काठमाडौं, जेठ १५ गते । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । सबै प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हो ।अडिसनको लागि आफ्नो मोबाइलमा गीतको भिडियो रेकर्ड गरेर हिमालय टीभीको एपमा अपलोड गरी अडिसनमा सहभागी हुन सकिने छ । यस्तै, एप चलाउन नसक्ने प्रतिभाहरुले आफ्नो भिडियो सिधै लोकस्टारको मोबाइल नम्बर ९८०१२३७८८० मा भाइबर वा ह्वाट्सएपमार्फत पठाउन पनि सकिने जनाइएको छ ।आफूलाई मन परेको कुनै पनि गीतको एक मिनेटसम्मको भिडियो रेकर्ड गरी अडिसनमा सहभागी हुन सकिनेछ । अडिसनमध्येबाट छानिएका एक सय जनालाई मेगा अडिसनमा सहभागी बनाइने छ । लोकस्टारमा ८ वर्षदेखि ७० वर्षसम्मका प्रतिभाहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् ।विजेताले २० लाख रुपैयाँ नगद पुरस्कारसहित देश तथा विदेशका कन्सर्ट र चर्चित संगीतकार तथा एरेन्जरसँग गीत रेकर्डको अवसरसमेत पाउनेछन् ।
बाँके जिल्लाका किसानहरूले गुणस्तरीय बीउबिजन समयमै उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १५ गते । कोभिड –१९ र बालबालिका शीर्षकमा देशव्यापी भएको चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ ।यहाँस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको हो ।माध्यमिक तहमा गौरव सुनार, आयुष घिमिेर र कृष राना क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो भने प्रभात घिमिरे र कृतिमा महत्रालाई सान्त्वना पुरस्कार दिइएको छ ।यस्तै आधारभूत तहमा तुलसी थापामगर, सिजन श्रेष्ठ, मनिकाकुमारी कुशवाहा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो भने अनिशा थापा र कशिश सुनुवारलाई सान्त्वना पुरस्कार दिइएकाे छ ।प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः जनही १५, १०, ५ र दुईहजार पाँचसय रुपियाँसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।नेपाल स्वास्थ्य शिक्षा सङ्घ, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, त्रिभुवन विश्वविद्यालय रूपान्तरण परियोजना र शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे संयुक्त आयोजनामा कार्यक्रममा सञ्चालन भएको थियो ।
राजु लामिछाने रुकुम पूर्व, जेठ १५ गते । रुकुम पूर्वमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएका छन् । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक कुष्णबहादुर खड्का बिरामी हुँदा शनिबार बेलुका हेलिकप्टर मार्फत् उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश डाँगीले जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १ मैकोटमा यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरिक्षक खड्कालाई स्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । शनिबार उहाँलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको र निमोनियाको समस्या देखापरेको डिएसपी डाँगीले जानकारी दिनुभयो । उच्च हिमाली भागमा अक्सिजन अभावको कारण ‘लेक लाग्ने’ समस्या हुने गर्दछ । मैकोटको पाटन, पुपालमा यार्साको सुरक्षामा खटिएका बेला खड्कालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । मैकोट, पुपाल क्षेत्रमा जेठ ८ गतेदेखि यार्सा संकलन सुरु भएको स्थानीयले जनाएका छन् ।
जिल्लाको बागचौर नगरपालिकाको निवर्तमान नगरप्रमुख लोकमान बुढाथोकीले आफूले सेवा, सुविधा (तलब/भत्ता) बापत प्राप्त हुने सम्पूर्ण रकम व्यक्तिगत रूपमा नलिएर सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।
जानु पाण्डेकपिलवस्तु, जेठ १५ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान सवा १० बजे भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय बालमुकुन्द चौधरीको घटनास्थलमा मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर १ बनवामा लु ४ त २५४५ नम्बरको ट्याक्टरले साइकलमा सवार रहेका चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताउनुभयो । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको टोली खटिएको छ । दुर्घटनापछि ट्याक्टरचालक फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले ध्वनि प्रदूषण गरेर प्रेसर हर्न बजाउने सवारी साधनको हर्न निकाल्न सुरु गरिएको छ ।
चन्द्र पन्दाकताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्ने अर्थात चढ्ने गाडी (सवारी साधन) लाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको हो । गाउँपालिकाको गाडी आफू नचढी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नुभएका नवनिर्वाचित अध्यक्ष राजन लिम्बू (मुक्ति) ले पालिकाको सवारी साधनमार्फत बिरामीको उद्दार गर्न थाल्नुभएको हो । आफू चढ्ने सवारी साधनमा चढाएर गाउँपालिका अध्यक्ष लिम्बू आफैँले शनिबार एक बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउनुभएको छ ।अध्यक्ष लिम्बूले फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु खुपातालकी ६३ वर्षीया रामप्यारी लिम्बूलाई पालिकाको सवारी साधनमार्फत् ताप्लेजुङ जिल्ला अस्पतालसम्म पुग्ने प्रवन्ध मिलाउनुभएको हो । पथरिया र जन्डिसको समस्या भएकी बिरामी लिम्बूलाई छिरुवा बजारदेखि गाउँपालिकाको गाडी चढाएर जिल्ला अस्पताल पठाएको जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षसमेत नवनिर्वाचित पालिका अध्यक्ष लिम्बूले आफ्नो निर्वाचन घोषणापत्रमै आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने भनी सार्वजनिक गर्नुभएको थियो । उहाँले निर्वाचित भएपश्चात पदभार ग्रहण गर्दै पालिकाका बासिन्दा कोही बिरामी भएमा सवारी साधनका लागि आफू सम्पर्क गर्न आह्वान गर्नुभएको थियो । उहाँको घोषणाअनुसारको योजना शनिबारदेखि कार्यान्वयनमा आएको पाइएको छ । यता, नवनिर्वाचित अध्यक्ष लिम्बूको घोषणा तथा प्रतिवद्धता कार्यान्वयनमा आएसँगै चौतर्फी प्रसंशा सुरु भएको छ । जिल्लाकै एक बिकट भौगोलिक क्षेत्र भएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोगमा आउनुले पालिकावासीका लागि ठूलो राहत पुगेको समाजका अगुवा बताउँछन् । त्यस्तै, स्थानीय जनताको सुविधाका लागि गाउँपालिको एक एम्बुलेन्स खरिद गर्ने योजना बनाएको पनि अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
गणतन्त्रका लागि कुनै समूह वा शक्तिबाट चुनौती त हुनसक्छ। तर, खतरा छैन।
चन्द्र पन्दाकताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा एकैदिन भीरबाट लडेर एक वृद्ध र पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुका ६७ वर्षीय जयप्रकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो । तामाङको बाख्रा चराउने क्रममा शनिबार भीरबाट लडेर मृत्यु भएको हो । यस्तै मेरिङ्देन गाउँपालिका–५ थुकिमाका २० वर्षीय ङिमा शेर्पाको पानीमा डुबेर मृत्यु भएको छ । शेर्पाको पनि शनिबार नै गाउँ नजिक रहेको सबुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृतकमध्ये तामाङको शव शनिबार नै जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिनुभयो । कार्कीकाअनुसार शेर्पाको शव आइतबार विहान पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी गरिएको छ ।
महोत्तरी बर्दिवासका अर्जुन खडकालाई तोरी तेल उत्पादन गर्न भ्याइनभ्याई छ । शुद्ध तोरीे तेलको माग बढेपछि उहाँलाई तेल उत्पादन गर्न भ्याइनभ्याई भएको हो ।
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते भन्ने स्थानमा ठोक्किएको आशङ्का गरिएको छ । यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । स्थानीय नरसिंह शेरचनले लेते र घासा क्षेत्रको बीचबाट आवाज भएको भन्ने जानकारी दिनुभयो ।
‘‘ठूलो आवाज आएको स्थानीयवासीहरुले बताएका छन् ।,’’ म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले भन्नुभयो’ ‘‘आवाज आएको स्थानसम्म पुग्न लेतेबाट करिब १० घण्टा लाग्छ ।’’
यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसकेका छन् तर पनि तिनको यकिन सङ्ख्या आएको छैन ।
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।