धानमा गवारो र डढुवा प्रकोप
झापाको कमल गाउँपालिकामा धानमा गवारो र डढुवाको प्रकोप देखिन थालेको छ । धान नफस्टाएपछि किसानहरूले धानको गाँज उखेलेर ल्याएर वडा कार्यालय तथा पालिकाको कृषि शाखामा देखाएर रोगको पहिचान र उपचारको बारेमा चासो राख्ने गरेका छन् ।
काँक्रो खेतीबाट मनग्य आम्दानी
सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रो खेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यस वर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।”
लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन
जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
वन्यजन्तुबाट कृषिबाली नष्ट गर्नेक्रम बढ्दै : किसानलाई क्षतिपूर्ति प्राप्त गर्न झण्झट
वन्यजन्तुका कारण काभ्रेपलान्चोकका चार सय ५७ किसानको बालीमा क्षति पुगेको छ । एक वर्षको अवधिमा जिल्लाका १३ स्थानीय तहमध्ये सात तहका किसान वन्यजन्तुबाट पीडित बनेको तथ्याङ्कले देखाएको छ ।
श्रीलङ्का टप्पुमा बगर खेती
नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टाप्पुमा बगर खेती गरिने भएको छ । चारैतिरबाट कोसी नदी सुसाउँदै बगिरहने ठन्डा हावा पानी र स्वच्छ वातावरण रहेको टापुमा किसानहरुले बगर खेती गर्ने भएका छन् ।
किसानलाई यथाशीघ्र भुक्तानी गर्न मन्त्रीको निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुध किसानको रकम यथाशीघ्र भुक्तानी गर्न दुग्ध विकास संस्था (डिडिसी) लगायतका निजी डेरीलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आइतबार भएको दुग्ध व्यवसायीसहितको छलफलमा मन्त्री अधिकारीले सो निर्देशन दिनुभएको हो । किसानबाट उधारोमा दुध खरिद गरी डेरीहरूले नगदमा बेच्ने गरेको र सो रकम अन्यत्र लगाउने गरेको बताउँदै उहाँले त्यो प्रवृत्तिको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । आफूले पद सम्हालेदेखि दुध किसानका समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताउँदै मन्त्री अधिकारीले डिडिसीमार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयास भइरहेको बताउनुभयो ।
दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिनुभएको छ ।
लाखौँ कमाइ हुने तरकारी खेतीमा रमाउँदै किसान
अब सिजन सक्किनै लाग्यो । बारीमा लहरिएको काँक्राको बोट पहेंलो हुनथाल्यो । करिब अन्तिम सिजनका काँक्रा टिपेर सूर्योदय नगरपालिका –१२ का किसान रमेश गडतौलाले झापा पठाउने तयारी गर्दै हुनुहुन्छ ।
अर्घाखाँचीमा सत प्रतिशत रोपाइँ सम्पन्न
अर्घाखाँचीमा सत प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार सकिएसँगै रोपाइँ पनि सकिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।
बजारमा अभाव हुन नदिन तरकारी खेती
वर्षा लागेपछि तरकारी उत्पादन घट्दा बजारमा तरकारी अभाव छ । तरकारीको मूल्य बढेको छ । कैलालीको गौरीगङ्गा –१० भगतपुरका सीमा चौधरीको बारीमा भने यतिबेला काँक्रा, लौका, बोडी, भिण्डी, लटरम्म फलेका छन् । तीनवटा प्लाष्टिक घरभित्र रायोको साग हुर्किँदै छ ।
अलैँची र सुन्तला उत्पादन बढाउन सुपर जोन कार्यक्रम
कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो ।
विपन्न महिलालाई उन्नत जातका बाख्रा वितरण
जिल्लामा महिला कृषि सहकारी समूहमा आबद्ध छ सय ७७ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
स्याउ टिप्न सुरु
जुम्लामा स्याउ पाक्न थालेपछि किसानले टिप्न सुरु गरेका छन् । साउनको अन्तिम हप्तादेखि नै किसानले आफ्नो बगैँचाको स्याउ टिप्न सुरु गरेका हुन् । बगैँचामै स्याउ व्यापारीसँग समन्वय गरेर किसानले स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको तिला गाउँपालिकाबाट किसानले स्याउ टिप्न थालेका छन् । तिला गाउँपालिकाको नदी क्षेत्रको स्याउ बगैँचाबाट टिप्न सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयले जनाएको छ ।
तरकारी खेतीले रोक्यो बसाइँसराइ
धनकुटाका धेरै गाउँबस्ती युवाविहीन हुँदा जिल्लाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् भने साँझबिहान घरको काम गरिरहेको भेटिन्छन् । गाउँमा भर अभर पर्दा सँगै हुन्छन् । फलैँचा र सो आसपासका क्षेत्रबाट न त कोही वैदेशिक रोजगारीमा गएका छन् न त कसैले बढी सुखसुविधाको खोजीमा बसाइँ सरेका छन् । यहाँका युवा गाउँमा हुने तरकारी खेतीमा नै मस्त छन् । उनीहरूमा विदेशको मोह खासै देखिँदैन ।
किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’
तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् ।
हावाहुरीले मकै बालीमा क्षति
निरन्तरको वर्षासँगै चलेको हावाहुरीले पाँचथरका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्याएको छ ।
कतै खेर जाँदै, कतै बोटबाटै बिक्री हुँदै स्याउ
रुकुमपूर्वका धेरै स्थानमा स्याउ फल्ने गरेको छ । स्याउ फल्ने ठाउँमा कतै सडक पुगेको छ भने कतै अझै सडक पुग्न सकेको छैन । त्यसोत सडक पुगेका स्थानमा बोटबाटै स्याउ बिक्री हुन्छ । तर सडक नपुगेको ठाउँको स्याउ त्यतिकै खेर गइरहेको छ ।
मकैको मूल्यवृद्धिले किसानलाई राहत
सुनसरीमा गत वर्षभन्दा यस वर्ष मकैको उत्पादमा वृद्धि भएको छ । मकै उत्पादनसँगै मूल्यवृद्धि हुँदा किसानलाई राहत मिलेको छ । गत वर्षभन्दा यस वर्ष मकैको उत्पादन र मूल्यमा वृद्धि हुँदा किसानहरुलाई राहत मिलेको हो ।
म्याग्दीमा कृषि र पशुपालनका क्षेत्रमा करिब पाँच करोड बजेट
चालु आर्थिक वर्षमा म्याग्दीमा कृषि र पशुपालनका क्षेत्रमा करिब पाँच करोड बजेट खर्च हुने भएको छ ।
मुस्ताङका बगैँचामा लटरम्म स्याउ (फोटोफिचर)
स्याउ ‘हब’का रुपमा परिचित हिमाल पारीको जिल्ला मुस्ताङका बगैँचा अचेल राताम्मे भएका छन् । बारीमा फापर र उवा लगाउँदै आएका मुस्ताङका कृषकहरु पछिल्लो समय स्याउ खेतीमा आकर्षित भएका छन् ।
‘कृषि अनुदानको मूल्याङ्कन आवश्यक’
कृषि क्षेत्रका लागि वितरित अनुदानको मूल्याङ्कन आवश्यक भएको कृषि मन्त्रालयका पूर्वसचिवहरूले सुझाव दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग सोमबार मन्त्रालयमा छलफल गर्दै उनीहरूले अनुदानको मूल्याङ्कनसहित नयाँ पुस्ता अनुकूल कृषिमा रूपान्तरण आवश्यक भएको, तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको, बाँझो रहेको जग्गामा उब्जनी गराउने उपाय खोजिनुपर्ने, कृषिमा विकास साझेदारलाई आवश्यकताका आधारमा परिचालन गर्नुपर्नेलगायतका सुझाव दिएका हुन् ।
कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओली समक्ष १० बुँदे सुझाव पेस
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० बुँदे सुझावहरू पेस गरेको छ ।
बागलुङमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा
जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
आकासियो तरकारीको मूल्य
इलाम आफैं पनि तरकारी उत्पादन हुने जिल्ला हो । इलाममा उत्पादित तरकारी दैनिक रुपमा झापाका बजारमा निकासी हुने गरेको छ । झापाका चारआली, विर्तामोड, दमकमा इलामको तरकारी पुग्ने गरेको छ । तर यतिबेला इलाममै तरकारीको मूल्य आकासिएको छ ।