एमाले महाधिवेशन : मतदान जारी (फोटो फिचर)
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन आज बिहानदेखि मतदान सुरु भएको छ । अध्यक्ष पदका प्रत्याशीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा बिहानै मतदान गर्नुभएपछि बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।
जनकपुरधाममा भारत-नेपाल गोलमेच छलफल सम्पन्न
भारत र नेपालबिच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ ।
सुनचाँदीको मूल्य बढेको बढ्यै
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. चार हजार ५५ निर्धारण भएको छ ।
सामुदायिक वनद्वारा खाट उपलब्ध
चितवन र मकवानपुरको सीमावर्ती क्षेत्रमा रहेको मकवानपुरको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना ४५ परिवार उपभोक्ताका लागि काठबाट बनेका खाट प्रदान गरेको छ । मनहरी गाउँपालिका–६
एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।
ह्वीलचेयरमा बसेरी दुई अपाङ्गता भएका युवाद्वारा बन्जी जम्प
भोटेकोशी गाउँपालिका मार्मिङ र लिस्तिकोट दुई वडाको बिचमा अवस्थित द लास्ट रिसोर्टमा रहेको एक सय ६० मिटर उचाइमा रहेको बन्जी जम्पमा यसअघि सपाङ्ग मानिसहरुले मात्रै बन्जी जम्प गर्दे आएका थिए ।
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
मङ्गलबार यहाँ आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।
क्यान्सर अस्पताललाई चिनियाँ सहयोग
यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
काव्य साँझमा गुन्जिए डा. लम्साल
डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझ : कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफ सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गर्नुभएको थियो ।
प्रत्यक्ष वैदेशिक लगानी बढाउन नीतिगत सुधार आवश्यक
मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) बढाउन नीतिगतसँगै प्रक्रियागत सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता उच्च आए पनि सो अनुपातमा लगानी भित्रिन नसकेकाले लगानी बढाउन लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूले बताउनुभएको हो । विभागका अनुसार सुरुदेखि हालसम्म सात हजार ६७७ परियोजना छ खर्ब ७४ अर्ब ८३ करोड ३८ लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ । सन् २०२४/२५ मा विभिन्न मुलुकबाट तीन खर्ब ३३ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
नेपालमा लगानीको बृहत् अवसर
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीका लागि बृहत् अवसर रहेको बताउनुभएको छ । नेपाल–चीन लगानीसम्बन्धी काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिकलगायतका क्षेत्रमा लगानीका लागि धेरै सम्भावना रहेको र बजारका हिसाबले नेपाल दक्षिण एसियाको गेटवे बन्न सक्ने धारणा राख्नुभयो ।
विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने
विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
सर्वोत्कृष्ट करदातालाई परिसङ्घको सम्मान
नेपाल उद्योग परिसङ्घले सर्वोत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८२ को अवसरमा उच्च करदातालाई परिसङ्घले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सोही उच्च करदातालाई निजी क्षेत्रका तर्फबाट परिसङ्घले सम्मान गरेको हो ।
ललितपुर महानगरले स्थापना दिवस मनाउँदै
ललितपुर महानगरपलिकाले बुधबार १०७ औँ स्थापना दिवस मनाउँदै छ । कला, संस्कृति सम्पदायुक्त हरित सहरका रूपमा परिचित ललितपुर महानगरपालिकाको स्थापना दिवस मनाउन लागिएको हो ।
बढ्यो अमेरिकी डलरको मूल्य
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
पोखरा विमानस्थल आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक विनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले उहाँविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । मुनकर्मी हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाइ प्रमुख हुनुहुन्छ ।
क्रमसङ्ख्यासहितको फाराम पठाउँदै कांग्रेस
नेपाली कांग्रेसले क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता वितरण फाराम पठाउने भएको छ । कांग्रेस महामन्त्री एवं क्रियाशील सदस्य व्यवस्थापन समितिका संयोजक गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको बैठकले क्रमसङ्ख्या राखेर फाराम पठाउने निर्णय गरेको हो ।
निर्वाचनमा हवाई सुरक्षा
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि सुरक्षा निकायले आन्तरिक तयारी तीव्र पारेका छन् । गृह मन्त्रालयले तयार पारेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक रूपमा तयारी सुरक्षा तयारी सुरु गरेका छन् । यसै क्रममा सशस्त्र प्रहरी बलले आगामी निर्वाचन सुरक्षार्थ तिनै तहमा निर्वाचन सेल गठन गरी आवश्यक सुरक्षा तयारी तीव्र पारेको छ ।
सुरुङबाट सम्भावना
सरकारले सडक सञ्जाललाई छोटो, सहज र भरपर्दो बनाउन सुरुङमार्ग निर्माणमा जोड दिएको छ । सुरुङमार्ग निर्माणसँगै मुलुकको सडक पूर्वाधारले पुरानो ढाँचा छोडी अब नयाँलाई आत्मसात् गर्दै छ । अबको राजमार्ग वा सडक खोलाको किनारै किनार वा नदीको तिरैतिर मात्र निर्माण हुने छैनन् । अग्ला डाँडा आउँदा छेड्ने र गहिरा खाल्टा वा खोला आउँदा अग्ला पुल बनाउने गरी निर्माण भइरहेका छन् ।
गाँजासहित भारतीय नागरिक पक्राउ
नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने
वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ ।