राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी
राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको छ ।
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ ।
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ ।
उपचार खर्चको सोधभर्नाका लागि विवरण बुझाउन अस्पताललाई आग्रह
जेनजी घाइतेको उपचार गराएका अस्पतालाई उपचार खर्चको सोधभर्नाका लागि विवरण बुझाउन स्वास्थ्य जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
स्वच्छ ऊर्जाको पहुँच विस्तारमा जोड
सन् २०४५ सम्म शूल्य कार्बन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ ।
नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक
नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।
जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गर्नुभएको छ ।
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरी वृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कटको अनावरण
राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ ।
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ ।
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम
यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ ।
आज देशभरको मौसम सामान्यतया सफा रहने
आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको हो ।
समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न आजपाद्वारा कार्यदल गठन
आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
फिल्डमा खटिए बाघ गणक
सौराहामा बाघ गणनासम्बन्धी दुईदिने तालिम लिएपछि १५० जना गणक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम खण्डमा खटिएका छन् । मङ्गलबार र बुधबार तालिम लिएका गणक तथा प्राविधिकको टोलीले पर्सा र चितवन राष्ट्रिय निकुञ्जको १३ स्थानबाट एकै पटक गणना सुरु गरेको हो ।
सम्पत्ति खोज्दै प्रदेश सरकार
बागमती प्रदेश सरकारले आफू र अन्तर्गत रहेका सार्वजनिक निकायको भौतिक सम्पत्तिको खोजी गर्ने भएको छ । प्रदेश सरकार र अन्तर्गत रहेका सार्वजनिक निकायको भौतिक सम्पत्ति खोजी गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा एक समिति रहने गरी प्रस्ताव गरिएको छ ।
सबलीकरणको आधार : निजी क्षेत्रको मनोबल
मुलुकको समग्र आर्थिक विकाससँगै समृद्धि हासिल गर्न अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रको मनोबल उकास्नु जरुरी रहेको औँल्याइएको छ ।
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
‘स्मार्ट’ पूर्वाधार आवश्यक
बढ्दो सूचना प्रविधिको विकाससँगै मुलुकमा ‘स्मार्ट’ पूर्वाधार विकास गर्न आवश्यक रहेको सरोकारवाला विज्ञले बताएका छन् । परम्परागत विकासको ढाँचाले सडक पूर्वाधार दिगो, गुणस्तरयुक्त टिकाउ र भरपर्दो नहुँदा समय अनुसार ‘स्मार्ट’ पूर्वाधार विकास र व्यवस्थापन हुन आवश्यक रहेको बताइएको छ ।
‘निजी क्षेत्रको उचित मूल्याङ्कन भएन’
नेपालको आन्तरिक रोजगारीको झन्डै ८० प्रतिशत योगदान निजी क्षेत्रको भए पनि सरकारबाट उचित मूल्याङ्कन हुन नसकेको गुनासो गरिएको छ । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार ललितपुरमा आयोजना गरिएको गोरखापत्र डिस्कोर्समा सहभागी निजी क्षेत्रका प्रतिनिधिले यस्तो गुनासो गर्नुभएको हो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०९ पैसा र बिक्रीदर १४४ रुपियाँ ६९ पैसा निर्धारण गरिएको छ ।
रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’ बनाएर काम गर्ने तयारी गरेको जानकारी दिनुभएको छ ।