स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन
‘स्मार्ट’ पूर्वाधार विकास एक महत्वपूर्ण नवीनतम अवधारणा हो, जसले मुलुकको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । विकासको यो अवधारणाले भौतिक संरचना र सेवाहरूको निर्माण, सुधार र व्यवस्थापनलाई समेत समेट्छ । यसले मुलुकको आधारभूत सुविधाहरूमा सुधार गरेर जनताको जीवनस्तर उकास्ने र आर्थिक गतिविधि प्रवर्धन गर्ने उद्देश्य राख्दछ ।
ख्रिष्टमसको अवसरमा तीन दिन सार्वजनिक बिदा
मकवानपुरको दुई गाउँपालिकाले इसाई धर्मावलम्बीहरुले पर्व ख्रिष्टमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
त्रिविको ५१ औँ दीक्षान्त समारोह : यी हुन् पदक र पुरस्कार पाउने २५ जना (नामसहित)
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचनामा यही पुस १० गते दशरत रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो ।
गजल : विमर्शको बलियो विधा
समयको परिवर्तनसँगै नेपाली साहित्यमा गजल विधाले आफ्नो स्वरूप र प्रभावलाई व्यापक बनाएको छ । मान्छेका चाहना र अभिव्यक्ति दिने शैलीमा आएको बदलावले गजललाई दरबारिया शृङ्गारिकताबाट उठाएर आममानिसको सुखदुःखको संवाहक बनाएको छ । विशेष गरी युवा पुस्तामा यो विधा सबैभन्दा बढी लोकप्रिय छ । छोटो र छरितो संरचनामा गहिरो भाव व्यक्त गर्न सकिने भएकाले पनि गजलकारको ठुलो जमात तयार भएको हो । हिजो प्रेम र विछोडमा मात्र केन्द्रित गजल आज राजनीति, समाज, दर्शन र समसामयिक विकृतिमाथि प्रहार गर्ने सशक्त माध्यम बनेको छ ।
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपियाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबानरका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।
शुक्रबार नै निजी क्षेत्रका दुई पहल
नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) बिच औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ ।
संयमित र आत्मबलयुक्त निजी क्षेत्र
पूर्वाधार विकास र रोजगारी सिर्जनामा निजी क्षेत्र र सरकारको साझा प्रयासको आवश्यकतामा सरोकारवालाको एकमत रहेको छ । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार भएको बृहत् बहस गोरखापत्र डिस्कोर्समा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले यस्तो विचार राखेका हुन् ।
‘पारदर्शी र जवाफदेहिता नहुँदा जनविश्वास गुम्छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्च पारदर्शी र जवाफदेही नहुँदा आमनागरिकको विश्वास गुम्दै गएको बताउनुभएको छ ।
घाइते र मृतकका परिवारका इच्छुक सदस्यलाई वैदेशिक रोजगारी निःशुल्क गर्ने पहल
सरकारले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहेमा निःशुल्क पठाउने सहजीकरण गर्ने गरी गृहकार्य सुरु गरेको जनाएको छ ।
चौहत्तर वटा मतदान स्थल थप
निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा मतदान स्थल थप गर्ने निर्णय गरेको हो ।
निर्वाचन परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठान
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सरकार गठनको एक सय दिनमा शनिबार सन्देश जारी गर्दै यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने उद्घोष गर्नुभएको हो ।
पीडितको अनिवार्य सहमतिको व्यवस्था बदर
सर्वोच्च अदालतले कैदकट्टा गर्दा पीडितको सहमति अनिवार्य रूपमा लिनुपर्ने फौजदारी कसुर नियमावलीको व्यवस्था बदर गरिदिएको छ । पीडितको अनिवार्य सहमति लिनुपर्ने गरी संशोधित नियमावली बदर गर्दै अदालतले पीडितको धारणासम्म लिने गरी नियमावली संशोधन गर्न र संशोधन लागु हुनुपूर्वका वारदातमा कैद अवधि थप नहुने गरी प्रबन्ध गर्न आदेश गरेको हो ।
वायु प्रदूषण संवेदनशील अवस्थामा
चिसो बढेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको सूचकाङ्क बढेको छ । वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको वातावरण विभागले जनाएको छ । बिहीबार र शुक्रबार वायु प्रदूषणको सूचकाङ्क १७२ सम्म पुगेर संवेदनशील अवस्था पार गरेको छ । विभागका अनुसार वायु प्रदूषण सूचकाङ्क (एक्युआई) १०० पिएमसम्मलाई सामान्य मानिन्छ । एक सयदेखि १५० पिएमसम्मको अवस्थालाई बिरामी, बच्चाबच्ची र वृद्धवृद्धालाई संवेदनशील अवस्था मानिएको हुन्छ । १५० देखिमाथि ‘रेडजोन’ अस्वस्थकर र सावधानीपूर्ण अवस्था मानिन्छ । शुक्रबार रत्नपार्क, शङ्खपार्क, भक्तपुरलगायतका स्थानमा वायु प्रदूषण सूचकाङ्क १७२ सम्म पुगेको छ ।
वन्यजन्तुमार्फत विस्तार नेपाली सद्भाव
नेपालबाट रुद्रकली र खगेन्द्रप्रसादसहितको जोडी हात्ती कतार सरकारलाई उपहार भर्खरै पठाइयो । यी जोडी हात्ती त्यसै कतार पुगेका भने होइनन् । सन् २०१८ ताका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमण गर्दा कतार सरकारले नेपालसँग एक जोडी हात्ती उपहार अपेक्षा ग¥यो । नेपाल सरकारले उपहार दिने पनि भन्यो तर वन्यजन्तु ओसारपसारसम्बन्धी कानुनी झमेलाका कारण त्यो प्रक्रियामा विलम्ब भयो अनि अन्योल पनि ।
ओलम्पिक र एसियन गेम्सको तयारी तीव्र, १४ खेलाडीलाई एनओसी छात्रवृत्ति
आगामी एसियन गेम्स र लस एञ्जलस ओलम्पिकको तयारीका लागि विभिन्न आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् ।
धितोपत्र ऐन उल्लङ्घन आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
सन् २०४५ सम्म शूल्य कार्वन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ ।
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ ।
निर्वाचन सुनश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताउनुभएको छ ।
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गर्नुभएको छ ।