• २५ पुस २०८१, बिहिबार

मार्सी भित्र्याउन जुटे किसान

blog

जुम्लाको तातोपानी ३ लाछु जिउलामा धान भित्र्याउँदै किसान । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक ७ गते । कात्तिक महिना लागेपछि किसानलाई मार्सी धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । बर्षे खेती मार्सी धान भित्र्याउने बेला किसान निकै ब्यस्त छन् ।

जुम्लामा धानसँगै सिमी, आलु, गाईबस्तुका लागि घाँस (खर) समेत बटुल्नुपर्छ । आकाशमा बादल देखा परेपछि जुम्लाको तातोपानी गाउँपालिका ३ को लाछु जिउलाको मार्सी धान भिज्ने चिन्ता किसानलाई छ । 

तातोपानी ३ का कृष्णहरी अधिकारीले जिउलामा मार्सी धान पाकेर लटरम्मै भएका बेला आकाशमा बादल मडारिदा आफूहरुलाई चिन्ता बढेको बताउनुभयो । उहाँले पाकेको धान पानी पर्दा सबै झर्ने भएकाले किसानलाई थप ब्यस्तता बढाएको सुनाउनुभयो । खाना खाने पनि समय छैन । हामी सबै खेतमा जानु परेको छ । एकातिर पानी पर्ने चिन्ता छ भने अर्कोतर्फ आधा किसानले धान सेहारिसकेपछि गाईबस्तु खेतमा छोडिदिने चिन्ता छ । 

घरमा काम गर्ने धेरै सदस्यका लागि अलि सहज भए पनि दुई जनासम्म मात्र काम गर्न सक्ने परिवारका लागि समस्या भएको अधिकारीको भनाइ छ । स्थानीय कलवहादुर रावलले सरकारले बिषादी नहाल्न भने पनि जङगल धेरै हुने चिन्ताले बिषादी हाल्ने गरेको बताउनुभयो ।