एमाले अध्यक्षमा ओलीको ‘ह्याट्रिक’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनले अध्यक्ष पदमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । ओली एक हजार ६६३ मतसहित निर्वाचित हुनुभयो । उहाँका एक मात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५६४ मत प्राप्त गर्नुभयो । महाधिवेशनमा दुई वटा समूहबाट प्रतिस्पर्धा हुँदा कुल १९ सदस्यीय पदाधिकारीमा ओलीको समूहका १७ जना र पोखरेलको समूहबाट दुई जना विजयी हुनुभएको हो । कुल विजयीमध्ये अधिकांश केन्द्रीय सदस्य ओली समूहबाट छन् ।
हेलो सरकारमा प्रहरी र विद्युत्का गुनासा बढी
हेलो सरकारमा प्रहरी कार्यालय, विद्युत् प्राधिकरण, सूचना प्रविधि विभागलगायत जनताले प्रत्यक्ष सेवा लिने १० निकायमा सबैभन्दा बढी गुनासो आउने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमातहत रहेको हेलो सरकारमा जनताले हेलो सरकार पोर्टल, हेलो सरकार नम्बरलगायत ११ माध्यमबाट गुनासो टिपाउने गरेका हुन् ।
चिकित्सकको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा
नेपाल चिकित्सक सङ्घको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । आगामी माघमा हुने निर्वाचनका लागि बुधबार विभिन्न तीन समूहले उम्मेदवारी दर्ता गराएका छन् ।
अब बालाजु कार्यालयबाट पनि लाइसेन्स
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा यातायात व्यवस्था कार्यालय, बालाजुबाट पनि हुने भएको छ । नवीकरण र कर सङ्कलन गर्दै आएको कार्यालयले परीक्षा सञ्चालन तयारी थालेको छ ।
नीतिगत सहजीकरणमा फलदायी
‘गोरखापत्र डिस्कोर्स अन रिकोभरी एन्ड रेजिलेन्स’ कार्यक्रमले आर्थिक विकासको मार्ग देखाएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकारवालाबिच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरहरूको पहिचान गर्ने उद्देश्य कार्यक्रमको रहेको थियो । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार सम्पन्न कार्यक्रममा उद्योगी व्यवसायीहरूको अपेक्षा, नीतिगत अन्योल र सरकारले चाल्नुपर्ने कदमका विषयमा बहस भएको थियो ।
गोरखापत्रकर्मीलाई सामाजिक सुरक्षा कोषको परिचयपत्र
गोरखापत्र संस्थानले करार तथा अस्थायी सेवामा कार्यरत सञ्चारकर्मी र कर्मचारीलाई औपचारिक रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सुरु गरेको छ ।
जाँचबुझ आयोगको म्याद थप
सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।
निरन्तर जनता र सरकारको सेतु
कुनै पनि आमसञ्चारमाध्यमको भूमिका केवल समाचार प्रकाशन तथा प्रसारणमा मात्र सीमित रहँदैन । आवाजविहीनहरूको आवाजका रूपमा सरकार र जनताबिचको पुल बनेर देशको समृद्धिमा टेवा पु¥याउने अहम् भूमिका पनि यसको हुन्छ ।
एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुभएको सो प्रस्ताव पारित भएको हो ।
१२ जना थारु निर्वाचित, भगवतीलाई लोकप्रिय मत
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको छ । १२ जनामध्ये सबैभन्दा लोकप्रिय मत भगवती चौधरी (२०४४) मत प्राप्त गर्नुभएको छ ।
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ ।
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभएको छ ।
एमाले ११ औँ महाधिवेशन : निर्वाचितले लिनुभयो शपथ
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
हेटौँडाको प्रगतिचोकमा सवारी दुर्घटनामा सात जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ९ स्थित प्रगतिचोक सडक खण्डमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।
एमाले अनुशासन आयोग अध्यक्षमा डा. पहाडी
नेकपा (एमाले) को ११ औं महाधिवेशन केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गर्दै पुुस ३ गते सम्पन्न भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा.सुवेदी नियुक्त
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त हुनुभएको छ ।
रास्वपाद्वारा समन्वय कार्यदल गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ ।
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भक्तपुरमा ‘घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु
भक्तपुरमा आजदेखि तीन दिने ‘घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२’ सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा स्थानीय नःपुखुः परिसरमा आयोजित मेलामा ४७ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेला आगामी शनिबारसम्म सञ्चालन हुने छ ।
प्रदीप ज्ञवालीलाई सदस्यमा सर्वाधिक मत
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा उपाध्यक्ष पदलाई तिलाञ्जली दिएर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिनुभएका नेता प्रदीपकुमार ज्ञवाली खुला सदस्यतर्फ सर्वाधिक बढी मत ल्याएर निर्वाचित हुनुभएको छ ।
गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता
सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ ।
शङ्कर पोखरेलको यात्रा : महासचिवमा दोस्रो जित
राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेतामध्ये एक हुनु हुन्छ शङ्कर पोखरेल । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित पोखरेल एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको कुशल व्याख्याता समेत हुनुहुन्छ ।
एमाले महाधिवेशनः उपमहासचिवमा सर्वाधिक मत भट्टलाई
नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम अनुसार उपमहासचिवमा सर्वाधिक मत लेखराज भट्टले प्राप्त गर्नु भएको छ । उहाँले १४५२ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ६५.१९ प्रतिशत मत हो ।
एमाले महाधिवेशन : सर्वाधिक मत ल्याउने तीन पदाधिकारी
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनु भएको छ । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १७३७ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो ।