• १६ भदौ २०८१, आइतबार

कृषि प्रविधि पार्क सञ्चालन

blog

चितवनको रामपुरमा कृषि प्रविधि पार्कको सुरुवातको औपचारिक कार्यक्रममा सहभागी । तस्बिर : शान्ता अधिकारी

भरतपुर समाचारदाता

रामपुर (चितवन), भदौ १२ गते । चितवनको रामपुरमा चिनियाँ लगानीमा कृषि प्रविधि पार्क सञ्चालनमा आएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा उक्त पार्क रहेको छ ।  चीनको फाउन्डेसन फर रुलर डेभलप्मेन्ट नेपाल च्याप्टरको आर्थिक सहयोगमा पार्क सञ्चालनमा आएको हो । 

पार्क सञ्चालनको औपचारिक कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सङले पार्क सञ्चालनबाट नेपाल र चीन दुवै देशका कृषक लाभान्वित हुने बताउनुभयो । उन्नत धानको अनुसन्धान गर्न सुरु गरिएको यो प्रविधिबाट धानको उत्पादन, कृषकले गर्ने आम्दानी र बजार पनि दोब्बरले वृद्धि हुने उहाँको भनाइ थियो । 

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले धानको प्रविधि विकासका लागि यस किसिमको सहकार्य गर्न पाउनु सुखद सुरुवात भएको बताउनुभयो । दक्षिण एसियाली राष्ट्रहरूको गरिबी निवारण तथा साझेदारी विकास केन्द्र अन्तर्गत उन्नत धानको अनुसन्धान गर्न नेपाल दक्षिण कृषि तथा प्रविधि पार्कको औपचारिक सुरुवात कृषि क्षेत्रको नयाँ आयाम भएको उहाँको भनाइ थियो । 

उहाँले कृषि विश्वविद्यालयसँग चीनले गरेको यो साझेदारीबाट धान उत्पादनको क्षेत्रमा चीनले हासिल गरेका नयाँ ज्ञान, प्रविधि र अनुसन्धान नेपालका लागि समेत महत्वपूर्ण हुने बताउनुभयो । 

कार्यक्रममा चाइना फाउन्डेसन फर रुलर डेभलप्मेन्ट नेपाल च्याप्टरका निर्देशक जु ज्युक्विङले नेपालमा नौ वर्षअगाडिदेखि काम थालेको र चितवन जस्तो उर्वर भूमिमा काम सुरु गर्न पाउनु महìवपूर्ण उपलब्धि भएको बताउनुभयो ।