ऐन कार्यान्वयनमा केन्द्रित हुन मन्त्रीको निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीयतासम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको एक कार्यक्रममा उहाँले स्वास्थ्य कस्तो रहने भन्ने खाद्यवस्तुले निर्धारण गर्ने भएकाले खाद्यवस्तुको नियमनमा विशेष जोड दिन निर्देशन दिनुभयो । खाद्यसम्बन्धी निर्देशिका एवं ऐन कार्यान्वयमा आइसकेको छ, यसलाई कडाइका साथ कार्यान्वयनमा ल्यायो भने यसले खाद्य स्वच्छतामा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
पर्वतमा ढुसीको सङ्क्रमणले धानबाली नष्ट
यहाँका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरू मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् ।
बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती
बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन् । वर्षौँदेखि बाझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् ।
अकबरे खेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर
जिल्लाको माङ्सेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ ।
एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित
निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।
पर्सामा ९० प्रतिशत रोपाइँ सकियो
पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।
हरियाली धान खेत र बस्ती
खरा महानगरपालिका–१६ ढिकीडाँडाबाट देखिएको हरियाली धान खेत र बस्ती ।
काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका-३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो ।
दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री
जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।
अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै
जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।
मुस्ताङमा लटरम्म फलफूल
हिमालपारीको जिल्ला मुस्ताङमा अहिले विभिन्न फलफूलहरु लटरम्म फलेर मनमोहक देखिन थालेको छ । मुस्ताङमा स्याउ मात्रै नभएर आरु, आरु बखडा, ओखर, खुर्पानी, कागजी बदाम, नास्पातीलगायतका फलफूलहरुको पनि राम्रो उत्पादन हुन्छ ।
पोखरा महानगरले तोक्यो मलको मूल्य
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।
बाढीले सयाैँ रोपनी धानखेत बगरमा परिणत
गोरखाको बेनीखोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत भएको छ ।
कोदो उत्पादन क्षेत्रफल वर्षेनी घट्दै
गुल्मीमा प्रत्येक वर्ष कोदो उत्पादनमा गिरावट आइरहेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कअनुसार यस जिल्लामा प्रत्येक वर्ष उत्पादनको क्षेत्रफल घट्दा उत्पादनमा भने गिरावट आएको थिएन ।
एघार करोडको तरकारी बिक्री
भारी वर्षा भएर तरकारी खेतीमा अत्यधिक क्षति पु¥याए पनि लालबन्दी बजारबाट असारमा मात्रै ११ करोडभन्दा बढीको तरकारी बिक्री भएको छ । किसानले तरकारी बिक्री गरेर मनग्गे आर्जन गर्ने मुख्य थलो बनेको लालबन्दी तरकारी बजारबाट बर्सातको महिना असारमा समेत ११ करोड ५८ लाख ८९ हजार १७५ रुपियाँको तरकारी बिक्री भएको हो । किसानले लालबन्दी नगरपालिका–७ स्थित थोक तरकारी बजार डुमडुमेमा ल्याएर बिक्री गर्ने तरकारी व्यापारीले खरिद गरी छेउछाउका बजार मलङ्गवा, चन्द्रपुर, गौर, जनकपुरसहित काठमाडौँ, हेटौँडा, सिन्धुली, कटारी साथै पहाडी जिल्ला सोलखुम्बुसम्मका बजारमा पु¥याएर बेच्ने गरेका छन् ।
साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने
समयमा पानी परेका कारण यस पटक धान रोपाइँ समयमा सम्पन्न हुने देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १३ सम्म ९२.४ प्रतिशत रोपाइँ भइसकेको छ । गत वर्ष यही यतिबेलासम्म ७८.१ प्रतिशत रोपाइँ मात्र भएको थियो । यही हिसाबले रोपाइँ भयो भने साउन मसान्तभन्दा पहिले नै शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. बहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपालिको सुखद कुरा समयमा मनसुन सुरु भयो र नियमित पानी परिरह्यो, किसानलाई सिँचाइलगायत अन्य कुनै कुराको अभाव भएन, त्यही भएर समयमा रोपाइँ सम्पन्न भएको हो ।”
धानमा फेद कुहिने रोग
बागलुङको धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् ।
किसानलाई अनुदानमा हातेट्रयाक्टर
गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो ।
कृषि प्राविधिक पुनः आन्दोलनमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले आन्दोलन पुनः सुरु गरेका छन् । नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र माग पूरा गर्ने भनी दिएको आश्वासन पूरा नभएको भन्दै कर्मचारीले बुधबारदेखि पुनः आन्दोलन सुरु गरेका छन् ।
किवी खेतीमा किसान आकर्षित
डोटीमा किवी फलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका बिभिन्न स्थानमा कृषकले २८ हेक्टर क्षेत्रफलमा किवी खेती गर्दैआएका छन् । यहाँ ६४ दशमलव ९६ मेट्रिक टन किवी उत्पादन हुनेगर्छ ।
महिलालाई कोदो रोप्न भ्याइनभ्याई
बाजुराका महिलालाई कोदो रोप्न भाइनभ्याई भएको छ । यहाँ जेठ–असारदेखि साउन दोस्रो हप्तासम्म धान रोपाइँ गर्ने र त्यसपछि साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म कोदो रोपिन्छ ।
प्युठानका किसानलाई चैतेधान भित्र्याउने चटारो
यहाँको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उहाँलाई भ्याइनभ्याइ छ ।
कोदोको उपभोग बढाएर प्रवर्धन गर्न आवश्यक
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कोदोका परिकारको उपभोग बढाएर प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय कृषक महासङ्घ र एग्रिकल्चर जर्नालिस्ट एसोसिएसन नेपाल (अनाज) ले संयुक्त रूपमा ललितपुरमा आयोजना गरेको चौथो कोदो दिवसको उद्घाटन गर्दै मन्त्री अधिकारीले खाजाका रूपमा कोदोको परिकार प्रयोग गर्न अति उपयोगी हुने बताउनुभयो । “कोदो स्वास्थ्यका लागि लाभदायक हुन्छ, कोदो खाएर हुर्किएको हो, अझै पनि गाउँमा कोदो खेती गरिरहेको छ,” मन्त्री अधिकारीले भन्नुभयो, “सबैले बाँझो खेर गएको जमिनमा खेती गर्नुहोस् ।”
खिर खाने दिन नब्बे लाख लिटर दुध खपत
साउन १५ गते खिर खाने दिन देशभर करिब ९० लाख लिटर दुध खपत भएको छ । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खिर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दुख खपत भएको हो । ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको जनाइएको छ ।