लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था होः अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ ।
क्युरेक्सको औषधी गुणस्तरहीन
क्युरेक्स फर्मास्युटिकल्सद्वारा उत्पादित ‘इन्क्लेभ ओडी’ नामक औषधी गुणस्तरहीन रहेको पुष्टि भएको छ । औषधी व्यवस्था विभागले उक्त औषधी बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ४७ पैसा र बिक्रीदर १४५ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।
एकीकृत सुरक्षा टोली पुग्यो निर्वाचन क्षेत्र
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग सहभागी एकीकृत सुरक्षा टोली १६५ निर्वाचन क्षेत्रमा परिचालन भएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरण सम्पन्न गर्न भर्ना गरिएका करिब एक लाख ५० हजार निर्वाचन प्रहरीलाई पनि जिम्मेवारी क्षेत्रमा परिचालन गरिएको छ ।
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।
समस्यामा प्राविधिक शिक्षालय
मुलुकमा प्राविधिक र सिपमूलक शिक्षा विस्तारको आवश्यकता महसुस भइरहेका बेला हाल सञ्चालित प्राविधिक शिक्षाप्रदायक संस्था भने कानुनी तथा व्यावहारिक जटिलताबाट गुज्रिरहेको पाइएको छ । यो अवस्था आउनुमा यस्ता शैक्षिक संस्थालाई नियमनका नाममा बनाइएका अव्यावहारिक कानुनी प्रावधान, शैक्षिक संस्थालाई नियमनमा समस्या र सरकारको स्पष्ट योजनाको अभाव मुख्य कारक रहेको सरकारले नै गठन गरेको अध्ययन समितिले समेत औँल्याएको छ । प्राविधिक शिक्षाको क्षेत्रमा अस्तव्यस्तता र समस्या बढ्दै गएको गुनासा आउन थालेपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले एक अध्ययन कार्यटोली गठन गर्नुभएको थियो ।
प्रजातन्त्रले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गर्नुभएको छ ।
चेतनाको दीप बाल्ने दिन
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको १७ वर्ष र संविधान सभाबाटै संविधान निर्माण भएको एक दशकभन्दा बढी हुँदा फागुन ७ गते अर्थात् आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ ।
भिड देखाउन एआई दुरुपयोग
निर्वाचन नजिकिएसँगै भेटघाटमा सक्रिय उम्मेदवारको तस्बिर र भिडियोले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । यसक्रममा आ–आफ्नो पक्षमा माहोल बनाउन भिड देखाउने होडबाजी उत्तिकै छ । यसका लागि कतिपयले कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दुरुपयोग गरेको पाइएको छ ।
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ।
गहुँ खेती प्रविधिबारे कृषक तालिम
नेपालको प्रमुख खाद्यन्न बाली गहुँको उत्पादकत्व बृद्धि गर्ने लक्ष्यसहित उन्नत गहुँ खेती प्रविधि बारेमा कृषकलक्षित तालिम सुरु गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय गहुँ बाँली अनुसन्धान कार्यक्रम रुपन्देहीले बुधबारदेखि एक हप्ते तालिम सुरु गरेको हो ।
‘मुलुकलाई संकटमुक्त गराउने शक्ति एमाले हो’
नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले मात्र मुलुकलाई संकटमुक्त गराउन सक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा दोलखाका युवाहरुको भेलामा उहाँले सो कुरा बताउनुभएको हो ।
चिकित्सक सङ्घको कार्यकाल थप गर्ने निर्णयप्रति परिषद् सदस्यको फरक मत
नेपाल चिकित्सक सङ्घको परिषद् बैठकबाट वर्तमान कार्यसमितिको कार्यकाल थप गर्ने निर्णयप्रति केही परिषद् सदस्यहरूले फरक मत राखेका छन् ।
प्रतिनिधिसभा निर्वाचनः घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार
आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार दलका घोषणापत्रसहित घरदैलोमा कार्यक्रममा व्यस्त छन् ।
भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई अभद्र व्यवहार र प्रहरी कर्मचारीमाथि जाइलाग्ने युवक आज पक्राउ परेका छन् ।
यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ ।
देश बनाउने शक्ति एमाले हो : नेता पोखरेल
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) बाट उम्मेदवार रहनुभएका नेता ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदातासँग भेटघाट तीव्र पार्नुभएको छ । नेता पोखरेलले घरदैलोको क्रममा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुँदै आफ्ना योजना सुनाइरहनुभएको छ।
काठमाडौँ–१० : चुनावी मैदानमा १५ दलका २५ उम्मेदवार, कसका एजेन्डा के छन् ?
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १० मा प्रत्यक्षतर्फ जम्मा २५ जना उम्मेदवार छन् । जसमध्ये पुरुष उम्मेदवार २० र महिला उम्मेदवार पाँच जना रहेका छन् ।
उन्नाइस जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् ।
लागु औषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता
नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागु औषध कारोबारका अभियोगमा ९९ आरोपीलाई पक्राउ गरेको छ ।
ठगी अभियोगमा तीन जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि कुटपिट गर्ने युवा पक्राउ
महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।
कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधी बजारबाट फिर्ता लैजान निर्देशक
औषधी व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालिको ‘इन्क्लेभ ओडी’ नामक औषधी बजारबाट फिर्ता लैजान निर्देशक दिएको छ ।