प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गर्नुभएको छ ।
सदियौँ वर्षदेखि भेरी नदीमा चाङ लागेको फोहोर नगरपालिकाको सक्रियतामा उठाउने कार्यको थालनी गरिएको छ ।
नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती समस्या समाधानका लागि सरोकारवाला निकायहरूले समन्वय गर्ने बताएका छन् ।
दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन् ।
ठूलो परिणाममा लागु औषध गाँजासहित चितवन प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
बागलुङमा एकै पटक ४२८ जना स्थायी शिक्षक नियुक्त भएका छन् । शिक्षा सेवा आयोगको परीक्षाबाट उतीर्ण भएका शिक्षकहरूलाई समन्वय इकाईले नियुक्त पत्र प्रदान गर्दै कार्य क्षेत्रमा खटाएको हो ।
धनुषाको धनुषाधाम नगरपालिका–४ सर्साका ४१ वर्षीय अशोक ठाकुर गरिब परिवारमा जन्मिएका एक फरक क्षमता भएका (अपाङ्गता) व्यक्ति हुनुहुन्छ । प्रायः अपाङ्गता भएका व्यक्ति अरूको सहरामा बाँच्ने गरेको भए पनि उहाँ आत्मसम्मानका साथ जिउन दैनिक १२ घण्टा एक पेट्रोल पम्ममा काम गर्नुहुन्छ ।
गोल्याण समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ ।
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन पुरानो गठबन्धन बनेको बताउनुभएको छ । शनिबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँके जिल्लामा निर्माण गरेको सोलार परियोजनाबाट १० मेगावाट विद्युत उत्पादन गरेको छ ।
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ । दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ ।
ताप्लेजुङमा बिहीबार परम्परागत टपरी बनाउने प्रतिस्पर्धा भएको छ । दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्ग्यानिक महोत्सवको अवसरमा पातको टपरी बनाउने प्रतिस्पर्धा गराइएको हो ।
तराईमा गर्मी सुरु हुँदै गर्दा सर्प उद्धारकर्ता सारु कान्छाको दैनिकी पनि फेरिँदै गएको छ ।