• १२ साउन २०८१, शनिबार

बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन

blog

तुलसीपुर (दाङ),  असार ३० गते ।  तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । उहाँ २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहनुभएको छ । 

उहाँले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गर्नुभएको छ । करिब रु १० लाख लागतमा उहाँले व्यवसाय सुरु गर्नुभएको हो । 

स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले  काम प्रारम्भ गरेको राससलाई बताउनुभयो । “धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भन्नुभयो । उहाँले वार्षिक रु १५–२० लाख आम्दानी गर्दै आएको बताउनुभयो ।

बिस वर्ष सशस्त्र प्रहरी बल नेपालमा  सेवा गर्नुभएका थापा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहनुभएका उहाँ भन्नुहुन्छ “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”, उहाँले भन्नुभयो, “ अब समाजलाई सकेको सहयोग गर्छु ।”  रासस