मधेश प्रदेश सभाको पहिलो अधिवेशनको आठौं बैठक सोमबार बसेको छ । बैठकले गठित उच्चस्तरीय संसदीय छानविन समितिको अगामी वैशाख मसान्तसम्म म्याद थप गरिएको छ । साथै, सभाको बैठकमा प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक पेश गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।
सुनसरीको गढीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले सासु बुहारी सम्बन्ध सुधारका लागि छुट्टै कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्केट (बिस्काः) जात्रा सोमबार बिहानबाट सुरु भएको हो ।
शहीद रत्नकुमार वान्तवाको ४४ औँ स्मृति दिवस तथा ७१ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिको दिशातर्फ भएका कार्यभार सन्तोषजनक नभएको स्वीकार गर्नुभएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीबीच भेटवार्ता भएको छ ।
देश सङ्घीय संरचनामा गएपछि देशका अति विकट स्थानमा पनि विकास निर्माणका कामले गति लिएको छ । छ वर्ष पहिला गोरेटोबाटोको प्रयोग गरेर हिँड्नुपर्ने हरिनाश गाउँपालिकाले सडक निर्माणमा फड्को मारेको छ ।
रुपन्देहीमा सडक बिस्तार र स्तरोन्नतिसँगै दुर्घटनाको सङ्ख्या पनि बढेको छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना र मृतकको सङ्ख्यामा भने न्यूनीकरण हुन सकेको छैन ।
सरुमारानी गाउँपालिका-६ मोतिपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कालीकोट जिल्लाका नागरिकले भारतमा रोजगारीका लागि जान जिल्ला प्रशासनको सिफारिस अनिवार्य लिनुपर्ने बाध्यता छ ।
म्याग्दीको धौलागिरि हिमालको आधार शिविरमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले वैशाख १० गतेको उपनिर्वाचनपछि प्रदेश सरकार पुनः गठनसँगै आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको बताउनुभयो ।
म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन छ ।
काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।
रारा घुम्न चाहनेहरुका लागि उपयुक्त याम सुरु भएको छ । याम सूरु भएदेखि रारा पुग्नेहरुको चाप उल्लेख्य बढेको छ । तर पर्यटकीय पूर्वाधारहरुको अभावमा प्रायः यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो छ ।