नेपाली तरकारी कतार निर्यात
नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो ।
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।
जुम्लाका उत्पादन, कैलालीमा व्यापार
कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त हुनुहुन्छ । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्नुहुन्छ । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आउनुभएकी उहाँलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।
‘उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ’
वीरेन्द्रनगर–१० बामेखोलाका शोभा बस्नेतले विगत लामो समयदेखि कृषि पेशा अवलम्बन गर्दै आउनुभएको छ । उहाँले पाँच कठ्ठा जग्गामा तरकारीखेती र १५ कट्टामा धानखेती गर्नुभएको छ ।
व्यवसायीलाई खाद्य स्वच्छता सचेतना
रुपन्देहीका व्यवसायीका लागि बुटवलमा खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ । करिब १ सय जना व्यवसायीलाई समेटेर खाद्य स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
मसगाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ
ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मसगाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।
मल सहजताका लागि निर्देशिका संशोधन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरण प्रणालीमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार गर्न लागेको छ । त्यसका लागि कृषि मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ संशोधन गर्न लागिएको हो । किसानलाई सहज रूपमा मल पुर्याउनका लागि कृषि मन्त्रालयले सो निर्देशिका तयार गरेको थियो तर त्यसमा पनि समस्या देखिएपछि थप व्यवस्थित गर्न निर्देशिका संशोधन गर्न लागिएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव हरिबहादुर केसीले बताउनुभयो ।
बालबालिकामा कुपोषण बढ्दै
बैतडीमा पोषणमा सुधार गर्ने कार्यक्रम अन्तर्गत कोदोखेती घट्दै गएको छ । पालिकाहरूले कोसेलीका नाममा सुत्केरी महिलालाई अण्डा, घ्युका डब्बा र कुखुराको भाले वितरण गरेपनि पोषणमा सहयोग गर्ने रैथाने बाली कोदो, मादुरो, चिनो र फापरखेतीलाई प्रोत्साहन नगर्दा बालबालिकामा कुपोषण बढेको हो ।
तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । सुरुआतमा उहाँ घरमा खानलाई मात्र तरकारीखेती गर्नुहुन्थ्यो ।
च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु
जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।
डिडिसीलाई एक अर्ब पच्चिस करोड ऋणको भार
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले सरकारसँग सहुलितमा लिएको ६५ करोड ऋण चुक्ता नसकिरहेको अवस्थामा अर्थ मन्त्रालयले ६० करोड थप ऋण उपलब्ध गराएको छ । निरन्तर घाटामा रहेको डिडिसीले किसानलाई भुक्तानीसमेत गर्न सकेको छैन । किसानको बक्यौता रकम भुक्तानी गर्ने नाममा डिडिसीले पटक पटक गरी एक अर्ब २५ करोड रुपियाँ लिइसकेको छ तर किसानलाई अझै भुक्तानी गर्न सकेको छैन ।
बालीपात्रो बनाएर व्यावसायिक कृषि
काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ढुङ्खर्कका किसान मोहनकृष्ण तिमल्सिनाको बारीभरि बन्दाकोबी र मुला बेच्न तयार छ । सिजनमा सबैभन्दा कम भाउ आउने तरकारीमा पर्ने बन्दाकोबीको न्यूनतम मूल्य कालिमाटीमा नै ५० रुपियाँ छ । तिमल्सिनाले ४० रुपियाँ प्रतिकिलोसम्ममा बेचिरहनुभएको छ । मुलाको सोचे जस्तो मूल्य नआए पनि २० रुपियाँ किलोमै बिक्री भइरहेको छ । तिमल्सिना जस्तै बनेपा नगरपालिका–२, नालाका दिवाकर दाहालले दसैँमा नयाँ आलु बजारमा ल्याउने गरी काम गरिरहनुभएको छ । अहिले बजारमा नयाँ आलुको ६० रुपियाँ किलोको बिक्री हुन्छ ।
उन्नाइस लाख चौबिस हजार किसान सूचीकृत
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म २५ वटा स्थानीय तहमा किसान सूचीकरणको कार्य सम्पन्न गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार कृषि मन्त्रालयले १९ लाख २४ हजार किसान सूचीकृत भइसकेका छन् । त्यसमध्ये २५ वटा स्थानीय तहले पूर्णता पाएको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका अनुसार असोज मसान्तसम्म २१ लाख किसानको सूचीकरण गर्ने लक्ष्य रहेको छ । कृषि गणना २०७८ अनुसार कुल किसान घरधुरी सङ्ख्या ४१ लाख ३० हजार रहेका छन् ।
कृषि अनुदान लिनेको सूची सार्वजनिक गरिने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान लिएकाको सूची सार्वजनिक गर्ने बताउनुभएको छ । मन्त्री अधिकारीको अध्यक्षतामा मङ्गलबार बसेको बसेको कृषि विषयगत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि अनुदानका लागि पालिका र प्रदेशसँग समन्वय गरी एउटा संयन्त्र गठन गर्ने र त्यसमार्फत सूची सार्वजनिक गरिने बताउनुभयो ।
मकै नफल्दा किसान निराश
कृषिप्रधान देशमा किसान सधैँ समस्यामा छन् । कहिले बाली लगाउने बेला रासायनिक मल हाहाकार हुन्छ, कहिले पानीको समस्या । अब झन् सरकारले नै वितरण गरेको बीउका कारण कृषक समस्यामा पर्न थालेका छन् ।
अलैँचीको मूल्य बढेपछि कृषक उत्साहित
अलैँचीको मूल्य बढेपछि धनकुटाका अलैँची कृषक उत्साहित भएका छन् । अहिले अलैँचीको मूल्य प्रतिमन ८४ हजार छ ।
चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी
चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा बर्सेनि चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खाेज्न थालेका छन् ।
बाली बिमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बिमाका लागि प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्य अघि बढाउने बताउनुभएको छ । मन्त्रालयमा मङ्गलबार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
तीन अर्बको खाद्यवस्तु आयात
कृषि प्रधान जिल्ला महोत्तरीमा आर्थिक वर्ष ०८०/८१ मा तीन अर्ब १० लाख रुपियाँभन्दा बढीको भारतीय कृषि उत्पादन आयात भएको छ ।
कृषिमा लगानी बढाइने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभएको छ । एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक आर्नो कोस्वासँग मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यसका लागि उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एडिबीबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
धानखेतको हरियाली
बीरेन्द्रनगर नगरपालिका–१० काँक्रेविहार जङ्गल किनारामा रहेको खेतमा लहलहाउँदै गरेको धानबाली । यस क्षेत्रमा जङ्गली जनावारले बेला(बेलामा बालीमा क्षति पुर्याउँदै आएका छन् ।
डिडिसीलाई साठी करोड ऋण सहमति
अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थान (डिडिसी) मा ६० करोड रुपियाँ ऋण लगानी गर्ने गरी मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्ने छ ।
बाजुराको अर्गानिक स्याउ बजारमा
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ यती बेला बिक्रीका लागि बजारमा लगिएको छ ।
कृषि विकासमा सहयोग गर्न आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोग गर्न नेपालस्थित अमेरिकी दूतावासलाई आग्रह गर्नुभएको छ । कृषि मन्त्रालयमा बिहीबार नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोसँगको भेटघाटमा मन्त्री अधिकारीले सो आग्रह गर्नुभएको हो ।