स्थानीय गाई पाल्ने चलन हराउँदै
धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन हराउँदै गएको छ । तीन सय ५० घर रहेको धवलागिरि–७ ताकम गाउँमा अहिले दुई घरमा मात्र गाईपालन गरिएको छ ।
ड्रयागन फ्रुट खेतीमा रमाउँदै कृषक राना
देशको अधिकांश युवाहरु रोजगारीका लागि विदेश होमिन लागेका बेला केही युवाले अझै पनि आफ्नै देशमा रगत पसिना बगाएर काम गर्ने सोचका साथ जुटेका छन् ।
स्याउको बोटमुनि पाकेको फापर
हिमालपारिको जिल्ला मुस्ताङमा अहिले प्राय सबैले स्याउ टिपेर रुखहरु खाली बनाएका छन् । स्याउको बोटमा पात झर्न थालेका छन् भने टाढासम्म हेर्दा बोटहरु उराठजस्तै देखिन थालेको छ । त्यही स्याउको बोटमुनि अहिले किसान ब्यस्त छन् ।
दालको खेती छाडेर बदाम खेतीतर्फ आकर्षण
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसानहरुले रहर (अडहर)को खेती छाडेर पछिल्लो समयमा बदाम (ममफली) खेतीतर्फ आकर्षित भएका छन् । केही वर्ष अघिसम्म पनि रहरको खेती गर्ने त्यहाँका किसानहरुले अहिले भने बदाम खेतीमा राम्रो आम्दानी हुने भएको भन्दै बदाम खेतीतर्फ आकर्षित भएका हुन् ।
धान स्याहार्दै किसान
घोराही उपमहानगरपालिका १६ बयरबटुवाका किसान धान स्याहार्दै ।
मनै लोभ्याउने फूल र ड्राइगन फ्रुट
रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका बारीका पाटाहरू अहिले सयपत्री फूलले ढाकेको छ ।
कैलालीमा धान खरिदको कोटा बढ्यो
सरकारले यस वर्ष कैलालीमा धान खरिदको कोटा बढाएको छ ।
पहाडे गाईपालन गर्ने किसानलाई मासिक एक हजार
अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
पाडी–बाच्छी हुर्काउने किसानलाई दश हजार पुरस्कार
तनहुँमा पाडापाडी र बाच्छाबाच्छी हुर्काउने किसानलाई दश हजार पुरस्कारको व्यवस्था गरिएको छ।
धानमा 'पोके' रोग र 'फड्के' किराको प्रकोप
सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् ।
अनुदानले बढायो फूलखेतीमा कृषकको आकर्षण
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलमा आत्मनिर्भर अभियान चलाउँदै आएको छ ।
भैसीपालक कृषकलाई ४० हजार अनुदान
तानसेन नगरपालिका–११ पाल्पामा २५ जना भैँसीपालक कृषकलाई ४० हजार रुपियाँका दरले अनुदान हस्तान्तरण गरिएको छ ।
कृषिमा हराउँदै दाइँ परम्परा, बढ्दै आधुनिक प्रविधिको प्रयोग
पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।
धानमा कालो पोके किराको प्रकोप
बाँके जिल्लाको कोहलपुर–१३, भरैयामा पाकेर काट्नका लागि तयार भएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेपछि किसान चिन्तित बनेका छन् ।
सयपत्रीको माग बढ्दो, ४० लाख माला खपत हुने अनुमान
यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो ।
माटोको अम्लीयपन घट्दै
पछिल्ला वर्षहरुमा माटोमा अम्लीयपन बढ्दै गएकोमा यस वर्ष भने माटोको अम्लीयपन घटेको पाइएको छ ।
नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रम विस्तार गरिँदै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो । आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ ।
‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति
धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो ।
ड्रागनखेतीमा जमेका लाहुरे
अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन ।
किसानलाई गहुँ छर्ने चटारो
यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ । उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पु¥याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म गहुँ छर्ने गरिएको छ ।
धानले पहेँलपुर फाँट
यतिखेर म्याग्दीका फाँटहरु धानबालीले पहेँलपुर भएका छन् । दसैँ लगत्तै कतिपय ठाउँहरूमा किसानले धान काट्न सुरु गरेका छन् भने कतिपय ठाउँमा अझै धान पाक्दै छ ।
‘क्रप कटिङ’ गरी धान उत्पादन अनुमान गरिँदै
कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ सुरु गरेको हो । पूर्वी चितवनमा क्रप कटिङको काम सकिएको र पश्चिम चितवनको भरतपुर तथा माडीमा एक, दुई दिनमा सकिने कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो ।
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो
यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९० हजार पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो ।
धानको मूल्य घट्दा मर्कामा किसान
चाडपर्व मनाउन कृषि उपज बिक्री गर्नुपर्ने बाध्य भएका रौतहटका किसान यतिबेला मर्कामा परेका छन् । आम्दानीको अन्य स्रोत नभएपछि धान बिक्री गरेर चाड पर्व मनाउन बाध्य भएका किसान मल्य घटेपछि मर्कामा परेका हुन् ।