नयाँ जातका स्याउ खेती विस्तार
परम्परागत खेतीबाट खासै आम्दानी नहुने र परिवार पाल्न पनि धौधौ हुन थालेपछि मनाङका कृषक नगदे बालीतर्फ उन्मुख भएका छन् ।
क्षमता अनुसार भण्डारण नहुँदा सङ्कटमा शीतभण्डार
विसं. २०७७ फागुनदेखि सुदूरपश्चिम मोहन्याल कृषी तथा पशुपालन व्यवसाय प्रालिले सञ्चालनमा ल्याएको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको शीतभण्डार क्षमता अनुसारको कृषी उपज भण्डारण नभएपछि सञ्चालनमा समस्या आएको छ ।
विषादी प्रयोगको अवस्था बुझ्न कृषि मन्त्रालयले बनायो कार्यदल
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् ।
लगानी भित्र्याउन तयार हुँदै अवधारणा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि लगानी दशकका लागि अवधारणापत्रलाई अन्तिम रूप दिइरहेको छ । कृषि मन्त्रालयले चालु आर्थिक वर्षदेखि कृषि लगानी दशक सुरु गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले कृषि लगानी दशक यो चालु आवदेखि नै सुरु भइसकेको बताउनुभयो ।
मनाङको कोसेली अर्गानिक आलु
मनाङ जिल्लाको चिसो हावापानीमा फलेको आलु धेरैको रोजाइ बन्ने गरेको छ । अर्गानिक आलुका विभिन्न मिठा परिकार पनि बनाउने गरिएको छ । जिल्लामा आएका पर्यटकको स्वादिलो खानेकुरा बनेको आलु फर्किएर जाँदा लैजाने कोसेलीसमेत भएको छ । स्थानीय युवा उद्यमी सेराप विष्टले आन्तरिक र बाह्य पर्यटकले मनाङमा उत्पादन भएको आलुका परिकार मन पराउने गरेका बताउनुभयो । उहाँले यस क्षेत्रको आलुको माग बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ होमस्टे सञ्चालन छ । आन्तरिक तथा बाह्य पर्यटकलाई विषादीरहित शुद्ध गोबर मल हालेर फलेको आलु उनीहरूकै इच्छा अनुसार विभिन्न परिकार बनाएर खुवाउँछौँ । कोसेलीका रूपमा पनि धेरैले आलु नै लैजाने गरेका छन् ।”
कृषकको उत्पादन गाउँपालिकाद्वारा बजारीकरण
यहाँको एक गाउँपालिकाले कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणको व्यवस्था गरेको छ । रुरुक्षेत्र गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषि उपजलाई सहज रुपमा बजारसम्म लैजाने र बिचमा हुने बिचौलीयाको चलखेललाई अन्त्य गर्नका लागि बजारीकरणको सुरुवात गरिएको जनाएको छ ।
व्यावसायिक फलफूल खेती गर्दै बाजुराका किसान
बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रुपमा लिन थालेका छन् । यहाँ उत्पादन हुने स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल खेतीले आयआर्जनमा थप टेवा पुग्ने सम्भाना देखिको भन्दै उनीहरुले पछिल्लो समय फलफूल खेतीलाई व्यवसायकै रुपमा लिन थालेका हुन् ।
कृषि प्रविधि पार्क सञ्चालन
चितवनको रामपुरमा चिनियाँ लगानीमा कृषि प्रविधि पार्क सञ्चालनमा आएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा उक्त पार्क रहेको छ । चीनको फाउन्डेसन फर रुलर डेभलप्मेन्ट नेपाल च्याप्टरको आर्थिक सहयोगमा पार्क सञ्चालनमा आएको हो । पार्क सञ्चालनको औपचारिक कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सङले पार्क सञ्चालनबाट नेपाल र चीन दुवै देशका कृषक लाभान्वित हुने बताउनुभयो । उन्नत धानको अनुसन्धान गर्न सुरु गरिएको यो प्रविधिबाट धानको उत्पादन, कृषकले गर्ने आम्दानी र बजार पनि दोब्बरले वृद्धि हुने उहाँको भनाइ थियो ।
नेपालको अर्थोडक्स चियालाई विश्वभर चिनाउनु पर्छ : कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । नेपाली अर्थोडक्स चिया प्रदर्शनीलाई मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपाली चियाको मुख्य बजार भारत हो तर भारत आफैँ चियाको ठुलो उत्पादक रहेकाले अब नेपाली चियाले भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभयो । भारत आफैँले चिया उत्पादन गर्ने भएकाले नेपाली चियाको उचित मूल्य नदिने भन्दै मन्त्री अधिकारीले नेपाली किसानको लागत पनि नउठ्ने भएकाले भारतीय बजारको विकल्प खोज्नुपर्ने कुरामा जोड दिनुभयो ।
एक सातायता प्याजको भाउ महँगियो
पछिल्ला एक सातायता नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । प्याजमा भारतसँग परनिर्भर रहँदै आएको नेपाल भारतमा महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो । पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपियाँ महँगिएको छ भने खुद्रा यो भाउ अझै महँगो भएको छ ।
बाँकेको चिसापानीमा कोदोको परीक्षण
सुख्खा ठाउँमा समेत सहन गर्न सक्ने नौ प्रकारका कोदोको बाँकेको चिसापानीको गाभरस्थित सामुदायिक जिन बैंकमा परीक्षण सुरु गरिएको छ।
सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको बताउनुभएको छ । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाड–पर्व छन्, तिनले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्”, सन्देशमा भनिएको छ ।
किसानको पैसा दसैँ अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानको पैसा दसैँ अगाडि नै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
निगुरो व्यापार : लगानी बिना नै लोभलाग्दो आम्दानी
पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन् ।
ताप्लेजुङमा ९८ प्रतिशत रोपाइँ
हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष अन्ठानब्बे प्रतिशत बढी धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यस वर्ष जिल्लामा ९८ दशमलव ५ प्रतिशत रोपाइँ भएको हो ।
९८.५ प्रतिशत रोपाइँ सम्पन्न
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा अर्थात् ९८.५ प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्षभन्दा चार प्रतिशत बढी रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष भदौ ७ गतेसम्म ९४.६ प्रतिशत रोपाइँ भएको थियो । सात वटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेश र कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ९८.३ र गण्डकी प्रदेशमा ९७.८ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी गराउनुभयो । सबैभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ ।
टिमुर उत्पादनमा वृद्धि
दाङमा टिमुर उत्पादनमा वृद्धि भएको छ । जिल्लाका पहाडी क्षेत्रका किसान टिमुरको व्यावसायिक उत्पादनमा जोडिएपछि टिमुरको उत्पादनमा वृद्धि हुँदैआएको छ ।
व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान
बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किबी, कुखुरा, केराखेतीमा दत्तचित्त भएर लागेका छन् ।
‘बिउ उत्पादनका लागि नेपाल उत्कृष्ट गन्तव्य’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको संवर्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री अधिकारीले यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ भन्नुभयो ।
विषादीका कारण पन्ध्र कट्ठाको धान बाली नष्ट
सुनसरीको प्रकाशपुरका एक किसानले धान बालीमा आएको झार मार्ने विषादी प्रयोग गर्दा पन्ध्र कट्ठाको धान बाली सुकेर गएको छ । वराहक्षेत्र १० प्रकाशपुर तमुटोलका सन्त उरावले एक हप्ताअगाडि धान बालीमा आएको झार मार्न प्रयोग गरेको विषादीकै कारण पन्ध्र कट्ठाको धान खेत नष्ट भएको हो ।
तरकारी खेती गरी सन्तानलाई इन्जिनियर र कृषि प्राविधिक
जलजला गाउँपालिका –६ सालिजाका बाबुराम रेग्मीले तरकारी खेती गरेर जेठो छोरालाई इन्जिनियर र कान्छोलाई कृषि प्राविधिक बनाउनुभएको छ ।
‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित
पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् ।
तरकारीको मूल्य दोब्बर वृद्धि
वर्षाले पहाडका ग्रामीण सडक भत्केपछि तरकारीको ढुवानी खर्च बढेको भन्दै व्यापारीले तरकारीको मूल्य जथाभावि बढाएका छन् ।
लोप हुँदै हरेलो संस्कृति
कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ ।