शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाइ
धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नुभएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।
बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी
नवलपुर गैँडाकोटका किसानहरू बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुनेगरेको छ ।
खोटाङमा धान उत्पादन घट्यो
खोटाङमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा एक हजार ६ सय १२.७३ मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङले जनाएको छ ।
पर्यावरणीय कृषि विकासमा जोड
पर्यावरणीय एवं वातावरणीय हानिबिना नै प्रविधिको विकास गरी प्रकृतिमैत्री कृषि निर्माणमा लाग्नुपर्ने सरोकारवालाले जनाएका छन् । कृषिमा विभिन्न स्रोतबाट लगानी आइरहेको उल्लेख गर्दै उनीहरूले ती लगानी प्रकृतिमैत्री प्रविधि विकासमा लगाउनुपर्ने कुरामा जोड दिएका छन् ।
किसानलाई वरदान बन्दै भेरी शीत भण्डार
पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यस क्षेत्रका किसानलाई वरदान साबित भएको छ । वि.सं.२०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि वरदान साबित भएको हो ।
स्वदेशमै मिल्यो आत्मसन्तुष्टि
रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाऊ छन् भन्ने छैन । परदेशको काम आफू अनुकूल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् ।
सलकपुरमा व्यावसायिक सुन्तला खेती
इलामको रोङ गाउँपालिका-६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।
म्याग्दीमा सुन्तला उत्पादन घट्यो
गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् ।
रैथाने बालीको न्यूनतम समर्थन मूल्य तोकियो
मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले कोदो र धान कोदो प्रति केजी ५४, फापरको प्रतिकेजी सय र जुनेलोको प्रतिकेजी ८४ रुपियाँ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
किसान आकर्षित नहुँदा मासिदै जौँ खेती
रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।
हाँगा सुक्न थालेपछि सङ्कटमा ‘सुन्तला जोन’
दैलेखको दुल्लु नगरपालिका –११, कालभैरवका जगत पन्तले २०५३ सालमा पाँच रोपनी जग्गामा सुन्तला खेती सुरु गर्नुभयो । २४ वर्षपछि नै उहाँले आफ्नो सुन्तला खेती १५ रोपनीमा बिस्तार गर्नुभयो । सुन्तला खेती सप्रेका बेला उहाँको वार्षिक आम्दानी पाँच लाखसम्म भयो ।
धनकुटामा सुन्तला उत्पादन बढ्यो
पछिल्लो समय सुन्तला उत्पादन निरन्तर ओरालो लागेको धनकुटामा यस वर्ष भने उत्पादन केही बढ्ने देखिएको छ ।
कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज
घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।
जुनार बेच्न भ्याइनभ्याइ
रामेछाप, मङ्सिर २९ गते । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनुभयो । तामाङले भन्नुभयो– “बजारको समस्या छैन ।” व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उहाँको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन् । मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ । सुन्तला बगैँचाबाटै प्रतिकिलो रु. एक सय र जुनार प्रतिकिलो रु. ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । पहेंलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं विद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताउनुभयो । रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ । यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको हो । जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन् । जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताउनुभयो । अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ । गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो रु. ३० देखि रु ४० मा बिक्री हुने गरेको थियो । केही वर्ष यहाँको जुनारमा फल कुहाउने आसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो । थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे । यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ । उहाँका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ । यो उत्पादन अहिलेसम्मकै उच्च हो । कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ । उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताउनुभयो । अघिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताउनुभयो । फल कुहाउने औँसाबाट जुनार जोगाउनका लािग १० पटकसम्म विषादी छरेको उहाँको भनाइ छ । जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो । रामेछाप नगरापालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकिरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन् । विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङ बताउनुहुन्छ । रामेछापको ओख्रेनी र सुकाजोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन् । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष १५ हजार मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । जिल्लाको रामेछाप, रामपुर , सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउनुहुन्छ । रासस
किसानद्वारा उखुको मूल्य ७५० रुपियाँ कायम गर्न माग
तत्काल उखुको अनुदान बक्यौता भुक्तानी र यो वर्षका लागि मूल्य तोक्न माग गर्दै उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित अन्य उखु उत्पादक समितिले बिहीबार दिउँसो सर्लाहीको हरिवनमा संयुक्त पत्रकार सम्मेलनगरी आन्दोलनको घोषणा गरेका हुन् । किसानले यो वर्षका लागि उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गरेका छन् ।
कृषिजन्य उत्पादनको बजारीकरण गर्दै हाटबजार
बेलौरी नगरपालिका-३ का समीर चौधरीलाई बारीमा उत्पादित तरकारी बेच्ने झन्झट हटेर गएको छ । उत्पादित तरकारी सहजरुपमा गाउँ नजिकैको कलकत्ता बजारमा सञ्चालित हाटबजारमा बिक्री हुन थालेपछि उहाँ निकै खुसी छन् ।
गोरुपालक कृषकलाई हलो उपहार
मुसिकोट नगरपालिकाले गोरुपालक ४० जना कृषकलाई हलो उपहार दिएको छ । मुसिकोट नगरपालिका ८ का ४० जना गोरुपालक कृषकलाई हलो अनुदानमा उपहार स्वरूप प्रदान गरिएको वडा अध्यक्ष रमेश विकले जानकारी दिनुभयो ।
ड्रागन खेतीबाट वार्षिक १६ लाखसम्म आम्दानी
घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले ड्रागन खेतीबाट वार्षिक १६ लाखसम्म आम्दानी गर्नुभएको छ ।
च्याउ खेतीमा भविष्य खोज्दै बस्नेत दम्पती
धनकुटा छथर जोरपाटी गाउँपालिका ६ का चुइन्द्र बस्नेत र उहाँकी श्रीमती टीका बस्नेत हिजोआज घर नजिकै बनाएको टनेल भित्रै रमाउने गर्नुहुन्छ । टनेलमा लगाएको च्याउको स्याहारसुसार नै उहाँहरूको दैनिकी बनेको छ ।
शिक्षण पेशासँगै कृषिमा जम्दै न्यौपाने
कालीगण्डकी गाउँपालिका –२ अर्वेनीका लक्ष्मीपति न्यौपाने पेशाले शिक्षक हुनुहुन्छ । उहाँले कालीगण्डकी –१ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहततर्फ अध्यापन गर्दै आउनुभएको छ ।
औद्योगिक ग्रामले कृषि उत्पादनमा टेवा पुग्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्ने बताउनुभएको छ ।
बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती
बारामा यस वर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खाद्यान्न बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र बसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।
सुन्तला उत्पादनमा तुलनात्मक कमी
स्याङ्जामा गत वर्षभन्दा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गतवर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष भने घटेर १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
बाख्रापालक किसानलाई बजारको समस्या
तनहुँ जिल्ला बाख्रा पालन व्यवसायको लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएकोले बाख्रा पालनको लागि राम्रो रहेको कृषकको भनाइ छ तर यहाँका किसानले उत्पादन गरेको बाख्रा बिक्री हुन सकेको छैन ।