म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार
म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो ।
ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी
तानसेन नगरपालिका–११ मा ड्रागनफ्रुटको व्यावसायिक खेती सुरु गरेकी जुनकला रानाले वार्षिक चार पटक फलेको फल बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी हुनुभएको छ ।
मधेशमा ६१ प्रतिशत रोपाइँ
मधेश प्रदेशमा यस वर्ष ६१ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । मधेश प्रदेशमा कूल पाँच लाख ७४ हजार ३६० हेक्टर खेतीयोग्य जग्गा छन् । जसमध्ये तीन लाख ८६ हजार १५० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।
गहुँतबाट मल र जैविक विषादी
अन्नपूर्ण गाउँपालिका-६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रूपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो ।
सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई अनुदान
पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत २५ लाख अनुदान उपलब्ध गराएको छ ।
दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि
जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।
हुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न
हुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था र वर्षा भएको कारण छिट्टै रोपाइँ सम्भव भएको हो ।
बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ
असार अन्तिमसम्म बागमती प्रदेशमा ७० प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार असार ३० गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा ७० दशमलव ५९ प्रतिशत रोपाइँ सकिएको हो ।
देशभर ६७.३ प्रतिशत रोपाइँ
हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
व्यावसायिक केरा खेतीमा रमाएका निर्मल
पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ
नवलपुरमा ८० प्रतिशत धान रोपाइँ
नवलपुरमा हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने बौदिकाली र बुलिङ्गटारमा अझै रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषकलाई मलकै पिरलो
पर्सा पर्टेवा सुगौली गाउँपालिका-५ निचुटाका कृषक शिवबालक ठाकुरलाई दुई दशकअघिसम्म चार हलगोरु र आधा दर्जनभन्दा धेरै भैँसी पाल्नुहुन्थ्यो । विगतमा गोठभरि नै चौपाया हुने भएकाले रासायनिक मलको खासै समस्या हुँदैनथ्यो ।
पाल्पामा ६० प्रतिशत रोपाइँ सम्पन्न
पाल्पामा हालसम्म धान खेती हुने भूभागमध्ये ६० प्रतिशतमा रोपाइँ सकिएको छ । रोपाइँका लागि पानी पुगेपछि जिल्लाका धेरैजसो स्थानमा रोपाइँ भएको हो ।
काजुको व्यावसायिक खेतीतर्फ आकर्षित किसान
मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरूको सङ्ख्या बढ्दो छ ।
सहरबाट गाउँ फर्केर व्यावसायिक गाईपालन
गाउँबाट सहर पसेपछि धेरै मानिसहरू पुनः गाउँ फर्कन चाहँदैनन् । सहरबाट गाउँ फर्कनुलाई हाम्रो समाजले त्यति राम्रो मान्दैन । तर मोरङको रतुवामाई –५ परेवाखोपीका लीलानाथ श्रेष्ठ सहरबाट गाउँ फर्केर कृषि तथा पशुपालन व्यवसाय बाट लाखौँ कमाइ गरिरहनु भएको छ ।
बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन
तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । उहाँ २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहनुभएको छ ।
दुध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।
कोशीमा ६१ प्रतिशत रोपाइँ, उत्पादन बढ्ने
असार २८ गतेसम्म कोशी प्रदेशमा ६१ दशमलव ६७ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको असार २८ गतेसम्म ५५ दशमलव ९० प्रतिशत रोपाइँ भएको थियो ।
धनुषामा धानखेती गर्ने जमिन घट्दै
धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ ।
खेती गर्ने समयमा मल खोज्दै किसान
पानी परेपछि जिल्लाका अधिकांश ठाउँमा किसान धान रोप्न व्यस्त छन् । मानो रोपेर मुरी उब्जाउने तयारीमा किसान जुटेपनि मलको अभावले भने समस्या गरेको छ ।
म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित
दुध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ ।
धानमा किराको समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता
जोरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बासमती धानमा किरा देखा परेको छ । जोरायल गाउँपालिका हंसराज बासमती धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ ।
नहर मर्मत नहुँदा खनियाघाटमा सिँचाइको समस्या
जिल्लाको जलजला गाउँपालिका-८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनः निर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ ।
कृषि अनुदानबाट सयभन्दा बढी किसानलाई लाभ
सुनसरीमा चालु आर्थिक वर्षमा समयमै कृषि अनुदानसम्बन्धी सूचना प्रवाह गरी लाभग्राही छनोट गर्दा एक सय बढी किसानले प्रत्यक्ष लाभ पाएका छन् ।