कृषिलाई निर्वाहमुखी होइन, प्रतिस्पर्धात्मक बनाउनुपर्छ: मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताउनुभएको छ ।
सङ्कटमा रैथाने बाली
जिल्लाको भगवतीमाई गाउँपालिका–२ का ६३ वर्षीय प्रभाखर जैसीले आफ्नो बारीमा लोकल जातको मकैको बीउ लगाउँदा तीन मुरी उत्पादन हुन्थ्यो । लोकल जातको मकैको बीउको सट्टा १० वर्षदेखि मनकामना जातको उन्नत मकै लगाउनुहुन्छ ।
हेफरबाट प्राप्त गाईको बाच्छी किसानलाई उपहार
दुई वर्षअगाडि कोरियाबाट सिन्धुलीका किसानले उपहारमा पाएको गाईबाट जन्मेको बाच्छी अर्को किसानलाई उपहारस्वरूप दिन सुरु गरेका छन् ।
गँड्यौला मलको बजारीकरणका लागि कृषि परियोजना
गँड्याैला मलको उत्पादन र बजारीकरणका लागि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा कृषि परियोजना सुरु भएको छ । रासायनिक मलको न्युनीकरण गरी ट्राइको भर्मिकम्पोष्ट मल तथा प्राङ्गारिक मल प्रयोगमा किसान, पशु कृषक तथा साना किसान कृषि सहकारीलाई जोड्ने योजनासाथ कार्यक्रम सुरु भएको हो ।
पर्यावरणीय कृषि अवधारणामा कृषि विज्ञहरुको जोड
कृषि क्षेत्रमा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै वातावरण तथा दिगो उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्नका लागि पर्यावरणीय कृषि अवधारणामा आधारित परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्नेमा कृषि तथा सो क्षेत्रमा आवद्ध विज्ञहरुले जोड दिएका छन् ।
चार युवा मिलेर सुरु गरे व्यावसायिक बेसारखेती
डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् । वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायि
स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित
स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
स्याउ बेचेर वार्षिक एक करोड आम्दानी
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् ।
सिँचाइ गर्ने विद्युत मोटर जलेपछि किसान चिन्तित
लहान नगरपालिका–९ का किसानहरुले धानबाली सिँचाइको लागि प्रयोग गर्ने दुई दर्जनभन्दा बढी विद्युत मोटर जलेका छन् ।
तनहुँमा पनि स्ट्रबेरीखेती
ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो ।
भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी
पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।
विषादी न्यूनीकरणका लागि सचेतनात्मक नाटक
पछिल्लो समय उत्पादकत्वमा वृद्धि गर्नका लागि तरकारी तथा फलफूलमा विषादीको प्रयोग बढी हुने गरेको छ ।
बाँकेमा यस वर्ष एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान
बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ ।
च्याउ खेतीबाट आम्दानी गर्दै किसान
गत वर्ष घाटा खाएका च्याउ किसानले यस वर्ष भने राम्रो आम्दानी गर्न सफल भएका छन् । च्याउ खेतीमा राम्रो उत्पादन गर्दै आएको कालिका नगरपालिकाको पदमपुर क्षेत्रका किसानले अहिले मूल्य पाएका हुन् ।
लटरम्म किवी फल्दा प्रफुल्ल पुन
बेनी नगरपालिका–३ भकिम्लिका लालबहादुर पुनको बारीमा अहिले किवी लटरम्म फलेको छ ।
पसाउन थाल्यो मार्सी धान
खासै धान नहुने जिल्ला हो मुस्ताङ । तर यो वर्ष मुस्ताङमा धान पसाउन थालेको छ । शितोष्ण वागवानी विकास केन्द्र मार्फाले यस वर्ष आफ्नो क्षेत्रमा परीक्षणका लागि रोपेको जुम्ली मार्सी धान पसाउन थालेपछि कृषक खुशी देखिएका छन् ।
केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
पुष्प व्यवसायमा नौ अर्ब लगानी
पछिल्लो समय विस्तार हुँदै गएको पुष्प व्यवसायमा निजी क्षेत्रको नौ अर्ब रुपियाँ लगानी रहेको छ । मुलुकभरका ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प खेती विस्तार हुँदै गएको छ ।
गोलभेँडामा भेटियो अत्यधिक विषादी
कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा (टमाटर) मा अत्यधिक विषादीको मात्रा भेटिएको छ ।
उत्पादन वृद्धि नगरेसम्म आपूर्ति व्यवस्थापन असम्भव
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशमा उत्पादन वृद्धि नभएसम्म आपूर्ति व्यवस्थापन गर्न नसकिने बताउनुभएको छ ।
दुग्ध क्षेत्र कृषि अर्थ व्यवस्थाको महत्त्वपूर्ण क्षेत्र : कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्र नेपालको कृषि अर्थ व्यवस्थाको महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।
जुनार खेतीमा सुडे पुतलीकाे प्रकोप
जुनारमा सुडे पुतलीको प्रकोप बढेसँगै उहाँलाई चिन्ता पनि थपिएको हो ।
कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छुः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारणसभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको हो ।