिक गर्दै आगामी वर्षदेखि विशेषज्ञ सेवाहरू थप विस्तार गर्ने लक्ष्यसहितको भावी योजना प्रस्तुत गरेको छ ।
आजदेखि रात्रिकालीन बससेवा सञ्चालन
काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन सुरु गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ हुने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ आजदेखि सुरु गरेको छ ।
अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध
जिल्ला प्रहरी परिसर काठमाडौँले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ ।
अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनबमोजिम काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ ।
‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’
ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिनुभएको छ ।
नयाँ वर्षले नयाँ उत्साहका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् : प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विगतका अनुभवबाट शिक्षा लिँदै नयाँ उत्साह र उमंगका साथ अघि बढ्न नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सार्क पत्रकार मञ्चका अध्यक्ष लामा राष्ट्र संघको बैठकमा सहभागी
सार्वजनिक प्रशासनसम्बन्धी संयुक्त राष्ट्र संघको विज्ञ समिति (सिपा) को २५ औं सत्रमा भाग लिन सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा अमेरिका पुग्नुभएको छ । संयुक्त राष्ट्र संघको मुख्यालयमा सुरु भएको बैठकमा उहाँले भाग लिन अमेरिका पुग्नुभएको हो ।
नव वर्ष खुला दौडमा गोले पहिलो
नयाँ वर्ष २०८३ सालको अवसरमा हेटौँडा उपमहानगरपालिका ६ स्थित चौघडामा आयोजित खुला दौड प्रतियोगितामा मकवानपुरको बकैया गाउँपालिका ५ का राजकुमार गोले प्रथम हुनुभएको छ ।
सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक
नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ ।
पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
टोखामा सपनतीर्थ मेला सुरु, बिहानैदेखि भक्तजनको घुइँचो
धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेला सुरु भएको छ ।
भारत, पाकिस्तान र श्रीलङ्का विजयी
भारत, पाकिस्तान र श्रीलङ्काले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोटमा मङ्गलबार जित हात पारेका छन् ।
युपिभिसी उद्योग सञ्चालनको तयारी
कोरियन कम्पनी एसवाई प्यालनले चितवनको रत्ननगरमा युपिभिसी उद्योग सञ्चालनको तयारी गरेको छ ।
यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल
नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष प्रदर्शन भएका चलचित्रले घरेलुबजारमा दर्शकको राम्रो साथ पाए ।
क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने चेतावनी दिनुभएको छ ।